विद्यालय व्यवस्थापनमा सुधार आएपछि विद्यार्थीको संख्यामा बृद्धि

प्रकाशित समय 11:09 PM
राम नारायण पंडित, सिरहा, १४ पौष । विद्यालय व्यवस्थापनमा सुधार आएपछि सिरहाको एक सामुदायिक बिद्यालयमा विद्यार्थी संख्यामा बृद्धि भएको छ । विद्यालयको व्यवस्थापनमा सामान्य सुधार भएपछि सिरहाको विष्णुपुर प्र.म.८ मा रहेको एक प्राथमिक विद्यालयमा विद्यार्थीको सहभागिता उल्लेख्य मात्रामा बढेको छ । स्थानीय अभिभावक आफै विद्यालयको व्यवस्थापनमा सक्रिय भएपछि विद्यार्थीको सहभागीतामा वृद्धि भएको हो । अन्तराष्ट्रिय सहयोग तथा अध्ययन केन्द्रको सहयोगमा महिला उद्धार सेवा केन्द्र, गोलबजारद्वारा संचालित ‘सार्वजनिक वित्त व्यवस्थापन÷ नेपालमा जवाफदेहिता’ कार्यक्रमको प्रभावले विद्यालयमा सुधार सम्भव भएको बिद्यालयका प्रधानाध्यापक श्यामसुन्दर मण्डलले बताए । सधैंभरी अधिकारमात्र खोजी गर्ने अभिभावक तथा शिक्षकहरुमा कर्तव्य तथा जवाफदेहिता बोध भएपछि विद्यालयमा त्यसको असर बिद्यालयमा देखिएको उनले बताए । शैक्षिक वातावरणमा प्रगति देखिएपछि निजी विद्यालयका विद्यार्थीपनि बिद्यालयमा आउन थालेको शिक्षक गणेश कुमार महतोले बताए । कार्यालय व्यवस्थापनको लागि विष्णुपुर प्र.म. गाविसले आर्थिक तथा भौतिक सहयोग गरेको गाविस सचिव मनोज कुमार कर्णले जानकारी दिए । सचिव कर्णले विद्यालयमा कार्यलाय व्यवस्थापन र खेलकुदका सामाग्रीहरु उपलब्ध गराएको बताए । जवदेखि हामीले अधिकारसँगसँगै कर्तव्य र जवाफदेहिताको वारेमा बुझ्ने मौकापाँयौ त्यसपछि हाम्रो विद्यालयलाई हेर्ने नजरीयामा नै फरक आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार ठाकुरले बताए । अहिले दुई सय ४८ विद्यार्थी रहेको विद्यालयले जनाएको छ । यस शैक्षिक सत्रमा १५ जना विद्यार्थी वोर्डिङ स्कूलबाट आएको छ । अघिल्लो शैक्षिकसत्रमा एक सय ९८ विद्यार्थीले नामाकरण गराएको थियो । त्यसमध्ये एक चौथाई विद्यार्थीमात्र नियमित आउने गरेको विद्यालयले जनाएको छ ।

निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्ने यादव

प्रकाशित समय 10:32 AM
राम नारायण पंडित, सिरहा, १३ पौष । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन विना निर्वाचनको नाममा ताण्डव गरे देश गृहयुद्धमा फस्न सक्ने चेतावनी दिएका छन् । सिरहाको गौरिपुर प्र.म. मा रहेको जनता माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला भवनको शिल्यानास गर्दै अध्यक्ष यादवले तिन दलका नेताहरुले विगतमा जस्तै मधेशी, जनजाती, मुस्लिम र थारु माथि नरसंहार गरिे संबिधान लादन जवरजस्तीे कुचेष्टा गरे संविधान रद्दीको टोकरीमा जाने दावी गरे । संशोधन बिना बर्तमान संविधान स्वीकार्य नरहेको भन्दै जारी गरिएको संविधानलाई सर्बस्वीकार्यता बनाउन संशोधन अनिवार्य रहेको यादबले स्पष्ट गरे । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले इमान्दारी पूर्वक प्रस्ताब गरिएको संशोधन प्रस्ताव टेवल गर्न नसकेको अध्यक्ष यादबले आरोप समेत लगाए । एमाले दक्षिणपन्थी प्रंवृति भएको पार्टी रहेको आरोप लगाँउदै यादबले फेरी पनि यस्तै प्रवृति दोहर्याए फेरी जनसंघर्षका कार्यहरु अगाडि बढाउने उने उदघोष गरे ।

मधेश प्यावसनले बुधवार भव्यताका साथ आफनो वार्षिकोत्सव मनाएयो फोटो फिचर

प्रकाशित समय 9:09 AM
फुलगेन मुखिया सिरहा पौष १३ । मधेश प्यावसनले बुधवार भव्यताका साथ आफनो वार्षिकोत्सव मनाएको छ। १३ गतेकै दिन तराई मधेशमा अधिकारका लागि आन्दोलन जारी रहेकै समय मधेश प्यावसनको स्थापना भएको एक वर्ष पुरा भएको अवसरमा वार्षिकोत्सव मनाईएको मधेश प्यावसनका सचिव सुजित कुमार मिश्राले जानकारी दिएका छन । जनकपुर उपमहानगरपालिका वडा नंं. १ स्थित शिवशारदा ई.बो.स्कुलमा वार्षिकोत्सव मनाईएको हो । मधेश प्यावसनका अध्यक्ष अमरेन्द्र कुमार झाको अध्यक्षता र जिल्ला शिक्षा कार्यालय धनुषाका उप—जिल्ला शिक्षा अधिकारी मिहीलाल यादवको प्रमुख आथित्यमा भएको कार्यक्रममा शैलेन्द्र मिश्रले स्वागत मनत्य राखेका थिए । कार्यक्रममा मधेश प्यावसनका महासचिव सुवोध मिश्र , महेन्द्र सिंह , ब्रज किशोर यादव , प्रभात कुमार मिश्र, रामप्रवेश राउत , नरेश यादव , प्रदिप कुमार यादव, सुमन झा सहितका व्यतिmहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वतmाहरु नीजि विद्यालय संगठनहरु एकजुट भएर जानुको विकल्प नरहेको बताएका छन । उनीहरुले मधेश व्यावसनले आफनो क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रमको उदघोषण मधेश प्यावसनका सचिव सुजित मिश्राले गरेका थिए ।

सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिद्धारा मोटरसाइकल र्याली

प्रकाशित समय 1:13 AM
राम नारायण पंडित, सिरहा, १३ पौष । सिरहामा भ्रष्टाचार विरुद्ध नयाँ शक्तिले मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । भारतसँग जोड्ने लहान–ठाढी सडक निर्माणमा भएको भ्रष्टाचार विरुद्ध नयाँ शक्ति पार्टी सिरहाले मंगलबार विशाल मोटरसाइकल र्याली प्रदर्शन गरेको हो । ठाढीबाट निस्केको मोटरसाइकल र्याली ठाढीको साथै भगवानपुर, लहान लगायतका स्थानहरुमा कोणसभा गरिएको थियो । उक्त क्रममा सडक निर्माणमा भएको भ्रष्टाचारको छानविन गर्न नयाँ शक्ति पार्टीका सचिवालय सदस्य रामरिझन यादबले सम्बन्धित निकायसँग माग गरे । यादबले कर्मचारीको मिलोमतोमा ठेक्केदारले कागजमै काम सकाएर निकासा लिएको खुलासा गरे । सडक निर्माणमा भ्रष्टाचार गर्ने इन्जिनियर र ठेक्केदारलाई खबरदारी सहित मोटरसाइकल र्याली प्रदर्शन गरिएको उनले बताए । लहान–ठाढी सडक निर्माणमा भएको भ्रष्टाचारको छानविन गरी अविलम्ब सडक निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्नुको साथै सिरहाका अन्य सरकारी कार्यालयमा भइरहेको भ्रष्टाचार रोक्न नयाँ शक्तिले खबरदारी गर्ने उनले उदघोष गरे ।