एकल जातिय शाषण व्यवस्थाले गर्दा अरु देशको तुल्नामा नेपालको शिक्षा पछाडी – जिल्ला अध्यक्ष भाई

प्रकाशित समय 8:15 AM
अभिमन्यु राउत २७ कार्तिक । मधेशको र देशको शिक्षा क्षेत्र पछाडी पर्नुको कारण एकल जातिय शाषण व्यवस्थाले गर्दा अरु देशको तुलनामा कमजोर रहेको हो । संघीय समाजवादी फोरम नेपाल पार्टीका भाती संगठन समाजवादी विधार्थी फोरम नेपाल रौतहटले आज रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले साक्ष्ताकार आयोजनामा समाजवादी विधार्थी फोरम नेपाल रौतहटका अध्यक्ष प्रकाश भाईले आज पत्रकार सम्मेलनमा बोल्दै २१ औँ सतावधीमा हामीले सडक , शिक्षा , स्वास्थको बारेमा मधेश लगायत देशले चिन्ता गरि रहको अवस्थामा जबकी विश्वले सयौँ वर्ष अगाडी यि कुराहरुमा सबल भई ुकेका हुन । तर हामी लोकतन्त्रको अभयास गर्दछौ हाम्रो छिमेकी मित्र राष्ट्र भारतले ६६ वर्ष पहिला गरि सकेको कुरा लाई हाम्रो देशले बिझन सकेको छैन । विश्वले वैज्ञानिक अभ्यास गरिरहेको अवस्थामा तर नेपालले यस्तो कुराहरुलाइृ सम्धान गर्न सकि रहेको छैन देश अहिले अन्धकारमा गएपनि एकल जातिय शाषण व्यवस्थाले आफनो जिद्ध छाडने मानस्कितामा नरहेको अध्यक्ष भाईले बताउनुभयो । प्रचण्ड सरकार र संघीय गठबन्धन बिच भएको सम्झोता लाई कार्तिक मशान्त भित्र संशोधन प्रसताव दर्ता नगराय हामी विधार्थीहरु फेरी चरण बध संघर्षमा जाने समाजवादी विधार्थी फोरमको केन्द्रीय सदसय ललन यादवले चेतावनी दिएका हुन । शनिवार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका सभापति अभिमनु कुमार पटेलको सभापतित्वमा साक्ष्ताकार कार्यक्रम सम्पन्न भएको थियो।

तीन बुंदे सहमतिको आधारमा संविधान संशोधन नभए सडक तताउंने

प्रकाशित समय 7:03 AM
दिनेश्वर गुप्ता लहान, २७ कात्तिक । आज मलाई फोन गरेर प्रधानमन्त्री प्रचण्डले भन्नुभयो एक आध दिन यताउता नभए संविधान संशोधनको प्रस्ताव संदनमा लैजाने आश्वासन दिनुभएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बताउंनुभयो । तमलोपाले आज लहानमा पत्रकार सम्मेलन गर्दै ठाकुरले संविधान संशोधनको ड्राफ्टमा सिमाकंन, भाषा, अपरहाउस र जनसंख्याको अधारमा तयार नगरे आफुहरु सडकबाटै मधेशीको अधिकार दिलाउंने बताउंनुभयो । यदि उनीहरु तीन बुंदे सहमतीलाई वेवस्ता गर्दै बहुमतको आधारमा संशोधन गरियो भने डेमोक्रेसीको उपहास हुने भन्दै सरकारको बोली र व्यवहारमा बेइमानस्ता हुने उहां ठाकुरले बताउंनुभयो ।

सिरहामा चार राउण्ड गोली सहित तीन पक्राउ

प्रकाशित समय 4:21 AM
राम नारायण पंडित, सिरहा, २७ कार्तिक । सिरहाको मिर्चैयाबाट चार राउण्ड गोली सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा शसस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाबाट खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैयाको कटारी चौकबाट आज (शनिबर) २ राउण्ड गोली र २ थान गोलीको खोका सहित ३ जनालाई पक्राउ गरिएको छ । ज ५ प १२९ नम्बरको मोटरसाइकल चेकजाच गर्ने क्रममा मोटरसाइकलको एयर फिल्टरमा लुकाई राखेको अबस्थामा ८ एमएमको २ राउण्ड गोली र २ थान गोलीको खोका बरामद भएपछि मोटरसाइकलमा सबार रहका ३ जनालाई नियन्त्रणमा लिईएको प्रहरीले बताए । पक्राउ पर्नेहरुमा मिर्चैया २ मल्हनिया पिरारी बस्ने २१ बर्षीय नरेश कुमार कापर, २२ बर्षीय २२ जयकिशोर कापर र २४ बर्षीय बिनोद कापर रहेको प्रहरीले बताए । पक्राउ परेकाहरुको साथबाट एक लाख ३५ हजार नेपाली रुपैया, एक थान ट्याब र तीन थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरुलाई आबश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाइएको छ । घटनाको सम्बन्धमा थप बिबरण आउन बाँकी रहेको छ ।