अन्तरवर्ता

प्रकाशित समय 8:15 AM
संजय बिश्वकर्मा सिरहा ,१६ पौष । उदयपुर जिल्लाको गाईघाट नपा वडा नं. ५ मा जन्मिएका ४९ बर्षिय भोला प्रसाद लोहनी बिधार्थी अबस्था देखी नै समाजसेवामा क्रियाशिल रहि २०४२ साल देखी अनवरत रुपमा समाजसेवामा लागेको २०५२ साल देखी २०५९ साल सम्म ग्रामिण स्तरमै रहेर भारतको हरीत क्रान्ति संग प्रभाबित भई बस्ति –बस्ति टोल –टोलमा सहकारी सम्बन्धि चेतना फैलाई ग्रामिण स्तरमै सहकारी आन्दोलन संचालन गरी दर्जनौ सहकारी संस्थाको निर्माण गरी जनताको आर्थिक समाजिक स्तरमा बृद्धि गर्न सशक्त भुमिका निर्वाह गर्दै सामन्तबादले जक्रिएका समाजका केही सामन्तीहरुले उहाँलाई पछाडी पार्नका लागी प्रयास गरेपनी कर्मठ भएर लक्षित वर्गका राज्य र समाजबाट बाट पछाडी पारिएका दलित गरिबको बुलन्द आवाज बनी अधिकारको क्षेत्रमा अटुट रुपमा लागिरहनु भयो । २०५९ सालमा कामकाजको शिलशिलामा परिवार सहित काठमाण्डौ आई २०६७ पौस १२ गते बिधिवत रुपमा मानबअधिकारबादी संस्था अप्शन नेपालको जन्म दिई हाल सरकारी – अन्तराष्ट्रिय गैरसरकारी सहयोगबाट कार्यक्रम संचालन गर्ने अवसर प्राप्त नभए पनी अप्शन नेपाल केन्द्रिय कार्यालय काठमाण्डौको संस्थापक अध्यक्ष भई बिगत ७ बर्ष देखी निरन्तर रुपमा ग्रामिण बस्तिका मानबअधिार बिहिन जनताको पक्षमा वकालत गर्दै समाजसेवाको भावना प्रवल राख्दै पिछडिएका , पछाडी पारीएका वर्ग र समुदायको हित हुने गरी कार्यक्रमहरु संचालन गर्दै आउनुभएको छ । नेपालका २६ ओटा जिल्लामा आफनो सम्पर्क बढाउदै नेपालको ७ ओटा जिल्लामा सक्रिय रुपमा जिल्ला शाखा कार्यालय स्थापना गरेको अप्शन नेपालका केन्द्रिय अध्यक्ष श्री भोला प्रसाद लोहनी संगको कुराकानी ।। १.तपाँईको बिचारमा मानवअधिकार के हो ? साधारण अर्थमा भन्दा खेरी मानवअधिकार भनेको अमानविय व्यवहारमा बाँचिरहेको मानिसहरुलाई मानविय व्यवहारको अनुभुती गराउनु अथवा अधिकारबाट बञ्चितमा परेको ब्यक्ति वा समुदायले अधिकारको अनुभुती गरीनु नै मानबअधिकार हो । मानव भएर जन्म लिएको कारणले प्रप्त हुने अधिकारहरुको समग्ररुप वा अभिव्यक्ति हो मानब अधिकार । नेपालको संबिधान तथा अन्य प्रचलित कानुनद्धारा प्रदान गरीएको अधिकार पाउनु नै मानबअधिकार हो । २.मानवअधिकारबादी र मानवअधिकार कस्तो कस्तो ठाउँमा पुग्न सकेको छैन ? राज्यले मानवअधिकार आयोगको स्थापना गरेको लगभग दशक हुन लागेको छ । तर सो आयोगको काम गती लिन सकेको छैन । नेपालमा हजारौ मानबअधिकारको क्षेत्रमा काम काज गर्ने संस्थाहरुको स्थापना भै सकेको छ , मानबअधिकारको बिला लगाएका ब्यक्तिहरु थुप्रै भेटन सकिन्छ तर ग्रामिण भन्दा ग्रामिण इलाकाहरुमा दाईजो प्रथा , महिला हिंसा , छोरा छोरीमा गरीने बिभेद , दलित भएकै कारण छुवाछुत जस्ता घटनाहरु सेलाएको छैन । बिभिन्न संचार माध्यममा यस्ता घटनाहरु दिन प्रतिदिन आउने गरेको कुरा यहाँलाई थाहै छ । तसर्थ मानबअधिकारबादी र मानवअधिकार खासगरी बस्ति र टोल टोल स्तरमा पुग्न सकेको छैन । लुकेका यि यस्ता घटनाहरु लाई सार्बजनिक गर्नु पर्दछ र पिडित लाई अधिकारको अनुभुति गराई पिडकलाई कानुनको परिधिमा ल्याउनको लागी मानबअधिकारबादी लगायत सरोकारबाला निकाय , समाज सबैको दायित्व भएको हुनाले ग्रामिण भन्दा ग्रामिण स्तरमा जानु पर्ने हुन्छ दबिएका आबाजहरुलाई मुलधारमा ल्यान पहल गर्नु पर्दछ । ३.बस्ति र टोल स्तरमा मानबअधिकारको पहुँच बृद्धी गर्न के गर्नु पर्ला ? बस्ति मानबअधिकारको स्थापना गरिनुपर्दछ कारण मानबअधिकारका अनुगमन कार्यालयहरुको रिक्तता पुर्ती का साथै रिक्त क्षेत्रमा आम जनताका पहुँच कायम गराएमा सम्भब छ , तर यसकालागी पनि चौथो तह अर्थात बस्ति र पाँचौ तह अर्थात परिवार तहमा मानबअधिकारको कार्यान्वयन कर्ता कसरी खडा गर्ने भन्ने सवाल छ यो सवालको हल बस्ति वा परिवारलाई मानबअधिकारको पाठ र अनुशासन सिकाउनु नै हो अर्थात मानबअधिकारको उलङघन परिवारमा , बस्तिमा र अन्य परिवेशमा हुने गर्दछ बस्ति र परिवारका पिडक र पिडित पक्षहरु स्थायी अर्थात समाजिक चरित्रका हुन्छन । यि सामाजिक पक्षहरुलाई जागरीत मानबअधिकार बस्तिको भण्डा दिन सकिन्छ यस्ता बस्ति वा परिवारले यस्तो भण्डा फहराउन सक्छन । प्रणालिगत रुपमा यो उपलब्धि मुलक साबित हुन सक्छ । सारमा के भन्न खोजिएको छ भने अब आउने समयमा मानबअधिकार घोषणको अन्तिम लक्ष्य प्रप्त गर्न (बस्ति मानबअधिकारको अबधारणा) माथी काम गर्न आब्यश्यक छ । ४.मानबअधिकारको उदेश्य के हो ? राज्यको सेवा सुबिधाबाट बञ्चितिकरणमा परेको सामाजिक बहिष्करणमा परेका व्यक्ति वा समुदाय लगायत सामाजमा भएका निमुखा निरिह ,अपाङ्ग, दलित ,गरिब , आदिबासी जनजाति , मधेशी , मुस्लिम ,महिला ,बालबालिका ,अन्य नागरीकहरुको अधिकारहरुलाई सशक्त रुपमा मुखरित गरी राज्यलाई उनिहरुको आवाजप्रती संबेदनशिल र प्रतिबद्ध वनाई ती व्यक्ति , वर्ग ,समुदायहरुको सशक्तिकरणको लागी साकारात्मक विभेद युक्त नीति ,योजना , कार्यक्रम र कार्यान्वयन गर्न नैतिक दबाब दिनु नै मानबअधिकारको उदेश्य हो नेपालमा मानबअधिारको विकासक्रम आज भन्दा धेरै पहिलादेखि हुँदै आएको छ तर ,आधुनिक कालदेखि यसको विकासक्रमलाई औल्याउन सकिन्छ । मानबअधिकारको हरण गर्ने कार्य यदि कसैले गरिरहेको छ भने त्यस्ताकार्य हुन न दिन र भएपनी रोकथामका उपाय लगाउनुका साथै पीडितलाई न्याय दिलाउने कार्य पनी मानबअधिकारको उदेश्य भित्र पर्दछ । ५.खासगरी समग्र रुपमा दलित लाई हेर्ने दृष्टिकोण सामाजमा फरक रहेको पाईन्छ , तसर्थ तपाँईको बिचारमा दलित समुदायको मानव अधिकारको अबस्था के छ ? नेपालमा प्रचलित ,दलित उत्पीडन र भेदभाब मुख्यतः दक्षिण एशियाको विशेषता हो । हिन्दु धर्म संस्कृतिको आधारमा जातले तल्लो सानो जाति बनाईएको समुदायलाई समग्ररुपमा दलित भन्ने गरिन्छ । यो परम्परागत रुपमा क्रुर मानसिकताको उपज र प्रकाष्ठा हो । दलित गरिबी , अवसरबाट वञ्चित र सामाजिक , धार्मिक तथा सांस्कृतिक रुपमा अति नै पछाडी पारिएका छन । नेपालमा दलित समुदाय हिमाल , पहाड, तराई –मधेश तथा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर बसेका छन । लामो समय देखि आफनो जातीय मुक्ति र सामाजिक न्यायको निम्ति बिभिन्न पीडित वर्ग र समुदायका अभियानताहरुले संघर्ष गर्दै आईरहेको सर्वबिदितै छ । विभिन्न समयमा यहाँ शासकहरुले दलित समुदायको पक्षमा कतिपय सुधारहरु गरेको पाईन्छ । २०२० सालको मुलुकी ऐन , २०४७ सालको संबिधान ,२०६२÷०६३ को जनआन्दोलन पश्चात बनेको नेपालको अन्तरिम संविधान , २०७२ सालको संबिधानले जातीय भेदभाव र छुवाछुतको अन्त्य गरेको छ । नेपाललाई धर्मनिरपेक्ष र छुवाछुतमुक्त घोषणा समेत गरिसकेको छ । जातिय भेदभाव र छुवाछुत (कसुर सजाय ) अन्त्य गर्ने कानुन समेत बनिसकेको छ । तर पनि दलित माथिको भेदभाव र छुवाछुत अन्त्य हुन सकेको छैन । मैले आगाडी नै भनिसके कतिपय घटनाहरु यस्ता छन कि त्यो घटनाहरु बाहिर अउने गरेको छैन । समाजिक बन्धनका कारण लुकेर बसेका हुन्छन । खासगरी यि यस्ता घटनाहरु ग्रामिण भन्दा ग्रामिण ईलाकाहरुमा बढी हुने गरेको पाईन्छ । त्यसैले दलितको सवालमा बनेको कानुन राज्यले हरेक तह तप्कामा सम्मान रुपले कार्यान्वन गरेमा मात्र उनिहरुको अधिकार प्राप्त हुन्छ । सारमा भन्नुपर्दा अबस्था दयनिय रहेको छ । ६.समाजिक बन्धनका कारण लुकेर बसेका यि यस्ता घटनाहरु बाहिर ल्याउनका लागी के गर्नु पर्ला ? सरोकारबाला निकायहरु लगायत राज्यलाई यि यस्ता घटनाहरु न्युनिकरण गर्नका लागी पहल गर्नु पर्दछ । र पिडित मानिसहरुले पनी सामाजिक कुरित बिरुद्ध आबाज उठाउनु पर्दछ , चुप लागरे बस्नु हुदैन पीडितले आफु पनि न्याय पाउनका लागी सम्बन्धित निकायमा पुग्न जरुरी छ । सहेर बस्नु पनि कानुनी अपराध हो । अधिकार प्रप्ती गर्नका निम्ति कर्तब्यको पनी पालना गर्नु पर्दछ । हामी जस्तो मानबअधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरु धेरै छन यदी तपाँई लाई कसैले कुनै पनी तरीकाबाट शोषण दमन गरेका छन भने नजिकको प्रहरी कार्यलय अथबा नजिकैको कुनै पनि संस्थाको सहयोग लिनुस । एक न एक दिन अब्यश्य न्याय पाउनु हुनेछ संघर्ष गर्दै जानुस फल अवस्य मिल्ने छ । ७.अप्शन नेपाल हाल के –के गरीरहेको छ । संस्थाले स्थापना काल देखि नै “सबैको घर घरमा बास बसोस मानबअधिकार , उपयोग गर्न पाउन सबैले आफनो हक अधिकार” भन्ने नाराका साथ अप्शन नेपालले सामाजसेवा र मानबअधिकारको क्षेत्रलाई विशेष महत्व दिएको छ । सामाजिक समस्याहरुको सामाधानका निम्ति कार्यक्षेत्र भित्रका गाबिस नगरपालिकाहरुमा बस्ति मानबअधिकार निगरानी समुहहरु अभियानकै रुपमा संचालन गरी सामाजिक परिचालनको कामहरुलाई आगाडी बढाउँदै आएको छ । अप्शन नेपालले अझै पनी राष्ट्रय ÷अन्तराष्ट्रिय सरकारी – गैरसरकारी सहयोगबाट कार्यक्रम संचालन गर्ने अवसर प्राप्त गरेको छैन । तथापी तन , मन धनले सामाजसेवालागी उद्यत आफना महान सदस्यहरुको योगदानबाट समाज सेवाका कार्यहरु संचालन गर्दै आएको छ । एचआईभि एडस बिरुद्ध जनचेतना , गरिब बालबालिकाहरुलाई लुगाफाटा बितरण , चिसो परिबारलाई जाडो छल्नका लागी कम्बल बितरण , लक्षित बर्गका समुदायहरुका लागी महिला नेतृत्व विकास तालिम , वालअधिकार तालिम , द्धन्द पिडितहरुको अधिकारबारे सामुहिक अन्तरक्रिया , महिलाको आर्थिक समाजिक सांस्कृतिक सवालमा बिचारका साथै राष्ट्रिय स्तरमा बिचार गोष्ठी ,पुस्तक प्रदर्शनी, स्थापनाकाल देखि नै मानबअधिकार राष्ट्रिय महाभेला र अन्तराष्ट्रिय मानबअधिकार दिवस आयोजक संस्थाको रुपमा र पटक पटक आयोजक मुल कमिटी अन्य कमिटीहरुमा रही सक्रिय भुमिका निर्वाह गर्दै आएको छ , साथै निशुल्क रुपमा सामाजिक कार्यहरु गर्दै आएको छ । ८. अन्त्यमा के भन्नु हुन्छ । अन्त्यमा भन्नु पर्दा मानबअधिकारको रक्षाको सबालमा राज्य, सरोकारबाला निकाय , समाज संबेदनशिल हुनु पर्दछ , र हिंसामा परेको पीडित ब्यक्ति वा समुदायको आवाज बाहिर आएमा मात्र त्यस्ता समस्याको निराकरण हुन सक्छ । यसमा सबैको हातेमालोको आब्यश्क छ त्यसैले हातेमालो गरौ , अन्याय अत्याचार सहेर न बसौ भन्दै भोली ई.सं. २०१७ को आगमन हुने हुदाँ तपाँई लगायत सम्पुर्ण नेपालि दाजुभाई दिदी बहिनीहरु लाई शुभकामना ।।।

सिरहाको रामपुर पिपरामा सद्भावना अध्यक्ष राजेन्द्र महतोका आगमन

प्रकाशित समय 12:21 AM
दिनेश्वर गुप्ता लहान, १६ पौष । सिरहाको रामपुर पिपरामा पौष १६ गते शनिवार १२ बजेदेखी सद्भावना पार्टीको प्रवेश कार्यक्रम रहेको जानकारीमा आएको छ । सो प्रवेश कार्यक्रमका प्रमुख अतिथी पार्टीका अध्यक्ष तथा मधेशी मोर्चाका नेता राजेन्द्र महतो आउंने हुने भएको छ । मधेशको हक अधिकारको लागि सधैं लडाई लडिरहने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेरी मधेश तताउंन सिरहाका ग्रामिण भेगमा आउंने भएका छन् ।

१० मत अपुग, राचन्द्र यादव सभापति बन्न पाएन् फेरी निर्वाचन

प्रकाशित समय 12:19 AM
दिनेश्वर गुप्ता लहान, १६ पौष । नेपाली कांग्रेसको जिल्ला सभापतिको लागि भएको निर्वाचनमा ५१ प्रतिशत कुनै उम्मेदवारले मत ल्याउंन नसकेकोले पून ः शनिवार निर्वाचन हुने भएको छ । सभापतिका लागि चार जना उम्मेदवारी दिएपनि मञ्जु खांडले मनोनयपत्र फिर्ता लिएका थिए । उता, शान्ति मन्त्री सितादेवीका तर्फबाट उम्मेदवारी दिएका नरेश यादवले ३ सय ६० मत प्राप्त गरेका छन् भने चित्रलेखा यादवका उम्मेदवारका रुपमा चर्चित रामचन्द्र यादवले ४ सय ८६ मत प्राप्त गरेका छन् । त्यसैगरी पद्मनारायण चौधरीका उम्मेदवारका रुपमा रहेका रामसुन्दर चौधरीले १ सय २५ मत ल्याएको छ । मतदान पौष १५ गते साँझ ५ बजे सकिएको थियो । जिल्लाभरिमा १ हजार ४४ प्रतिनिधि मध्ये ९ सय ९३ ले मतदान गरेको मुख्य निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोईरालाले जानकारी गराएको छ । रामचन्द्र यादव १० मतले विजय प्राप्त गर्न नसकेपछि फेरी आईतवार विहान १० बजेदेखि चिर्वाचन हुने भएको छ ।

सिरहामा लागुऔषध कोरेक्ससहित दूई नियन्त्रणमा

प्रकाशित समय 12:15 AM
दिनेश्वर गुप्ता लहान, १६ पौष । सिरहा नगरपालिका ११ बाट शुक्रबार २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा चन्द्रअयोध्यापुर ७ बस्ने २७ वर्षिय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामीरे ५ बस्ने २९ वर्षिय लालबहादुर खड्का छन्। दुबैलाई जोल्ला प्रहरी कार्यालय सिरहको टोलीले सिरहा चोहर्वा सडक खण्डबाट राती १० बजेतिर पक्राउ गरेको हो। दुबै युवकलाई अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यसैगरी झापाको बाहुनडाँगी १ रायसिङ पुलबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएका प्रहरी टोलीले शुक्रबार राती दुई लाख पच्चीस हजार मूल्य बराबरको २९ बोरा काँचो सुपाडी बरामद गरेको छ । बरामद सुपाडी ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।

संसद सुचारु गर्न सद्भावना अध्यक्ष गिरीको माग

प्रकाशित समय 12:09 AM
दिनेश्वर गुप्ता लहान, १५ पौष । नेपाल सद्भावना पार्टी जिल्ला कार्यसमिति सिरहाले तत्काल सदन संचालन गरी संशोधन विधेयक दर्ता गर्न गराउंन सात बुंदे ज्ञापनपत्र सरकारलाई विहीवार बुझाएका छन् । नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष सरिता गिरीका विशेष अगुवाईमा ईलाका प्रशासन कार्यालय लहानको अगाडि चार घण्टा धर्ना बसेर ज्ञापनपत्र बुझाएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसीराम पोखरेल मार्फत बुझाएको सो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय, सभामुख कार्यालय, नेपाली कांग्रेस, नेकपा एमाले कार्यालयमा पठाईदिन ज्ञापनपत्र बुझाएको सद्भावना पार्टी सिरहाका अध्यक्ष जिवछ यादवले बताए । बुझाएको ज्ञापनपत्रमा मधेशी सहिदलाई सम्मान गरी विभेद अन्त्य गर्न जोडदार माग गरिएको छ । ७५ जिल्ला मध्ये मधेशलाई ८ जिल्लामा सिमित गरेको प्रति आपत्ति जनाउंदै जनसंख्याको अनुपातमा प्रतिनिधित्वको व्यवस्था गर्न माग गरिएको छ । नागरिकता सम्बन्धि नयां कानुन मधेशी र महिलाहरुका लागि दासताका नयां जंजिर रहेको दावी गर्दै यस्ता कानुनलाई यथाशिघ्र संशोधन गर्न माग गरिएको छ । मधेशी तथा महिलाका लागि गणतन्त्र र संघीयता अग्रगमनको प्रतिक नभई प्रतिगमनका बाटो भएको ठहर गर्दै मधेश र महिलाप्रतिको विभेद यथाशिघ्र हटाउंन माग गरिएको छ । संविधानले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि समस्या पैद गरेको भन्दै चीन र भारतबीच अवस्थित भूराजनीतिकमा असन्तुलनको अवस्था सृजना गरेको छ यसले मुलुकमा शान्ति र सुरक्षा आउंन नसकेको ज्ञापनपत्रमा उल्लेख छ । संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनले देशमा थप द्धन्द्ध र गृहयुद्धतर्फ धकेल्न निश्चित रहेको दावी गरिएको छ । नेकपा एमालेलाई आशंका छ की संसद सुचारु भयो भने संशोधन विधेयक पारित हुने छ भनी संसद अवरोध गरिएको हो । यो प्रक्रिया अलोकतान्त्रिक हो यसैले एमाले राष्ट्रघाती काम गरिरहेको दावी गरिएको छ । संशोधन विधेयक सरकारले फिर्ता लिनु एमालेको अडानले असंवैधानिक र अधिनायकवादी हो भन्दै राजनीतिक दुर्घटनाबाट बचाउंन संशोधन विधेयकमा परिमार्जन गरी संसदीय प्रक्रिया अघि बढाउंन माग गरेको छ ।

मोटर साईकल दुर्घटनामा २ जना गम्भिर घाईते

प्रकाशित समय 9:26 AM
अभिमनु कुमार पटेल पुस १४ रौतहट । रौतहटको मौलापुर बंकुल सडक खण्डमा मोटरसाइकल अनियन्त्रित हुदाँ चालक सहित सवार गम्भीर घाईते भएका छन । दिउँसो १२ बजेको समयमा मौलापुर देखि गौर तर्फ आउदै गरेका बि.आर. ३० जे ८२२७ नं को बजाज प्लेटीना तिब्र गतिमा आउदै गरेको क्रममा चालक सरुअठा गा.वि.स. वडा नं ९ का २० वर्षीय शेख महताब तथा सवार वारा जिल्लाका पसरामपुर गा.वि.स. वडा नं ६ का १३ वर्षीय सरफे आलम समेतले गम्भीर रुपमा घाइते भएका छन । घाइते आलम लाई जिल्ला अस्पतालमा उपचार भई रहेको छ भने मोटर साइकल बंकुल प्रहरी चौकीको नियन्त्रणमा रहेको छ ।

१८ वर्ष मुनिका बालवालिका तथा नवजात शिशुको लागि निःशुल्क स्वास्थ्य शिविर गौरमा हुने

प्रकाशित समय 9:16 AM
अभिमनु कुमार पटेल पुस १४ रौतहट । १८ वर्ष मुनिका बालवालिका तथा नवजात शिशुको लागि निःशुल्क स्वास्थ्य शिविर गौरको बाल मन्दिरमा स्वास्थ परिक्षण गरिने छ । साना तथा बालवालिकाहरुमा विभिन्न किसिमका रोगहरु देखा परेकोले यही पौस २३ गतेका दिन बिहान ११ बजे देखि बेलुकी ४ बजे सम्म गौर न.पा. वार्ड नं ८ मा अवस्थित बाल मन्दिरको प्राङ्गणमा हुने छ । निःशुल्क बालवालिका स्वास्थ्य शिविरमा चेकजाच गर्न आउने नारायणी उपक्षेत्रीय अस्पताल विरगंजका बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा.प्रविण कुमार सिंह द्धारा हुन गइरहेकोले जिल्लाका वालवालिकाहरु लाई चेकजाच गराई विभिन्न रोगबाट मुक्त बनाउनका लागि शिविर संचालन गरिएको छ । निःशुल्क बालवालिका स्वास्थ्य शिविरमा पुर्जा समेतको कुनै पैसा समेत नलागने र केही रोगका औषधी समेत निःशुल्क वितरण गरिने छ । शिविर संचालक आयोजक सित केही औषधी उपलब्ध नहुन पनि सक्छ । यो स्वास्थ्य शिविरमा गरिब , दलित , असहाय परिवारका रोगी बाल वालिका तथा नवजता शिशुहरुलाई राम्रो सेवाको सुविधा गरिने छ । निःशुल्क बालवालिका स्वास्थ्य शिविर आयोजना युवा समाजसेवी भाई नविन कुमार सिंह र रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा एवं मधेश प्रदेश अनलाईनको संयुक्त समन्व्यमा हुनेछ ।

विद्यालय व्यवस्थापनमा सुधार आएपछि विद्यार्थीको संख्यामा बृद्धि

प्रकाशित समय 11:09 PM
राम नारायण पंडित, सिरहा, १४ पौष । विद्यालय व्यवस्थापनमा सुधार आएपछि सिरहाको एक सामुदायिक बिद्यालयमा विद्यार्थी संख्यामा बृद्धि भएको छ । विद्यालयको व्यवस्थापनमा सामान्य सुधार भएपछि सिरहाको विष्णुपुर प्र.म.८ मा रहेको एक प्राथमिक विद्यालयमा विद्यार्थीको सहभागिता उल्लेख्य मात्रामा बढेको छ । स्थानीय अभिभावक आफै विद्यालयको व्यवस्थापनमा सक्रिय भएपछि विद्यार्थीको सहभागीतामा वृद्धि भएको हो । अन्तराष्ट्रिय सहयोग तथा अध्ययन केन्द्रको सहयोगमा महिला उद्धार सेवा केन्द्र, गोलबजारद्वारा संचालित ‘सार्वजनिक वित्त व्यवस्थापन÷ नेपालमा जवाफदेहिता’ कार्यक्रमको प्रभावले विद्यालयमा सुधार सम्भव भएको बिद्यालयका प्रधानाध्यापक श्यामसुन्दर मण्डलले बताए । सधैंभरी अधिकारमात्र खोजी गर्ने अभिभावक तथा शिक्षकहरुमा कर्तव्य तथा जवाफदेहिता बोध भएपछि विद्यालयमा त्यसको असर बिद्यालयमा देखिएको उनले बताए । शैक्षिक वातावरणमा प्रगति देखिएपछि निजी विद्यालयका विद्यार्थीपनि बिद्यालयमा आउन थालेको शिक्षक गणेश कुमार महतोले बताए । कार्यालय व्यवस्थापनको लागि विष्णुपुर प्र.म. गाविसले आर्थिक तथा भौतिक सहयोग गरेको गाविस सचिव मनोज कुमार कर्णले जानकारी दिए । सचिव कर्णले विद्यालयमा कार्यलाय व्यवस्थापन र खेलकुदका सामाग्रीहरु उपलब्ध गराएको बताए । जवदेखि हामीले अधिकारसँगसँगै कर्तव्य र जवाफदेहिताको वारेमा बुझ्ने मौकापाँयौ त्यसपछि हाम्रो विद्यालयलाई हेर्ने नजरीयामा नै फरक आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार ठाकुरले बताए । अहिले दुई सय ४८ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । यस शैक्षिक सत्रमा १५ जना विद्यार्थी वोर्डिङ स्कूलबाट आएको छ । अघिल्लो शैक्षिकसत्रमा एक सय ९८ विद्यार्थीले नामाकरण गराएको थियो । त्यसमध्ये एक चौथाई विद्यार्थीमात्र नियमित आउने गरेको विद्यालयले जनाएको छ ।

निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्ने यादव

प्रकाशित समय 10:32 AM
राम नारायण पंडित, सिरहा, १३ पौष । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन विना निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्न सक्ने चेतावनी दिएका छन् । सिरहाको गौरिपुर प्र.म. मा रहेको जनता माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला भवनको शिल्यानास गर्दै अध्यक्ष यादवले तिन दलका नेताहरुले विगतमा जस्तै मधेशी, जनजाती, मुस्लिम र थारु माथि नरसंहार गरिे संबिधान लादन जवरजस्तीे कुचेष्टा गरे संविधान रद्दीको टोकरीमा जाने दावी गरे । संशोधन बिना बर्तमान संविधान स्वीकार्य नरहेको भन्दै जारी गरिएको संविधानलाई सर्बस्वीकार्यता बनाउन संशोधन अनिवार्य रहेको यादबले स्पष्ट गरे । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले इमान्दारी पूर्वक प्रस्ताब गरिएको संशोधन प्रस्ताव टेवल गर्न नसकेको अध्यक्ष यादबले आरोप समेत लगाए । एमाले दक्षिणपन्थी प्रंवृति भएको पार्टी रहेको आरोप लगाँउदै यादबले फेरी पनि यस्तै प्रवृति दोहर्याए फेरी जनसंघर्षका कार्यहरु अगाडि बढाउने उने उदघोष गरे ।

मधेश प्यावसनले बुधवार भव्यताका साथ आफनो वार्षिकोत्सव मनाएयो फोटो फिचर

प्रकाशित समय 9:09 AM
फुलगेन मुखिया सिरहा पौष १३ । मधेश प्यावसनले बुधवार भव्यताका साथ आफनो वार्षिकोत्सव मनाएको छ। १३ गतेकै दिन तराई मधेशमा अधिकारका लागि आन्दोलन जारी रहेकै समय मधेश प्यावसनको स्थापना भएको एक वर्ष पुरा भएको अवसरमा वार्षिकोत्सव मनाईएको मधेश प्यावसनका सचिव सुजित कुमार मिश्राले जानकारी दिएका छन । जनकपुर उपमहानगरपालिका वडा नंं. १ स्थित शिवशारदा ई.बो.स्कुलमा वार्षिकोत्सव मनाईएको हो । मधेश प्यावसनका अध्यक्ष अमरेन्द्र कुमार झाको अध्यक्षता र जिल्ला शिक्षा कार्यालय धनुषाका उप—जिल्ला शिक्षा अधिकारी मिहीलाल यादवको प्रमुख आथित्यमा भएको कार्यक्रममा शैलेन्द्र मिश्रले स्वागत मनत्य राखेका थिए । कार्यक्रममा मधेश प्यावसनका महासचिव सुवोध मिश्र , महेन्द्र सिंह , ब्रज किशोर यादव , प्रभात कुमार मिश्र, रामप्रवेश राउत , नरेश यादव , प्रदिप कुमार यादव, सुमन झा सहितका व्यतिmहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वतmाहरु नीजि विद्यालय संगठनहरु एकजुट भएर जानुको विकल्प नरहेको बताएका छन । उनीहरुले मधेश व्यावसनले आफनो क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रमको उदघोषण मधेश प्यावसनका सचिव सुजित मिश्राले गरेका थिए ।

सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिद्धारा मोटरसाइकल र्याली

प्रकाशित समय 1:13 AM
राम नारायण पंडित, सिरहा, १३ पौष । सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिले मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । भारतसँग जोड्ने लहान–ठाढी सडक निर्माणमा भएको भ्रष्टाचार विरुद्ध नयाँ शक्ति पार्टी सिरहाले मंगलबार विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेको हो । ठाढीबाट निस्केको मोटरसाइकल र्याली ठाढीको साथै भगवानपुर, लहान लगायतका स्थानहरुमा कोणसभा गरिएको थियो । उक्त क्रममा सडक निर्माणमा भएको भ्रष्टाचारको छानविन गर्न नयाँ शक्ति पार्टीका सचिवालय सदस्य रामरिझन यादबले सम्बन्धित निकायसँग माग गरे । यादबले कर्मचारीको मिलोमतोमा ठेक्केदारले कागजमै काम सकाएर निकासा लिएको खुलासा गरे । सडक निर्माणमा भ्रष्टाचार गर्ने इन्जिनियर र ठेक्केदारलाई खबरदारी सहित मोटरसाइकल र्याली प्रदर्शन गरिएको उनले बताए । लहान–ठाढी सडक निर्माणमा भएको भ्रष्टाचारको छानविन गरी अविलम्ब सडक निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्नुको साथै सिरहाका अन्य सरकारी कार्यालयमा भइरहेको भ्रष्टाचार रोक्न नयाँ शक्तिले खबरदारी गर्ने उनले उदघोष गरे ।

सिरहामा एमालेको कार्यक्रम मोर्चाद्धारा विथोल्ने प्रयास

प्रकाशित समय 2:26 AM
सिरहा, ८ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज सिरहाको लहानमा नेकपा एमालेको पार्टी झण्डा जलाएको छ भने कार्यक्रम विथोल्ने प्रयास गरिरहेको छ । लहानमा आज नेकपा एमाले प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको थियो, तर मोर्चाको चेतावनीपछि ओली आउने कार्यक्रम स्थगित गरिएको छ । ओलीको सट्टामा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरु आउने स्रोतले जनायो । एमाले मधेस विरोधी रहेको भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्ने जनाएको छ । लहानस्थित सडकको विभिन्न ठाउँमा झुण्ड्याएको पार्टीको झण्डा मधेसी मोर्चाले हटाएर आगो लगाइदिएका छन् । कार्यक्रम लहानस्थित मारवाडी सेवा सदनमा राखिएको छ ।

पूर्व पश्चिम रेलमार्ग बारे युवाहरु बिच रौतहटमा छलफल सम्पन्न

प्रकाशित समय 11:00 AM
अभिमनु कुमार पटेल पुस ६ रौतहट ।मधेश पुर्वाधार विकास बिषय बारे आज युवाहरु बिच रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको कार्यालयमा युनाईटेड मधेशी अफ नेपालको आयोजनामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।मधेशका मुख्य शहर लाई वाइपास गर्दै बनाउन लागिएको पूर्व पश्चिम रेलमार्ग मधेशमा मधेशी लाई नै अवसरबाट बन्चित गर्न राजा महेन्द्रको पाला पछिको सब भन्दा ठूलो षडयन्त्र हो रेलमार्ग नै निमार्ण हुन गई रहेको छ । महेन्द्र राजमार्ग मधेशको लागि श्राप हो र पूर्व पश्चिम रेलमार्गको प्रस्तावित रुट त्यस्को पर्याय रहेको छ । मधेशी जनता संग यस रेल मार्गले प्रत्यक्ष रुपमा विराटनगर , इनरुवा , राजविराज , सिरहा , जनकपुर ,जलेश्वर , मंलगवा , गौर , कलैया , बिरगंज र पश्चिम मधेशका मुख्य शहर बजारहरु नजोडेर आयोजना मधेशीका लागि ठूलो अर्थहिन भोलिको दिनमा मधेश मात्र जिन्दा शवको रुपमा रहने छ ।
साथै महेन्द्र राज मार्ग भन्दा पहिला निमार्ण भएका हुलाकी राजमार्गको अवस्था पुरै जिरपूर्ण बनेका छन त्यस्मा केही विकासको अवस्था अहिले सम्म देखिएको छैन । एउटा घाउँबाट मधेशी जनताहरु निको हुन नसके अर्को ठूलो घाउँ दिन त्यार पूर्व पश्चिम रेलमार्ग निमार्ण गर्न गइ रहेका छन तर अब मधेशी युवाहरु चुप लागेर बस्दा मधेशका लागि खतरा हुने संकेत उत्पन्न भएको छ । मधेशका अग्रज नेताहरुको ध्यानाकर्षण नभएको अहिलेको वर्तमान देशको मधेश मुदा संविधान संशोधनले लगायत अन्य मुदा पछाडी लागेकै वेला शासक वर्गहरुले रेलमार्ग निर्माण गर्न लागेका हुन । यस प्रति सबै मधेशी पार्टीका प्रमुख व्यक्तित्वहरु ध्यान दिन अत्यन्त जरुरी रहेको अवस्था रहेको युनाईटेड मधेशी अफ नेपालका संयोजक संजय यादवले बताएका हुन ।
चुरे भावरका रहेका जंगलहरु लाई फडानी गरी जग्गा अतिक्रमण गर्न षडयन्त्र गरीरहेको अवस्था देखिएको छ । महेन्द्र राजमार्ग छेउछाउबाट रेलमार्ग निर्माण गर्नुको मुख्य उदेश्य पहाडबाट मधेशलाई छुटयाउने खोज्दै मधेशको भुभागमा रहेका जग्गा जस्मा जंगल पहाड परेको छ त्यसबाट खुल्ला रुपमा मधेशीलाई अलग गरि रहेका छन । धेरै पुरानो मधेशको जग्गामा रहेको हुलाकी राजमार्गको दुई तर्फी मानिसहरुको बसोबास बढी हुदा पनि त्याहा रेलमार्ग निमार्ण नगरी चुरेभावर लाई निशाना गरी एक आपसमा लडाउने ठूलो पलानी गरेका छन शासक वर्गहरुले कार्यक्रममा सहभागी सुर्या किरण यादव , श्यामविहारी यादव , कमलेश यादव , अरबिन्द यादव , प्रकाश भाई , ओमप्रकाश साह , सत्रुधा सिंह , संजिप गुप्ता , सत्येन्द्र सिंह लगायतका वक्ताहरुले बताएका छन । पूर्वधार विकास र पूर्व पश्चिम रेलमार्ग छलफल कार्यक्रम लाई रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष अभिमनु कुमार पटेलले संचालन गरेको थियो ।

मिर्चैया प्रहरीले गरे तीन सय लिटर घरेलु मदिरा नष्ट

प्रकाशित समय 10:46 AM
राम नारायण पंडित, सिरहा, ०६ पौष ।सिरहाको मिर्चैयाबाट प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैया आज (बुधबार) करीब तीन सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो । बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीको गस्तीले मिर्चैया ५ र ६ स्थित विभिन्न भठ्ठी र पसलहरुबाट उक्त परिणामको घरेलु मदिरा नियन्त्रणमा लिई स्थानिय भरभलादमी र संचारकर्मीको रहोबरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । पछिल्ला केहि महिनायता मिर्चैया तथा आसपासको क्षेत्रमा अबैध मदिरा बिक्री बितरण र उत्पादन भइरहेकोले जानकारी पाएपछि प्रहरीले निगरानी बढाएको छ । अबैध रुपमा उत्पादन गरिने मदिरा विषाक्त हुनुको साथै मदिरा सेवनका कारण गाउंघरमा अपराधका घटनाहरु समेत बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउँदै आएको छ । यता, प्रहरीले सानो परिमाणमा मदिरा उत्पादन गर्नेहरुबाट मदिरा बरामद गरि नष्ट गर्ने गरेको भएपनि ठूला होटल तथा रेष्टुरेण्टहरुमा विक्री वितरण हुने अबैध घरेलु मदिरालाई रोक्न नसकेको बताइएको छ । बिभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा खुलेयाम रुपमा घरेलु मदिराको बिक्री भइरहेको भएपनि त्यसतर्फ प्रहरीले वास्ता नगरेको सर्वसाधारणले गुनासो रहेको छ ।

मिर्चैया प्रहरीद्धारा तिन बिघा भन्दा बढीको गाँजा फडानी

प्रकाशित समय 10:54 AM
राम नारायण पंडित, सिरहा, ०४ पौष । सिरहाको विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई प्रहरीले तिव्रता दिएको छ । ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यको कमाण्डमा खटिएको प्रहरीको गस्ति टोलीले बिभिन्न स्थानमा लगाइएको करीब साढे ३ बिघाको अबैध गाजा खेती नष्ट गरेको हो । मिर्चैया नगरपालिका ८ रामपुरा, ९ सुन्दरपुर र कालाबन्जार ३ मा लगाईएको करीब साढे ३ विघाको अबैध गाँजा खेती फडानी गरी सोमबार नष्ट गरिएको प्रहरीले बताए । गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिए सम्म फडानी कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) बज्राचार्यले बताए । कृषकहरुले व्यवसायिक रुपमा गाँजा खेति गर्ने गरेको पाईएको र आम्दानीको श्रोत गाँजा भएकाले गाँजा खेती गर्नु गैरकानुनी रहेको उनले वताए । गाँजा फडानी कार्य वर्षेनी गरिने भएकाले कृषकहरुलाई गाँजा खेतीलाई त्यागेर अरु वाली लगाउन तर्फ लाग्नु पर्ने डिएसपी बज्राचार्यको धारणा रहेको छ । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारवाही हुने उनले वताए ।
मिर्चैयामा हराएको भनिएको महिलाको शव फेला

मिर्चैयामा हराएको भनिएको महिलाको शव फेला

प्रकाशित समय 8:28 AM
राम नारायण पंडित, सिरहा, ०१ पौष । सिरहामा हराएको भनिएको एक महिलाको शव कुहिएको अवस्थामा फेला परेको छ । कार्तिक २८ गतेदेखि हराएको मिर्चैया ५ बस्ने दानी साहको अन्दाजी ४० बर्षीय श्रीमति ठकनी देबि साहको शव आज (शुक्रबार) ईलाका प्रहरी कार्यालयले खोजतलाश गर्ने क्रममा फेला पारेको छ । मिर्चैया ५ स्थित जिवा जंगलामा कुहिएको अबस्थामा साहको शव फेला परेको प्रहरीले बताएको छ । शवको पोष्टमार्टमका लागि लहान पठाईएको बताइएको छ । यता, मृतक महिलाको सम्बन्धमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केहि भन्न सकिने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए ।

लहानको पोलिक्लिनिकमा गैरकानुनी तरिकाले सेवा सञ्चालन

प्रकाशित समय 12:40 AM
सिरहा पौष १ लहान ३ स्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृहले गैरकानुनी रुपमा सेवा सञ्चालन गरेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ। जिल्ला स्वास्थ्य प्रमुख दयाशंकरलाल कर्ण सहितको जिल्लास्तरीय अनुगमन टोलीले बिहीबार यो पोलिक्लिनिक अनुगमन गर्दा ईजाजत नपाएको सेवा समेत गैरकानुनी तरिकाले सञ्चालन गरेको भेटिएको छ। अनुगमन टोलीले यो पोलिक्लिनिकमा भिडियो एक्सरे, शल्यक्रिया, फर्मेसी र एक्सरे सेवा गैरकानुनी रुपमा सञ्चालन भएको पाइएको जिल्ला स्वास्थ्य प्रमुख कर्णले जानकारी दिए। ‘यहाँ संचालित सेवामध्ये धेरैजसो सेवा गैरकानुनी छ,’ कर्णले नागरिकन्युजसंग भने, ‘अनुगमनको क्रममा पाईएको गैरकानुनी कार्यको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाउँछौं।’ यो पोलिक्लिनिकलाई बहिरंग, ईसिजि, प्रयोगशाला, प्रसुती (समान्य) र रेडियोलोजि बिभागबाट ईजाजत लिएर एक्सरे संचालन गर्न जिल्ला स्वास्थ्य कार्यलयले ईजाजत दिएको फोकल पर्सन उमेश कर्णले बताए। ईजाजत नै नपाएको फर्मेसी, भिडियो एक्सरे, शल्यक्रिया लगायतका सेवा संचालन गरेर नियम कानुन मिच्ने यो पोलिक्लिनिकलाई कुन हदसम्मको कारबाही गर्ने प्रतिबेदनमार्फत सुझाव माग गरिने जिल्ला स्वास्थ्य प्रमुख कर्णले बताए। जिल्लाभरी ४८ वटा पोलिक्लिनिकलाई सामान्य प्रसुती सहितका पाँचवटा सेवा संचालन अनुमति दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। साभार - नागरिक नियूज
सिरहामा कठ्यांग्रिएर मगन्तेको मृत्यु

सिरहामा कठ्यांग्रिएर मगन्तेको मृत्यु

प्रकाशित समय 11:58 PM
राम नारायण पंडित, सिरहा,०१ पौष ।केही दिनयता मध्य तराईमा बढेको चिसोका कारण सिरहामा कठ्यांग्रिएर एक मगन्तेको मृत्यु भएको छ । अत्याधिक चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको अवस्थामा विहिबार जिल्लाको राजपुर १ कमलानदी किनारमा अन्दाजी ६० वर्षीय एक पुरुषको शव फेला परेको हो । सामान्य कपडा मात्र लगाएकोले बृद्धको कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले बताए । मृतक बृद्ध मागेर खोने जस्तो देखिएकोले निजको कपडाको अभाबमा जाडोले मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरी बताए । शव पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहामा राखिएको प्रहरीले बताएको छ । निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने मजदुरहरु बढी प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबालीमा समेत असर परेको छ । चिसोकै कारण विद्यालयमा पठनपाठन समेत प्रभावित भएको छ भने मध्यतराईका कतिपय जिल्लामा विद्यालय बन्द गरिएको छ ।

संसोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने ः प्रचण्ड

प्रकाशित समय 5:23 AM
राम नारायण पंडित, सिरहा, २९ मंसिर । संबिधान संसोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने प्रधानमन्त्री पुुष्पकमल दहाल प्रचण्डले ठोकुबा गरेका छन् । बिधेयक संशोधन गरी पूूनः संरचनाको कामलाई थाती रखेर भए पनि निर्वाचनमा जाने प्रधानमन्त्री प्रचण्डले दाबी गरे । सबैको सहमति गराएर पुरानै संरचनामा भए पनि निर्वाचनमा जाने प्रधानमन्त्री प्रचण्डले बताएका हुन् । नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवको छोरा अमर यादबको सिरहामा भएको विवाहको जन्ति सरिक भएर जाने क्रममा सिरहाको लहानमा प्रेस सेन्टर नेपाल सिरहाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले विशेषगरी मधेसीलाई विश्वासमा लिएर प्रतिपक्षीको सहमतिमा संविधान संशोधन गराएर चुनावमा जाने बताए । बर्तमान सरकारको मुख्य काम संविधान संशोधन गरी निर्वाचन सम्पन्न गराउनु रहेकोले त्यसको लागि अहिले युुद्धस्तरमा काम भईरहेको प्रधानमन्त्रि प्रचण्डले स्पष्ट गरे । पाँच नम्वर क्षेत्रमा आन्दोलन चर्काएर दुुई नम्वरको मुुद्दालाई ओझेलमा पार्न खोजिएको त होइन ? भन्ने संचारकर्मीको प्रश्नमा प्रधानमन्त्री दहालले यो बडो विडम्वनाको कुरा भएको भन्दै प्रतिपक्षीले यो विषयलाई हावा फैलाएको आरोप लगाए । Displaying vlcsnap-2016-12-14-13h49m06s729.png
यसअघि सिरहाको गोविन्दपुर वस्तिपुरका सोविन यादवकी छोरी कविता यादबसँग मातृका यादबको पुुत्रको विवाह समारोहमा प्रधानमन्त्री दहाल सरिक भएका थिए । मञ्चमै जनवादी विवाह भएका जोडीलाई सफल दामपत्य जीवनको शुुभकामना दिदैं मधेसमा दहेज प्रथा चरम रुपमा उक्लीरहेको वेलामा यस्तो विवाहले समाजलाई नयाँ सन्देश दिएको बताए । विवाह समारोहमा उर्जामन्त्री जनार्दन शर्मा, कानुुनमन्त्री अजयशंकर नायक, पूर्वमन्त्रीहरु हरिवोल गजुरेल, विश्वनाथ साह, रामकुमार यादव लागायत सयौं माओवादी नेता कार्यकर्ता सहित हजारौंको उपस्थिति रहेको थियो । जनवादी विवाह भनेपनि वैवाहीक समारोहमा सरकारी तथा नीजि गाडीको ठूलो लाम लागेको थियो । विवाहमा कुनै पनि प्रकारको दहेज तिलक लेनदेन नगरिएको बताइएको छ ।
Displaying vlcsnap-2016-12-14-13h51m13s221.png यता, सिरहा क्षेत्र नं. ५ को संसदीय विकास कोष समितिको बैठकमा प्रधानमन्त्री दहाल सहभागी भएका थिए । उहाँको क्षेत्रको तीन करोड रुपैया सो क्षेत्रमा पर्ने गोलबजार र मिर्चैया नगरपालिकाको ढलनिकास र खानेपानीमा लागानी गर्ने सर्वसम्मतले पारित भएको बताइएको छ ।

रगत क्यान्सर वालकलाई हेल्प मधेशी कतारको सहयोग

प्रकाशित समय 5:14 AM
राम नारायण पंडित, सिरहा, २९ मंसिर । सिरहाका एक रगत क्यान्सर पिडित वालकलाई हेल्प मधेशी कतारले सहयोग गरेको छ । सिरहाको कर्जन्हा ४ बस्ने इन्दर पासमानको ६ बर्षीय छोरा सुरेन्द्र पासमान विगत २ महिना देखि रगत क्यान्सरबाट पिडित रहेको छ । पासमानको आर्थिक अवस्था अत्यन्तै कमजार रहेकोले छोरा सुरेन्द्रको उपचार गर्न समस्यामा रहेको बेला हेल्प मधेशी कतारले पिडामा मल्हम लगाएको छ । रगत क्यान्सरबाट पिडित वालक सुरेन्द्रको उपचारमा सहयोग गर्ने उदे्श्यले मंगलवार हेल्प मधेशी कतारले वालकका काका सते पासमानलाई रु. पचास हजार एक सय पैसठी रुपैया आर्थिक सहयोग स्वरुप हस्तारन्तरण गरेको छ । उक्त क्रममा संस्थाका सदस्य तथा कल्याणपुर कालाबन्जर १ बस्ने प्रभात महतो र कृष्णपुर ५ बस्ने राम कुमार यादबको साथै प्रहरी, स्थानियबासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । यता, पिडित बालकलाई काठमांडौ बालकान्ति अस्पतालमा २ महिनामा करीब ३ लाख विभिन्न सहयोगबाट प्राप्त रकम खर्च गरेर हाल भरतपुर क्यान्सर अस्पतालमा ३ महिनाको लागि भर्ना गरिएको उनको बुबाले बताए । आफ्नो निजि जमिन नभएकोले ऐलानी जमिनमा घर बनाई पासमानले गुजारा चलाउदै आएको छ । पिडित बालकको उपचारमा ८ लाख लाग्ने अस्पतालले बताएको पिडितको बुबाले दुखेसो सुनाए । “आफनो न खेत छ, न आर्थिक अबस्था” कहाँबाट छोराको उपचार गर्ने रकमको अभाबमा मेरो छोराको के हुन्छ, आसु झार्दै उनको आमाले सबैसंग सहयोगको लागि अपिल गरेकी छिन् ।

एमालेको राष्ट्रघात क्रियाकलापले तत्काल निर्वाचनमा समस्या ः प्रम प्रचण्ड

प्रकाशित समय 4:44 AM
दिनेश्वर गुप्ता लहान, २९ मंसिर । मधेशी, जनजाती, थारु, मुस्लिमसंग तीन बुंदे सम्झौता भएको थियो त्यही अनुरुप संविधान संशोधन प्रस्ताव संसदमा पेश भएको छ, यसमा मोर्चाकै आधारमा परिमार्जन पनि हुन्छ, फिर्ता हुने कुनै कुरै छैन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउंनुभयो । प्रेस सेन्टर प्रदेश नम्बर २ ले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मधेश आन्दोलनका सहिद, घाईते र जेलनेल परेकाप्रति सकारात्मक निर्णय गराएको भन्दै प्रदेश नम्बर २ मा सुनसरी, मोरंग र झापाका केही भाग काटेर भएपनि परिमार्जन गर्न लगाउंने बताउंनुभयो । तर, मधेश र मधेशीको सबै माग अहिले नै पूरा हुन्छ भने छैन । विस्तारै हुदै जाने म पनि मधेशकै प्रतिनिधि गरेकोले सकारात्मक परिमार्जन गरेर संविधान संशोधन हुने उहां प्रचण्डले दावी गर्नुभयो । मधेश, पहाड र हिमालका जनताको भावनालाई मिलाएर अघि बढ्ने भएकोले प्रतिपक्ष एमाले पनि विस्तारै नजिक आउंछ । यसको लागि सबै कुरा यही भनेर नहुने उहां प्रचण्ड बताउंनुभयो । मेरो नेतृत्वको सरकारले निर्वाचनमा जाने भएकोले मधेशको संविधानमा स्वीकार्यता गरेर जाने नै यो सरकारको लक्ष्य रहेको भन्दै प्रतिपक्ष एमालेको राष्ट्रघात क्रियाकलापले तत्काल समस्या आउंन सक्ने उहां प्रचण्डले बताउंनुभयो । कार्यक्रम प्रेस सेन्टर प्रदेश नम्बर २ का संयोजक हिरालाल चौधरीका सभाध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन आशिष विकले गर्नुभएका थिए । प्रधानमन्त्री प्रचण्ड माओवादीकै मातृका यादवका छोराको जन्तीबाट फर्किएर लहानमा पत्रकार सम्मेलनमा सहभागी हुनुभएका थिए ।

प्रधानमन्त्री आज सिरहा आउँदै

प्रकाशित समय 10:28 PM
राम नारायण पंडित, सिरहा, २९ मंसिर । नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज (वुधबार) सिरहा आउनु हुने भएको छ । प्रधानमन्त्रि आफ्नो निर्वाचित सिरहा क्षेत्र नं. ५ को निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको वैठकमा सहभागी हुन सिरहाको मिर्चैया आउन लागेको माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दिलिप साहले बताए । प्रचण्डको माओवादी केन्द्रका नेता मात्रिका प्रसाद यादवको छोराको विवाहमा जन्ति जाने कार्यक्रम समेत रहेको नेता साहले बताए । मात्रिकाको गाउँ धनुषाको सवैलाबाट सिरहाको गोविन्दपुर–२ मा जन्ति जाने कार्यक्रम रहेको जनाएको छ । प्रधानमन्त्री प्रचण्डको सिरहाको मिर्चैयामा हुने निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको वैठकमा सहभागि भएर जन्ती जाने कार्यक्रम रहेको जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड भोली सिरहा आउँदै

प्रकाशित समय 8:36 AM
राम नारायण पण्डित सिरहा मंसिर २८ ।नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ भोली (विहिवार) सिरहा आउन लागेको जानकारी प्राप्त भएको छ । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादबको छोराको विवाहमा सहभागि हुन प्रचण्ड सिरहा आउन लागेको माओबादी केन्द्रका पोलिटब्युरो सदस्य दिलिप साहले बताए । प्रचण्डको सिरहा ५ अर्थात आफ्नो संसदिय क्षेत्रमा विकास निमार्णको साथै संसदिय कोषको रकमको सम्बन्धमा छलफल गर्ने कार्यक्रम पनि रहेको वुझिएको छ ।

इस्लाम धर्मका गुरु मोहमदको १४९१ जन्मदिन भव्यताका साथ समपन्न

प्रकाशित समय 8:20 AM
फिरोज शेख लहान मंसिर २८ । मुस्लिम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिन भव्यतापूर्र्वक धूमधामका साथ मनाएका छन् ।ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको १२ तारिखका दिन अर्थात आज मुस्लिम समुदायका मानिसहरुले मोहम्मद–डे मनाएको हो ।‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ आज मंगलबार सिरहाका मुस्लिम समुदायहरुले शान्ति ¥याली निकाल बारवी रविउलअव्वल पर्व ‘मोहम्मद–डे’ मनाएका हुन । सिरहा नगरपालिका १२ सारश्वरमा सारश्वर मुस्लिम समाज, नुरी महौल्ला यूवा कमीटी तथा अजिज दफाली मेमोरियल ट्रष्ट सारश्वरको आयोजनामा हजारौको संख्यामा महिला, पुरुषहरुले सारश्वरको नगर परिक्रमा गरी शुुभकामना तथा सम्मान कार्यक्रममा परिनत भएको थियो । कार्यक्रम अजिज दफाली मेमोरियल ट्रष्टका अध्यक्ष अलाउदिन दफालीको अध्यक्षता र सिरहाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा प्रजिअ, शसस्त्रका डिएसपी नवराज बोहरा, हेल्थपोष्टका इन्चार्ज डा. कामेश्वर परिहस्त, बेल्हा प्रहरीका इन्चार्ज नरसिगं चौधरी तथा वडा नागरिक मंचका संयोजक भोगेन्द्र साहलाई प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा इन्सेक सिरहाका प्रतिनिधि दुुर्गा परियार, अधिवक्ता शुुर्य कुमार यादव लगायतका वक्ताहरुले शुुभ कमना मनतव्य राखेका थिए । मनतव्यको क्रममा प्रजिअ श्री कृष्ण श्रेष्ठले धर्मको नाममा कुरुतीहरु छोडनुपर्ने बताए । धर्मले द्धन्द्ध बढाउनुभन्दा सदभाव मिलाएर विकासमा लाग्न सबैलाई आग्रह गर्नुभएको थियो । विकासको कामको लागि आफनो ढोका सदैव खुल्ला रहेको प्रजिअ श्रेष्ठले बताउनुभयो । यसैगरी लहान नगरपालिकामा पनि मुस्लिमहरुले परिक्रमा गर्दै बारवी रविउलअव्वल पर्व ‘मोहम्मद–डे’ मनाएका छन । लहान ५ स्थित नयाँ बजारबाट शुरुभई लहानका विभिनन क्षेत्र परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएको थियो । मुस्लिम समुदायका मानिसहरुले ११ तारिखका दिन राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई सजाउने गर्छन् । मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन) गर्ने र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्य गर्ने गर्दछन् । विश्वभरीकै मुस्लिम समुदायले आजको दिन वारवी रविउलऔव्वल पर्व मनाउदै आएको छ ।

सर्वधारणका लागि प्रहरीले दाउराबाले

प्रकाशित समय 8:15 AM
फिरोज शेख लहान, मंसिर २८– लगातार एकसातदेखि चलेको शितलहरका कारण सिरहालगाएत तराइको जनवीवन प्रभावित भएको छ । जाडोबाट जनजीवन कष्टकर बन्दै गएपछि इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी व्यसक्याम्प गोलबजारले सर्वधारणका लागि सार्वजनिक स्थलहरुमा मंगलबार दाउरा वितरण गरेको छ ।गोलबजारक्षेत्रमा दाउरा वितरण गरेपनि स्थानीयले राहत महसुस गरेका छन् । प्रहरीले बस विसौनी, मासिको चहलपलहुने स्थानहरुमा दाउरा वितरणगरी आगो बालेको जनाएको छ । प्रहरीले गोलबजारको गोलबजार, चोहर्वा, कसहाका बस विसौनी र मानिसको आवतजावत बढीहुने स्थानमा दाउरा बालेको जनाएको छ । विगत एकसातादेखि लागेको कुहिरोसँगै झरेको तुसारो तथा चिसो हावाले मौसत अत्यधिक चिसो बनेको छ । चिसोका कारण बालबालिका, वृद्ध तथा पशुबढी प्रभावित भएको छ । जाडो बढेसँगै दैवि प्रकोप उद्धारसमिति सिरहाले जिल्लाका सवै नगरपालीका तथा गाविसहरुलाई आवश्यक दाउरा वितरण गर्न तथा गरिव, असहाय तथा वृद्ध विद्धाहरुलाई कम्वल वितरण गर्न पनि पत्र जागरी गरिसको दैवि प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । आजपनि जाडो धेरैभएकोले अव यस्तै अवस्था रहे सवै स्थानीयनियकालाई निर्देशन दिएर सर्वसाधारणको लागि चाँडो दाउरा तथा आवशयक न्यानो कपडा व्यवस्था मिलाउन निर्देशन दिने बताउनुभयो ।साथै जिल्ला प्रशासन कार्यालय सिरहाले जोडोको समयमा धेरैवेर वाहिर नवस्न, न्यानो कपडा लगाउन तथा सुरक्षित स्थानमा बस्न सुचना सार्वजनिक गरेको छ ।

एमालेले आन्दोलन गरेर विभाजन ल्याउन खोज्यो : सभापति देउवा

प्रकाशित समय 7:09 AM
२७ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले क्यालेन्डर बनाएर २०७४ साल माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराइने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियु निर्वाचन, शैक्षिक सुधार र सङ्गठन सुढृढीकरणका लागि ६ महिने सदस्यता वितरण तथा जनजागरण अभियान’ कार्यक्रममा सभापति देउवाले भन्नुभयो, “निर्वाचन नभएर देश पछाडि परिसक्यो । देशलाई विकासको बाटोमा उन्मुख गर्न कुनै पनि हालतमा चुनाव हुन्छ । चुनाव रोकिँदैन ।” सभापति देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आफूले निर्वाचन गर्ने विषयमा हिजो मात्रै छलफल गरेको बताउँदै एमाले निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्नुभयो । एमाले अध्यक्षसँग मिलेसम्म नयाँ स्थानीय संरचना नभए पुरानो संरचनाका आधारमा भए पनि स्थानीय निकायको निर्वाचन गर्नेबारेमा आफ्नो कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले संविधान संशोधनप्रति असन्तुष्टि भन्दै एमालेले मधेस र पहाडबीच झगडा गराएर देशमा विभाजन ल्याउन खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “पहिला प्रदेश नं ५ को मगर समुदायमा बसेका मानिस प्रदेश नं ४ को गुरुङ समुदायमा बस्दा के हुन्छ ?” उहाँले नेविसङ्घ बलियो भएमा मात्र मुलुक बलियो हुने भन्दै आगामी स्ववियुको निर्वाचनमा नेविसङ्घलाई जिताउन सबै विद्यार्थी एक भएर लाग्न निर्देशन दिनुभयो । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान परिमार्जन हुँदै जाने दस्तावेज भएको बताउँदै संविधान संशोधनका विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आउनु दुःखद भएको बताउनुभयो । महामन्त्री कोइरालाले सबै दललाई मिलाएर राष्ट्रिय सहमतिका साथ मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको लामो त्याग र बलिदानपछि संविधान निर्माण भएको छ । यसलाई गुम्न दिनुहुँदैन ।” पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन नेपाली काँग्रेसकै अग्रसरतामा हुने बताउनुभयो । उहाँले पार्टीमाथि प्रतिबन्ध रहेका बेलासमेत नेविसङ्घले पार्टीको भूमिका खेलेको स्मरण गर्दै संविधान कार्यान्वयनका लागि अहिले नेविसङ्घले दबाब सिर्जना गर्नुुपर्ने बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान संशोधन दलहरुको साझा एजेन्डा भएको बताउँदै क्षणिक फाइदाका लागि एमालेले संविधान संशोधन गर्न हुँदैन भनी अनर्गल प्रचार गरिरहेको आरोप लगाउनुभयो । केन्द्रीय सदस्य एवम् नेविसङ्घका पूर्वअध्यक्ष गोविन्द भट्टराईले सडकमा बसेर राष्ट्रियताको कुरा गर्दैमा राष्ट्रियता बलियो नहुने बताउनुभयो । अर्का केन्द्रीय सदस्य एवम् नेविसङ्घका पूर्वअध्यक्ष प्रदीप पौडेलले एमालेले आफ्नो सरकार रहेका बेला संविधान संशोधन र कार्यान्वयनका कुनै चासो नदिएको तर अर्को सरकारले काम गर्न खोज्दा अनावश्यक भाँजो हालेको आरोप लगाउनुभयो । _______________________________________________________________ नेकपा ‘एमाले’का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र उनीहरुलाई अन्धकारमा राखी राजनीति गर्नेहरुले मुलुक बिगारेको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “वर्गका नाममा पार्टी खोल्ने अनि जातीय राजनीति गरेर नेपाली–नेपालीबीच द्वेष पैmलाउने नेताहरुकै कारण मुलुक राजनीतिको भुमरीमा फस्दै गएको हो ।” अब राजनीतिक सहमतिको बाटो के हुन सक्छ रु भन्ने पत्रकारको प्रश्नको जवाफमा उहाँको छोटो जवाफ थियो – “संविधान संशोधन प्रस्ताव फिर्ता लिए सहमति हुन्छ ।” अध्यक्ष ओलीले भन्नुभयो –“जनता हिमाल, पहाड र तराई छुट्याउन चाहँदैनन् । अनि किन तराईलाई पहाडबाट अलग गर्ने प्रस्ताव ल्याइयो रु” जनताका प्रतिनिधिले बनाएको संविधानको विरोध गर्नेहरु नै संविधान संशोधनको नाममा मुलुकलाई द्वन्द्वमा फसाउन चाहेको टिप्पणी गर्दै उहाँले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले जनतालाई खुसी बनाएको छैन, रुवाएको छ, पीडामा पारेको छ भन्नुभयो । एक अर्को प्रश्नको जवाफमा अध्यक्ष ओलीले राजनीतिका नाममा मुलुकमा सधैँ द्वन्द्व उद्योग सञ्चालन गर्नेहरुसँग जनता सावधान हुनुपर्छ भन्नुभयो ।

६८औ विश्व मानवअधिकार दिवसमा अन्तरकृया तथा सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित समय 11:49 AM
फिरोज शेख , लहान मंसिर २५ ।सिरहा स्थित मानवअधिकार संरक्षण केन्द्र संजाल र महिला मानवअधिकार रक्षक संजालको आयोजनामा सिरहाको लहानमा मंसिर २५ गते शनिबार “ सबैका लागि घर घरमा मानवअधिकार ः शान्ति र विकासको आधार ” मुल नाराका साथ ६८ औं विश्व मानवअधिकार दिवस रयाली, अन्तरकृया तथा सम्मान कार्यक्रम सँगै रक्तदान कार्यक्रम समपन्न गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठको प्रमुख आथित्य तथा संजालका संयोजक राम भरोसी महतोको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठले राज्यले मानवअधिकारको संरक्षण र प्रवद्र्धन गर्ने हुदा आफु जिल्लामा बसुन्जेल मानवअधिकारको संरक्षण र प्रबद्धनमा सकृय भूमिका निर्वाह गर्ने बताउनु भयो । त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी शेखर कोइरालाले प्रहरी निकायबाट मानवअधिकार उलंघन हुन नदिने नागरिक समाज र सरोकारवाला निकायहरु संग हातेमालो गरी समाजमा सचेतना फैलाउन सहकार्य गरी काम गर्ने प्रतिबद्धता एसपी कोइरालाले गरेका छन। इन्सेक, ओरेक, समग्र जनउत्थान केन्द्र, दलित जनकल्याण यूवा कल्ब, इह्रिकण, आरआरएन, मुक्ति नेपाल, सहयोगिहातहरु, अपाङ्ग पुनरस्थापना केन्द्र, समग्र विकास सेवा केन्द्र, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, थर्ड एलाइन्स, अपसन नेपाल, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान लगायत सं संस्थाको सहकार्यमा संचालित कार्यक्रममा मानवअधिकारको क्षेत्रमा कृयाशिल भइ कार्य गरेका तीन जनालाई दोसल्ला ओढाइ प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठले सम्मान गरेका छन।सम्मानित हुनेहरुमा मानवअधिकारकर्मी इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार, मधेशस्पेशलडटकम अनलाइन तथा रेडियो सरगमका संचालक संचारकर्मी फिरोज शेख र दलित अधिकारकर्मी फुलकुमारी राम रहेका छन । लहानको राममन्दिर चौकबाट निकालिएको रयाली लहान बजारको विभिन्न भाग परिक्रमा गरी अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो। अन्तरक्रिया कार्यक्रम पश्चात भएको रक्तदान कार्यक्रममा दर्जनौ अधिकारकर्मी,संचारकर्मी सरकारी निकायका प्रतिनीधीहरुले रक्तदान गरेका छन। रयाली ,अन्तरक्रिया , सम्मान र रक्तदान कार्यक्रममा इलाका प्रशासन कार्यलयका कार्यकारी अधिकृत पवन गुप्ता , इलाका प्रहरी कार्यलय लहानका डीएसपी राज कुमार केसी , लगायत अधिकारकर्मी,संचारकर्मी , सरकारी निकायका प्रतिनीधीहरुको पनि उपस्थिती रहेको थियो।

मानवअधिकारको सवालमा सकृय भूमिका खेलेका ३ जना सम्मानित

प्रकाशित समय 11:42 AM
फिरोज शेख सिरहा मंसिर २५ ।“ सबैका लागि घर घरमा मानवअधिकार ः शान्ति र विकासको आधार ” मुल नाराका साथ ६८ औं विश्व मानवअधिकार दिवसको अवसरमा इन्सेक जिल्ला प्रतिनिधि , दलित तथा महिला अधिकारकर्मी र संचारकर्मी सम्मानित भएका छन ।मानवअधिकार संरक्षण केन्द्र संजालले आयोजना गरेको अन्तरकृया कार्यक्रममा जिल्लामा मानवअधिकारको क्षेत्रमा कृयाशिल भई मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि सकृय भूमिका खेलेको भन्दै लहान नगरपालिका ५ का ४२ वर्षीय इन्सेक प्रतिनिधी दुर्गा परियारलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेका छन । त्यसै गरी दलित तथा महिला अधिकारको क्षेत्रमा सकृय भइ काम गर्ने धनगढीमाई नगरपालिकाकी फुल कुमारी राम तथा संचारकोक्षेत्रमा मानवअधिकार तथा महिला अधिकारको सवाललाई प्राथमिकता दिएको भन्दै संजालले शेख मिडिया हाउसद्धारा संचालित मधेश स्पेश्ल डट कम तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक लहान नगरपालिका ५ का ३१ वर्षीय फिरोज शेखलाई पनि जिल्ला प्रमुख द्वारा सम्मान गरिएकोछ। २०६९ शाल देखि इन्सेक जिल्ला प्रतिनिधिका रुपमा कार्यरत परियार पूर्वाचल मानवअधिकार रक्षक परिषदमा पनि यहि मंसिर १५ गते सदस्यमा छनौट भएका छन ।

‘सहिद नगरी लहानबाट नै फेरी आंधीवेहरी उठ्ने’

प्रकाशित समय 9:34 PM
दिनेश्वर गुप्ता लहान २५ मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले पहिलेदेखि संघीयता विरोधी रहेको आज प्रमाणित भइरहेको छ । राष्ट्रिय बैश्य समाजको आयोजनामा विशाल वैश्य निर्माणको लागि वैश्य सम्मेलनको उद्घाटन गर्दै आज लहानमा अध्यक्ष महतोले मधेशको माँग पुरा हुन नदिन एमाले जुन प्रयास गरिरहेको छ त्यो नेपालबाट मधेशलाई अलग गर्ने षड्यन्त्र गरिरहेको बताउंनुभयो । मधेश र मधेशीको अधिकारको लागि वैश्यहरुको महत्वपूर्ण योगदान रहेको भन्दै अधिकार र पहिचानको लागि भिक्षा माग्ने समय नरहेकोले अब मधेश मुक्तिको लागि आन्दोलनको तयारीमा लाग्न अध्यक्ष महतोले आव्हान गर्नुभयो । उहांले संशोधनको पक्षमा नउभिएर एमालेको राष्ट्रघाति चरित्रको उजागर भएको बताउंदै लहान सहिद नगरी हो फेरी आन्दोलनको आंधीवेहरी यहीबाट उठ्ने स्थिति रहेकोले अब अन्तिम लडाई नै हुने बताउंनुभयो । एमालेले मधेशको माँग पुरा हुन नदिनका लागि आन्दोलन गर्यो भने अब मधेशी जनता एमाले मुक्त मधेशको परिकल्पना गर्ने चेतावनी समेत उहाँले दिनुभयो । एमालेको राष्ट्रघाति चरित्रकै कारण वर्तमान उपलब्धि समेत गुम्ने खतरा तर्फ सबैलाई सचेत गराउनु भएको थियो । संविधान संशोधनको सवालमा उहाँले अहिले तयार पारिएको संविधान संशोधनको प्रस्तावबाट मधेशको सबै माँग पुरा हुन नसक्ने भएकाले मधेशी मोर्चा सो प्रस्तावबाट असन्तुष्ट रहेको स्पष्ट पार्नुभयो । मधेशको सबै माँग सम्बोधन हुन सक्ने संशोधन प्रस्ताव तयार पार्नका लागि मोर्चाले दबाब बनाई रहेको उहाँले बताउनु भयो । कार्यक्रम समापन लगत्तै पत्रकारले एक जिज्ञासामा अध्यक्ष महतोले तराई मधेश लोकतान्त्रिक पार्टीसँग पार्टी एकीकरण हुन लागेको चर्चामा मात्रै सीमित रहेको तर एकीकरणका लागि कुनै ठोस कदम अहिलेसम्म अगाडि नबढाइएको स्पष्ट पार्नुभयो । एकीकरणको लागि हाम्रो चाहना रहेको भन्दै महतोले यसको लागि वृहत्त छलफलको आवश्यकता रहेको बताउंनुभयो ।

माग सम्बोधन नगर्ने संशोधन अमान्यः यादव

प्रकाशित समय 11:44 AM

राम नारायण पंडित, सिरहा, २३ मंसिर । संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान संबिधान संशोधन प्रस्तावले मधेशी जनजाति सहित उत्पीडित समुदायको माग सम्बोधन नगर्ने दाबी गरेका छन् । सिरहाको लहानमा विहिबार आयोजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादबले यो संसोधन प्रस्ताबले अधिकारबाट बन्चित रहेका बर्ग र क्षेत्रका माँग सम्बोधन हुन नसक्ने नभएकोले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई नेता आह्वान गरेका छन् । उक्त अबसरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी ७ सय भन्दा बढी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गाविस अध्यक्ष राम नारायण यादव, नेकपा एमालेबाट सुरेन्द्र महतो, राज नारायण साह, नविन महतो, नेकपा माओवादी केन्द्रबाट राजन श्रेष्ठ, रमेश राई, मनोज लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनोज यादव र फोरम गणतान्त्रिकबाट दिपेन्द्र यादव लगायत ७ सय भन्दा बढी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका हुन् । कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं मधेश प्रदेशका अध्यक्ष रेणु यादव, केन्द्रीय कोषाध्यक्ष विजय यादव, पूर्व मन्त्री राजलाल यादव, सांसद् विरेन्द्र महतो, केन्द्रीय सदस्य सञ्जय सिंह, अशेश्वर यादव, महिला फोरमकी केन्द्रीय अध्यक्ष निर्मला यादव लगायतको उपस्थिति रहेको थियो ।

६ सय ७० पिस लागूऔषध नाइट्रोसनसहित एक पक्राउ

प्रकाशित समय 9:58 PM
फिरोज शेख , लहान मंसिर २२ । केहि दिन् देखि लहान प्रहरी लागू औषधका तस्कर र प्रयोगकर्ताहरू लाई पक्राउ गर्न सक्रीय भएका छन । यसै क्रममा सिरहाको लहानबाट मंगलबार ६ सय ७० थान लागूऔषध नाइट्रोसन सहित एक जना लाई पक्राउ गरेको छ। लहान ४ स्थित बिनोद यादवको घरमा डेरा गरी बसेका सिरहा गाढा गाविस २ घर भएका २२ वर्षिय तलेश्वर यादवको कोठाबाट उक्त परिमाणको लागूऔषध बरामद गरिएको इलाका प्रहरी कार्यलय लहानका डीएसपी राज कुमार केसीले जाएका छन। डीएसपी केसी को अनुसार विशेष सुचनाको आधारमा मंगलबार बिहान यादवको दुई तले पक्की घरको तल्लो तला भाडा लिई बसेका तलेश्वरको कोठामा खानतलासी गर्ने क्रममा उक्त परिणामको लागूऔषध नाइट्रोसन ट्याब्लेट बरामद भएको हो। यादवको कोठाबाट नगद बाइस हजार तीन सय पच्चीस नेपाली रुपैया तथा भारु एक सय पचास रुपैया र एक थान मोवाइल फोनसमेत बरामद भएकोले यादव लागूऔषध बिक्रि बितरणमा संलग्न हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेका छन। बरामद लागूऔषधसहित तलेश्वरलाई इलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान भइरहेको डीएसपी केसीले जाएका छन । इलाका प्रहरी कार्यलय लहानले मिति २०७३ श्रावण १८ गते देखि २०७३ मंसिर २१ गते सम्म ४ महिनाको अबधिमा १४ जना लागु औषध कारोवारी र प्रयोगकर्ता लाई पक्राउ गर्न सफल भएका छन ।

गौर चपुर सडक खण्डमा कुकर बम डिस्पोज

प्रकाशित समय 11:32 AM
रौतहट २१ म्ंसिर ।रौतहटको गौर चपुर सडक खण्ड बिरेन्द्र राजमार्ग सुकदेव चौकमा आज बिहानै कुकर बम व्यवारीस अवस्थामा फेला परेको थियो । रातीक वेला सडक खण्डमा पर्ने पुल माथि सो बम अज्ञात समुह द्धारा लगाईएको थियो । स्थानियहरुले सो चौकमा पर्ने प्रहरी पोष्टलाई खबर गरे केही समयमै सदरमुकाम गौरबाट नेपाली सेनाको डिस्पोजल टोलीले पुगी डिस्पोजल गरेका छन । घटना स्थलमा बम फेला परे पछी ठूलो तथा साना दुरीका सवारी साधन करिब ६ घण्टा अवरुद्ध भएका थिए । घटनामा केही क्षति न भएको र हाल सम्म उक्त बमको जिम्मा कसैले लिएको छैन ।

एउटै परिवारका ३ जना सशख्त अपाङ्गलाई सहयोग

प्रकाशित समय 11:00 AM
अभिमनु कुमार पटेल रौतहट २१ मंसिर ।रौतहटको ब्रहम्पुरी गा.वि.स वडा नं ३ का एउटै परिवारका ३ जना सशख्त अपाङ्ग लाई सहयोग गरिएको छ । सशख्त अपाङ्ग भएका ब्रहम्पुरीका प्रभु महारा चमार तथा उनकी २७ वर्षीय श्रीमती रेनु देवी महारा चमार र उनका ५ वर्षीय छोरा अमृत महारा चमार समेत अपाङ्ग रहेका छन । तर एउटै परिवारका ३ जना अपाङ्ग हुदाँ सरकार पक्षबाट अपाङ्ग परिचयपत्र पाउँदा पनि सो गा.वि.स का सचिव प्रभु यादव तथा प्राविधिक सचिव शिवशंकर सिंह समेतले गा.वि.स मा सरकारबाट आएको अपाङ्ग भत्ता खाई सो भत्ता अपाङ्ग परिवार लाई नदिई अपाङ्ग भत्ता माग्न जादा सचिव यादव र सिंह समेतले कुनै कुरा नसुनि आफुले पाउने भत्ताबाट पाँच सय अपाङ्गले नदिए सचिवले धपारेर फर्काएका छन । एकै परिवारका ३ जना अपाङ्ग भएको समाचार थाहा पाउदा यसु थापा ११ हजार र जमिल अख्तरले ५ हजारका चामल ४ क्वीन्टल , ब्लैकेट २ थान तथा बच्चाहरु र आमाक लागि चिसोमा लगाउने न्यानो कपडा समेत सहयोग गरेका छन । नेपालकै धर्तीमा जन्मेका यसु थापाले आजको दिनमा देशबाट विदेश सात समुन्द्र पारि युरोपको बेल्जियममा हाल बसी रहदा पनि देशको अवस्था नाजुक रहेको र देशमा धेरै गरिब तथा अपाङ्ग भएकोले सबैलाई सहयोग गर्न इक्छुक भई देश र समाजमा केही सुधार लयाउन सोचका साथ थापाले अगाडी बढी रहेका छन । मधेशी संग कुनै भेदभाव नगरी यसु थापाले जुन यो सहयोग गर्नुभएकोमा अपाङ्ग रेनु देवि महारा र स्थानिय बासीहरुले यो योगदान माथि खुशी ब्यक्त गरेका छन । त्यस्तै रौतहट क्षेत्र नं २ गा.वि.स लौकाहा वार्ड नं ५ का समाजसेवी जमिल अख्तरले ५ हजार मुल्य बराबरको कपडा लता समेत अपाङ्ग परिवार लाई हिन्दु मुस्लिमको भेदभाव नगरी यस मानवको नाताले सहयोग गर्नु भएको छ । यहाँहरुले अगामी दिनमा पनि असहाय , दलित , गरिब र अपाङ्ग परिवारलाई यस्तै सहयोग गर्न अपेक्षा राख्दै स्थानिय पत्रकार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष एवं मधेश प्रदेश अनलाईन अध्यक्ष अभिमनु कुमार पटेल र स्थानिय सहयोगी भाई नविन कुमार सिंह , रमेश साह , मुरल पटेल समेत लाई धन्यवाद दिएका छन ।

वर्तमान सरकारले माँग सम्बोधन नगरे महाभारतः यादब

प्रकाशित समय 10:51 AM
राम नारायण पंडित, सिरहा, २१ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान सरकारले संघिय गठबन्धन सहित मधेशी मोर्चाको माँग सम्बोधन नगरे महाभारत हुने चेताबनी दिएका छन् । सिरहामा आज (मंगलबार) आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादबले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । सरकारले दर्ता गरेको संबिधान संशोधन विधेयकले देशको समस्या समाधान नगर्ने भएकोले आन्दोलनको विकल्प नभएको भन्दै अध्यक्ष यादवले आन्दोलनको सामना गर्न सरकारलाई समेत चेतावनी दिएका छन् । सिरहाको खोक्सी जानकीनगरमा आयोजित पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ५ सय भन्दा बढी नेता कार्यकताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी सिरहाका प्रभावशाली नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका छन् । नेकपा एमालेका अञ्चल सदस्य तारणी प्रसाद यादव, क्षेत्रीय उपाध्यक्ष प्रफुल्ल सिंह, हरि यादव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व गाविस अध्यक्ष जवाहर यादव, कांग्रेसका पूर्व गाविस अध्यक्ष रामविलास यादव, दिपेन्द्र यादव त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता रामप्रकाश दास, घुरण यादब र कामेश्बर साफी लगायत ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेको फोरम नेता राम दयाल यादबले जानकारी दिए । सिरहाको क्षेत्र २, खोक्सी जानकीनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि एवं पार्टी अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई फूलमाला र अबीरले स्वागत गर्दै पहिचान र संघीयताको पक्षमा लाग्न आह्वान गरेका छन् । कार्यक्रममा विशिष्ठ अतिथि पार्टीका केन्द्रीय कोषाध्यक्ष विजय यादव, अतिथिहरुमा पूर्व मन्त्री राजलाल यादव, केन्द्रीय सदस्य अशेश्वर यादव, महिला फोरमकी केन्द्रीय अध्यक्ष निर्मला यादव लगायतको उपस्थिति रहेको थियो ।