विशेषज्ञ विना सिटी स्कान, लहानको अधिकांश अस्पतालमा अत्याधुनिक मेशिनको अभाव

प्रकाशित समय 9:48 PM
दिनेश्वर गुप्ता लहान, ३० कात्तिक । लहान स्थित रहेको अस्पताल तथा पोली क्लिनिकमा अत्याधुनिक मेशिन तथा आवश्यक प्रविधि नरहेको कारण विरामीहरु सास्ती खेप्न बाध्य छन् । आवश्यक समाग्री केही मात्रामा रहेपनि थोत्रो तथा मर्मतको अभावमा स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । लहानको डिभाईन अस्पतालभित्र रहेको सिटी स्कान विग्रिएको महिनो भएपनि गलत रिर्पोटकै आधारमा काम गरिरहेको जानकारीमा आएको छ । उता, सिटी स्कानका रिपोट विशेषज्ञ डा. शेखर मेहता केही दिन अगावै डिभाईन अस्पताल छाडेर विरगन्ज गइसकेका छन् । तर, डा. मेहताकै नाममा सहि हानेर रिर्पोट दिने गरेको छ । डा.मेहतासंग मोबाईल नम्बर ९८१९०५३६६० मा सम्पर्क गर्दा उहांले भने ‘लहानको डिभाईन अस्पताल छाडेको मेरो धेरैसमय भइसकियो । मेरो नाममा सहि गर्ने काम भइरहेको हो ,त्यो सरासर गलत हो ।’ म अहिले विरगन्जको एक अस्पतालमा काम गरिहेको छु । डिभाईन अस्पतालको कामप्रति अब मेरो सरोकारको विषय होइन् ।’ सिरहा, सप्तरी र उदयपुरको अस्पताल मध्ये लहानको डिभाईनमा मात्र सिटी स्कान रहेको छ । राजमार्गमा दैनिक सवारी दुर्घटना तथा ग्रामिण भेगमा कुटाकुट भई घाईते भएका विरामीलाई सिधैं सिटी स्कान गर्ने गरेकोले आर्थिक संकलनमा डिभाईन अस्पताल अगाडि रहेपनि आवश्यक रिर्पोट दिन नसकेको आरोप रहेको छ । विराटनगर तथा धरानमा सिटी स्कान गरे वापत ५ हजार लिने गरेको छ भने लहानको डिभाईन अस्पतालले ६५ सय रुपैयां लिने गरेको विरामीहरु बताउंछन् । लहान स्थित रहेको अधिकांश अस्पतालले एम्बुलेन्स चालकलाई संगठित गरि आफ्नो अस्पतालमा विरामी ल्याएदिए वापत कमिशन दिने गरेको खुलासा भएको छ । कमिशनको आधारमा विरामी उपचार गरिएपछि मनोपोली हुने स्वभाविक नै हो स्थानीय विरेन्द्र यादव बताउंछन् । डिभाईन अस्पतालको ०३३५६२३५२ मा सम्पर्क गर्दा सम्बन्धित पक्षले फोन उठाएन् । अस्पतालपक्षका एक स्वास्थ्यकर्मीले भने सिटी स्कानका विशेषज्ञको खोजि भइरहेको छ । यसअघि सिरहा जिल्लाका सम्बन्धितपक्षले अस्पतालहरुमा अनुगमन गरेका थिए ।

मिर्चैयामा नागरिक सुनुवाई कार्यक्रमः नागरिक मैत्री सेवा प्रवाहमा जोड

प्रकाशित समय 6:52 AM
राम नारायण पंडित, सिरहा, ३० कार्तिक । सिरहा जिल्ला अन्तर्गत रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयामा आज (मंगलबार) नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा प्रहरीलाई नागरिक मैत्री सेवा प्रवाह गर्न जोड दिइएको छ । जनता र प्रहरीबिचको सम्बन्ध थप सुदृद्ध बनाउने उदे्श्यले आयोजना गरिएको सार्वजनिक सुनुबाई कार्यक्रममा अधिकांश बक्ताहरुले प्रहरीको काम कार्बाहीको समिक्षा गर्दै अगामी दिनमा प्रहरीले थप चुस्त दुरुस्त र नागरिक मैत्री सेबा प्रबाह गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) श्यामलाल ज्ञबाली कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुका साथै उपस्थितहरुले जिल्लाको शान्ति सुरक्षा र नेपाल प्रहरी प्रदान गर्ने सेवा सम्बन्धमा राखिएको जिज्ञासाहरुको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा सिरहाका प्रहरी प्रमुख (एसपी) ज्ञबालीको साथै ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरी, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी नायव उपरिक्षक महेश अधिकारी, मिर्चेया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दास, सेक्टर बन कार्यालय मिर्चैयाका प्रमुख झरोखी साह, नेपाल बिद्युत प्राधिकरण मिर्चैया बितरण केन्द्रका इन्जिनियर संजिब कर्ण, खानेपानी मिर्चैयाका प्रमुख राम लोचन साहको साथै राजनितिकर्मी, बुद्धिजिबी, नागरिक समाज, स्थानियबासी, ब्यापारी, संचारकर्मी लगायत बिभिन्न बर्गका ब्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।