सिके राउतको कित्तामा महन्त ठाकुर ,भन्छन मधेश अलग राष्ट्र लिएरै छाड्छौ

प्रकाशित समय 7:13 AM
काठमाडौं – तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस एउटा राष्ट्र भएको ठोकुवा गरेका छन् । उनले भने, ‘मधेस एउटा राष्ट्र हो । राष्ट्र बन्नका लागि भाषा, संस्कृति र जनसंख्या आर्थिक स्रोतलगायतका जेजे चाहिने हो, त्इो सबै पूर्ण भएको छ । त्यसैले अवको हाम्रो मागनै मधेस अलग राष्ट्र हो।तमलोपाले मधेस आन्दोलनका मुद्दा र सञ्चार विषयमा शनिबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ठाकुरले भने, ‘मधेस एउटा राष्ट्र भएकाले हामी हाम्रो जन्मसिद्ध अधिकार पूरा गर्छौं भन्दै शान्तिपूर्ण आन्दोलन गर्दा राष्ट्रघाती र बिखण्डनकारीको नारा राज्यबाटै दिनु सरासर गलत हो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । 

पत्रकार मिथिलेश यादवमाथि आक्रमण

प्रकाशित समय 6:59 AM
नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश यादवमाथि सोमबार साँझ ४ः३० बजे लहानमा समाचार संकलनको क्रममा लिला मदन पोलिक्लिनिकका कर्मचारीले आक्रमण गरेका छन् ।उक्त पोलिक्लिनिकमा उपचार गराइरहेका इटाटार कमलपुरका एक जना विरामीका आफन्तले सो अस्पतालले अन्याय गरेको भन्दै समाचार संकलनका लागि बोलाएपछि सो ठाउ पुगेका पत्रकार यादवमाथि पोलिक्लिनिकका सञ्चालक मनोज साह, डाक्टर दिलिप कुमार र कर्मचारी धनन्जय यादवले हातपातको प्रयास गर्दै सञ्चारको साधन फुटाएको हो । पत्रकार यादवका अनुसार समाचारका सामग्री रेकर्ड गरिएको आफुसंग भएको आइ फोन पोलिक्लिनिकका सञ्चालक मनोज र डा. दिलिपको आदेशमा अस्पतालका कर्मचारी धनन्यले जर्वजस्ती खोसेर फुटाइदिएको हो ।

ईजाजत विना पनि यहाँका निजि अस्पताल तथा क्लिनिकहरुले विभिन्न रोगको उपचार गर्ने बहानामा विरामीबाट मोटो रकम असूली रहेको केही दिन देखी गुनासो बढ्न थालेका छन् । यस्ता क्रियाकलापको समाचार संकलनको क्रममा पत्रकारमाथि आक्रमण हुनु गलत भएको सिरहाका संचारकर्मीहरुले बताएका छन् ।क्लिनिक स्थापकसँग विरामीको गुनसो र अस्पतालले गर्न पाउने उपचार ईजाजतबारे जानकारी लिईरहँदा फोनमा अडियो रेकर्ड अन थियो। अस्पतालका संस्थापक मनोज साह र डा. दिलिप कुमारले कर्मचारी लगाएर आक्रमण गर्न लगाए पछि विरामीपक्षले नागरिककर्मी यादवलाई जोगाएको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कार्वाहीको मांग गर्दै पत्रकार यादवलाई न्याय दिलाउन प्रेस चौतारी नेपाल सिरहा ।यता यस घटना बारे ईलाका प्रहरी कार्यलय लहानका डिएसपी राज कुमार केसी संग बुझ्दा घटनाको अनुशन्धान भैरहेको बताएका छन् ।

सिरहामा धान उत्पादनमा भारी वृद्धि

प्रकाशित समय 6:42 AM
 रामभरोसी यादब(रातोपाटी )
सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । वर्षाले साथ दिएपछि समयमै रोपाई भएका कारण विगतको अनुपातमा यस वर्ष धान उत्पादनमा दोब्बर वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय सिरहाले अनुमान गरेको छ । 
जिल्लाको कुल ६० हजार हेक्टर धान खेतीयोग्य जग्गामध्ये यस पटक ५५ हजार हेक्टर (९१ प्रतिशत) मा धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जानकारी भयो । रोपाईपछि समयमा भएको वर्षाले सिंचाईका लागि सुविधा हुँदा धान उत्पादनमा वृद्धि हुने भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामलखन मण्डलले वताए ।
गतवर्ष पानिको अभावले गर्दा ४० हजार ५ सय हेक्टर (६७ प्रतिशत) जग्गामा मात्र धान रोपाई भएको र २ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन भएकोमा यसपालि ३ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले उत्पादन हुने कार्यालय प्रमुख मण्डलको भनाई छ ।
उनका अनुसार यस वर्ष कुल १ लाख ९२ हजार ५ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान छ ।