कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

प्रकाशित समय 12:42 AM
सुनसरी,साउन २९। कोशी व्यारेजमा पानीको वहाब आज साँझ दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिनुभयो । दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ ।
पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उहाँले जानकारी दिनुभयो । यसैगरी, सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् । उक्त गाउँका १० हजारभन्दा बढी बासिन्दा बाढीमा फसेको र उनीहरुलाई नेपाली सेनाको टोली परिचालन गरी उद्धार गर्ने प्रयास गरिए पनि वर्षा भइरहेकाले सकिएको छैन । यसैगरी, धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन । यस्तै, धरान–१३, निसाने खोला नजिक धरान–धनकुटा सडकखण्डमा पहिरो जाँदा धरान–धनकुटा यातायात अवरुद्ध भएको छ । इटहरीको बुढीखोलामा आएको बाढीका कारण डुबानमा परेका करिब एक हजार बासिन्दालाई स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरमा आपतकालीन उद्धार गरी त्यहाँ खाने र बस्ने व्यवस्था मिलाइएको छ । अहिले इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् । त्यस्तै, विराटनगर–धरान यातायात पनि पुरै बन्दछ ।
वाढीले जलमग्न सिरहा सयौं घर डुवानमा, विस्थापितलाई सुरक्षित स्थलतर्फ

वाढीले जलमग्न सिरहा सयौं घर डुवानमा, विस्थापितलाई सुरक्षित स्थलतर्फ

प्रकाशित समय 10:28 AM
साउन २९ गते । अविरल वर्षाले सिरहा डुवानमा परेको छ । सिरहाको बजार र ग्रामीण क्षेत्रका सयौं घर डुवानमा परेको हो। कमला, बलान, गागन, घुर्मी, बतहा, खुट्टि खोलाको वाढिले वस्तिहरु जोखिममा परेको छ । बलान नदिको बाढिले सखुवानन्कारकट्टिको ४५ घरपरिवार विस्थापित भएको छ । विस्थापित परिवारलाई स्थानीय विद्यालयमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले वताए ।
गागन नदिले आफ्नो वहाव बदलिदा औरही गाउँपालिकाको औरही, ईटाटार, कमलपुर लगायतका गाउँवस्ती डुवानमा परेको छ । गागनको वाढिले औरही गाउँलाई चारतिरैवाट पानीले घेरेको छ । औरहीमा ३ घरपरिवार विस्थापित भएको छ । यस्तै कमला नदिको वाढिले बेल्हा, सारस्वर, बसपिट्टा, मानपुर, रमौल, पटेर्वा, माडर, मल्हनिया गम्हरिया लगायत सिरहा नगरपालिका वडा नम्बर २, ७, ८ का वस्ती डुवानमा परेको प्रजिअ श्रेष्ठले बताए । जिल्ला सदरमुकाम सिरहाका अधिकांश सरकारी कार्यालयमा पानी २ फिटसम्म जमेको छ ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिकाको बजार क्षेत्र र राजमार्ग जलमग्न रहेको छ । राजमार्गमा ठाउँठाउँमा पानीले सडक भत्काएको छ । यो संगै कल्याणपुर जब्दी नगरपालिका ३ ईटारी प्रसाहीमा वाढिले घर डुवानमा परेर विस्थापित भएका ४५ घरपरिवारलाई सुरक्षित तरिकाले स्थानीय विद्यालयमा राखिएको प्रजिअ श्रेष्ठले बताए । वाढिको पानीले ग्रामीण सडक, हुलाकी सडक, सिरहा-कल्याणपुर-मिर्चैया सडक, मल्हनिया-सिक्रोन सडक, बसपिट्टा-सिरहा सडक, पदमपुर-नरैहिया सडक, ठेगही-सिरहा सडक लगायत तीन दर्जन वढी ग्रामीण सडकहरु भत्किएको छ ।
विरामी र सुत्केरीलाई सकस
वाढीको पानीले गाउँगाउँका सडक भत्काएपछी विरामी र सुत्केरीलाई स्वास्थ केन्द्र पुग्न समस्या हुने भएको छ । बढीले सडक भत्किदा एम्बुलेन्स लगायतका सवारी साधन पुग्न नसक्ने अवस्था रहेको मानव अधिकारकर्मी राज कुमार राउतले बताए ।
सुरक्षा निकायद्वारा निरीक्षण
प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा स्थानिय विकास अधिकारी सुरेश राउत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका मेजर सहितको सुरक्षा निकाय वाढीले क्षति पुर्याएको ठाउँहरुको निरिक्षण गरेको छ । टोलिले राहत र उद्वारलाई तिव्रता दिन निरिक्षन गरेको टोलिमा सहभागी स्थानीय विकास अधिकारी सुरेश राउतले बताए ।
नगरपालिकाद्वारा च्यूराभूजा
कमला नदिको वाढीले डुवानमा परेका सिरहा नगरपालिका ६ बसपिट्टाका दलित वस्ती सहित ५ सय घरपरिवारलाई राहत वितरण गरिएको छ । सिरहा नगरपालिकाले च्यूरा, भूजा, दालमोट, चाउचाउ र मट्टीतेल वितरण गरेको कार्यकारी अधिकृत ईन्द्रदेव यादवले बताए । राहत माग गर्दै ती वडाका सयौं पीडितहरु नगरपालिका कार्यालय पुगेका थिए ।
थामिएन वर्षा
पाँच दिनदेखी लगातार भैरहेको वर्षा थामिसकेको छैन् । वर्षा जारी रहदा डुवानको जोखिम उच्च रहेको छ । आईतवार पनि वर्षा रोकिएन । वर्षा नरोकिदा विस्थापित हुनेको संख्या वढ्ने स्थानीय अगुवा शम्भू साहले बताए ।
विधुत छैन्
वर्षाले सडकसंगै विधुतको पोलहरु ढालिदिदा विधुत आपूर्ति ठ्प्प भएको छ । बिष्णुपुर स्वस्टेशनवाट विधुत आपूर्ति हुने सदरमुकाम सिरहा, माडर, भलुवाही, सारस्वर, बेल्हा, कल्याणपुर, बिष्णुपुर लगायतमा विधुत ठप्प छ । विधुत नहुदा झन जोखिम वढेको स्थानिय सोनु महराले बताए ।
मुसलधारे वर्षाका कारण लहानको माधोपुर अस्त व्यस्त @GROUND-ZERO REPORT

मुसलधारे वर्षाका कारण लहानको माधोपुर अस्त व्यस्त @GROUND-ZERO REPORT

प्रकाशित समय 7:09 AM
ओम प्रकाश यादव साउन २८ । लहान नगर पालिका २१ मा पर्ने माधोपुर टोलमा मुसलधारे परेको पानिले जनजिबन अस्त व्यस्त भएको छ | वर्षाका पानी घरघरमा पस्न थालेपछि फुसको घर भत्किन थालेपछि  शनिवार विहानैदेखि भगाभाग सुरु भएको छ । विगत ४ दिन देखि  परिरहेकोअविरल वार्षको कारण माधोपुर टोलमा पानीको चाप वढन गई फुसको घर वनाएको एक जना दलितको घर भात्किसकेको छ |शनिवारदेखि नै परेको पानिले गाउ नै अस्त व्यस्त बनेको छ |
त्यस्तै माधोपुर नजिकै रहेको हाइस्कुल भित्र पनी वर्षाको पानिले ताण्डव मचएको छ स्कुलको वरिपरी पूरे जलमग्न भएको दृश्य |
त्यस्तै लहान नगर पालिका लहान १ स्थित मिलन चोकतिर पानी दलित वस्तीको घरघरमा पसिसकेपछि भागाभाग भईरहेको वेला विहान ९ वजेतिर एकासी पश्चिमतिर पहिले नै नहरको वाँध भत्कििएपछि वल्ल पूर्वतिरको वस्तीमा राहत महसुस गरिएको शिक्षक राम वालक यादवले भन्दै नहरमा पानीको चाप अझै वढदै जाने क्रममा रहेकोले नहरको दक्षिणतिरको जाने आउने सडक नै पूर्णरुपमा बन्द रहेको अवस्था छ । यत्रो विपत्ति आईपुग्दा पनि लहान नगरपालिकाले कुनै चासो नलिनुको साथै राजनीतिक दलहरुले समेत कुनै चासो नलिएकोमा दलित समूदायको कुनै घरमा चुल्हो वलेको छैन भन्ने आफनो समान सुरक्षित गर्न नजिकको वस्तीहरुमा ओसार्न थालेको  छ । 
त्यस्तै वर्षका कारण सिरहाका दर्जनबढी गाउँ डुवानमा परेका छन् । डिमा खोलाको पानी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका– ६ गौताडीका दर्जनबढी घरहरु डुवानमा परेका हुन् । लगातारको वर्षाका कारण बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका–४ मा रहेका घरमा पसेको छ ।वर्षा नरोकिएका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । वर्षाले सिरहा जिल्लाका मिर्चैया, गोलबजार, लहान, पर्सा पोखरभिण्डा, सुखिपुरका घर डुवानमा परेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ । कमला नदीले कटान सुरु गरेकाले बाँध बनाउने काम भैरहेको छ ।

सिरहाको लहान नगरपालिकाका मुसहर बस्ती डुवानमा

प्रकाशित समय 7:00 AM
सिरहा । सिरहाको लहान नगरपालिका एकस्थित मुसहर बस्ती डुवानमा परेको छ । नहरको बाँधमा घर बनाएर बसेका सुकुम्बासी मुसहर बस्तीमा बाढी पसेको हो । बाँधमा रहेका दर्जनौं घर डुबानमा परेर भत्केका छन् भने मुसहर बस्ती भएर नहरको पानी बगिरहेको छ ।
उनीहरुको घरमा भएका धान, चालम, गहुँ र अन्य समानहरु समेत पानीमा डुबेको छ । कतिपयको घरभित्र रहेका समानहरु समेत पानीले बगाएको स्थानीयले बताएका छन् ।
घर भत्किएपछि मुसहर समुदायको बिचल्ली भएको छ । घरमा पानी पसेपछि खाना समेत पकाउने अवस्था छैन् । बस्तीमा बाढी पसेपनि राहत र उद्दारको काम भने नभएको स्थानीयले गुनासो गरेका छन् । Source:http://avenues.tv
विरामीले नपाएपछि औषधी कहाँ जान्छ ? ,लहान अस्पतालमा विरामीलाई सास्ती

विरामीले नपाएपछि औषधी कहाँ जान्छ ? ,लहान अस्पतालमा विरामीलाई सास्ती

प्रकाशित समय 4:24 AM

दिनेश्वर गुप्ता लहान १५ साउन । भगवान भरोसे चल्दै आएको राउ स्मारक अस्पतालमा सरकारले पठाएको औषधी वितरण नगरी विरामीहरुलाई थप पीडा दिने गरेको खुलासा भएको छ । उपचारको लागि पुगेका अधिकांश विरामीलाई लहान अस्पतालका स्वस्थ्यकर्मीहरुले बाहिर पसलबाट औषधी खरिद गर्न लगाउंछन् । जहां सरकारले निःशुल्क उपलब्ध गराउने भनेका ७० वटा अत्यावश्यक औषधी दे

शैभरका २५ बेडसम्मको क्षमता भएका सम्पूर्ण सरकारी अस्पतालवाट लिन सकिन्छ । त्यसैगरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रवाट ५८ प्रकारका र स्वास्थ्य चैकीबाट ३५ प्रकारका औषधी निःशुल्क लिन सकिन्छ । सरकारी अस्पतालबाट पाइने निःशुल्क औषधी १. लिग्नोकेन २. पेरासिटामोल ३. एस्पिरिन ४. एबियुपोफिन ५. डिक्लोफिन्याक ६. इन्डोम्याथेसिन ७. क्लोरोफेनीरेमाइन ८. फेनिरिमाइन ९. सेटिरिजाइन १०. मेटा«निडिजोल ११. टेनिडिजोल १२. एमोक्सिसाइलन १३. जेन्टमिजन १४. सिप्रोफ्लाक्सीन १५.क्लोरमफेनिकोल १६. सेफ्ट्रिसवान १७. सेल्फेमेथोक्सजोल १८. एक्सीसाइक्लाइन १९. एजिथ्रोमाइजिन २०. क्लोक्सासिलिन २१.नियोमिसिन २२. फुलकोनाजोल २३. एसिक्लोविर २४. फेरोस सल्फेट २५. फोलिक एसिड २६. भिटामीन बि कम्प्लेक्स २७. कम्पाउन्ड सोलुसन अफ सोडियम लेक्टेट २८. ओडियम क्लोराइड २९. डक्स्टोस सोलुसन ३०. हाइड्रोकोलोथियाजाइड ३१. एटिनोलोल ३२. अल्वीनपेजोली ३३. क्यालमाइन लोसन ३४. पोभिडोन लोडिन ३५. गामा बेन्जिन हेक्साक्लोराइड ३६. अल्मोनियमंहाइड्रोअक्साइडंम्यागाा हाइड्रोअक्साइड ३७. रेनिटिडिन ३८. एट्रोपाइन ३९. हियोसिन बटेलबोरेमाइट ४०. रिहाइड्रेसन ४१. क्लोभ ओइल ४२. मेटोक्लोरप्रोयामाइट ४३. प्रोमेथोजिन हाइड्रोक्लोराइड ४४. चारकोल इक्टिभेटेड ४५.वेन्जोइक एसिड ४६. फ्रोसेमाइड ४७. एम्लोडिपिन ४८. डेक्सामेथोसेन ४९. एल्बुटामोल ५०. एमिनोफिलिन ५१. प्रिडनीसोलोन ५२.प्रालीडोक्सीन सोडियाम ५३.फिनोबारबिटोन ५४.अल्पाजोलम ५५. कोल्प्रोम्याजि ५६.एमिट्रिपिलाइन ५७. हाइड्रोकोर्टिसोन ५८.मेटर्फो्मिन ५९. एड्रिनलाइन ६०. डिगाग्सिन ६१. सिल्भर सल्फाइजिन ६२. क्लरटिमिजोल ६३. डाइजेपाम ६४. सेन्सिन भाइलेट ६५. एल्लोपुरीनोल ६६. टेट्रासाइक्लाइन ६७.कार्वमेजेपाइन ६८.एसिटिजोलमाइड ६९.अक्सीमेटाजोलाइन ७०.लेभोथेरेक्सीनराजपा लगायतको औषधी निःशुल्क उपलब्ध गराउंनुपर्ने प्रावधान रहेको छ । तर, विरामीहरु यि औषधी पाइदैन् अनि औषधी कहां जान्छ ? स्रोतका अनुसार औषधी अस्पतालका इन्चार्ज र स्टोर तथा लेखापालको मिलोमतोमा बाहिर विक्री हुने गरेको दावी गरेको छ । राष्ट्रिय जनता पार्टीका युवा नेता गोपाल गुप्ता फेसबुकमा लेख्छन् — सम्बन्धित मन्त्रालयले पनि बेवास्ता गर्ने गरेको र यहांका इचार्जले औषधि बेचेर पैसा कमाउने नियत बोकेर हिड्ने गरेको छ । यदि मन्त्री सक्षम छ भने गरिब बिरामीको लागि आएको औषधी बेच्नेहरुलाई यथाशिघ्र कारबाही गर्नुपर्छ । उपचारमा आएकी मोतीपुर मलहनकी मानकीदेवी सदाय भन्छीन् —मेरी बुहारीकी डिलेभरी भएको छ, तर एउटा औषधी पाइन् । सबै औषधी बाहिरबाट खरिद गरेर ल्याउंन यहांका इन्चार्ज शुशिल कुशवाहाले भने । अस्पतालले दिनुपर्ने औषधी नदिइकन बाहिरबाट खरिद गरेर ल्याउंनु पर्ने त्यस अस्पतालको नियती नै भएको छ । लहान १ निवासी मनोज यादवले भने मेरो परिवारका ८ जनालाई पखाला लागेर उपचार गराउंन अस्पताल आएको छु । तर, एउटा पनि औषधी अस्पतालले दिएन । अस्पतालले झुण्डियाएको बोर्डमा ७० प्रकारको औषधी अस्पतालले निःशुल्क उपलब्ध गराउंने लेखिएको छ । तर, एउटा पनि औषधी पाएको छैन । अर्का सपना चौधरी भन्छन्— अस्पतालभित्र रहेको ल्याबका ईन्जार्च दिशापिसाब, ब्लड जाँच गर्नको लागि आफ्नो निजि क्लिनिकको ठेगाना दिएर मोटो रकम असुली गरिरहेको छ 
अस्पताल ईन्चार्ज सुनिल कुशवाहाले पनि आफ्नो श्रेया पोली क्लिनिक खोलेका छन् । यसरी विरामीको हालत देखेर राजपा कार्यकर्ताहरुले साउन १२ गते अस्पताल प्रशासनको विरोध गरेको छ । तर, अस्पताल बाहिर रहेका इन्चार्ज शुशिल कुशवाहाले फोन उठाउंन मानेन र अस्पतालमा समेत आईपुगेन । यस बारे अस्पताल समितिका अध्यक्ष फुलेश्वर महतोलाई सम्पर्क गर्न खोज्दा उनको ९८४२८२७६२६ नम्बरको मोबाईल स्वीच अफ रहेको छ ।

पशु कार्यालय सिरहामा अनियमिताको गन्ध

प्रकाशित समय 2:06 AM
दिनेश्वर गुप्ता लहान, ११ साउन । पशु सेवा कार्यालय सिरहामा अनियमिता बढेपछि स्थानीयहरु आक्रोशित भएका छन् । आक्रोशित एक समूहले अस्ति पशु सेवा कार्यालयका सहायक प्रमुख रामप्रकाश यादवमाथी हातपातको प्रयास गरेको छ । पशु सेवा कार्यालय सिरहाको लागि बार्षिक बजेटबारे सोधखोज गर्न गएका रामप्रसाद यादवसहितको एक समूहले सहायक प्रमुख रामप्रसादसंग विवाद हुंदा हातपात भएको जानकारीमा आएको छ । सिरहा पशु पालन व्यावसायी संघका अध्यक्ष राजाराम यादवका अनुसार गोठ सुधार कार्यक्रमको विषयमा विवाद हुंदा पशु कार्यालयका रामप्रकाश माथी हातपातको प्रयास भएको दावी गरेका छन् । उनले भने २ लाखको उक्त कार्यक्रम अन्र्तगत अरुलाई ५० हजारको लेनदेन गर्न खोज्दा यिनीहरुबीच विवाद भएको थियो । यसवारे पशु सेवा कार्यालयको फोन नम्बर ०३३—५२००५८ र कार्यालय प्रमुख डा.काशिनाथ यादवका नम्बर ९८५२८३४४११ मा पटक पटक सम्पर्क गर्दा फोन उठाउंन चाहेन । स्रोतका अनुसार यस बर्ष ४ करोडको कार्यक्रम रहेको अनुमान गरिएको छ । तर, २ करोड पनि खर्च नभएको दावी गरिएको छ । खर्च गरिएको रकममा नक्कली विल भर्पाई बनाएको र कति कार्यक्रम नगरीकन नै विल भर्पाईको तयारी गरिएका संघका अध्यक्ष यादवले दावी गरेका छन् । आएको बजेटले जिल्लामा असारे विकास भएको छ । जिल्ला पशु सेवा कार्यालयले गाई गोरु, भैंसी रागो ,बाख्रा ,बंगुर, संगुर ,कुखुरा ,दुध ,मासु उत्पादन, घांस, परम्परागत पशुपंक्षी पालनलाई निरुत्साहित गरि ब्यबसायिक पालनले तिब्रता उत्पादनको बार्षिक बजेट आउंने गरेको छ । स्मरण होस् हिउदे घाँस जौ तथा वर्षिम घाँसको बिउ वितरणमा अनियमितता भएको भन्दै यहाँका कृषकहरुले जिल्ला पशु सेवा कार्यालय सिरहामा केही महिना पहिले तालाबन्दी गरेका थिए । कार्यालयको आ.व. २०७३ र ०७४ को स्वीकृत कार्यक्रम तथा केन्द्रिय कार्यालयबाट प्राप्त प्रथम चौमासिकको अवधिमा वितरण गरेको हिउदे घाँस जौ तथा वर्षिम घाँसको बीउ वितरणमा अनियमितता गरेकोले किसानहरु बाध्य भएर तालाबन्दी गरेको थियो ।
मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा

मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा

प्रकाशित समय 8:59 AM
राम नारायण पण्डित सिरहा, ०८ श्रावण । गोप्य रुपमा ठेक्का लगाएको भन्दै मिर्चैया उद्योग बाणिज्य संघ लगायत स्थानियहरुले बिरोध गरेपछि मिर्चैया गुदरी बजारको ठेक्का अन्यौलमा परेको छ । बिना कुनै सार्बजनिक सुचना जारी गरि ठेक्का लगाईएकोले ठेक्का रद्ध गर्न माँग गर्दै मिर्चैया उद्योग बाणिज्य संघ र स्थानियहरुले नगरपालिकामा तालाबन्दी गर्न तयारी गरेपछि नगरपालिकाले चासो देखाएको छ । मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्की काम बिशेषले जिल्ला बाहिर रहेकाले आज नगरपालिकाका लेखापाल देबेन्द्र प्रसाद यादब, उद्योग बाणिज्य संघ रामनगर मिर्चैयाका अध्यक्ष हरीशंकर साह र  रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साह लागयत स्थानियहरुको उपस्थितमा बसेको बैठकले १५ गते ठेक्का सम्बन्धि छलफल गरिने निर्णय गरिएको छ । बैठकले १५ गतेसम्म बजारको बटि (शुल्क) असली गर्न समेत रोक लगाएको छ । मिर्चैया नगरपालिकाले सार्बजनिक सुचना जारी नगरी गोप्य रुपमा मिर्चैया ५ मा रहेको गुदरी बजारको ठेक्का लगाएपछि स्थानियहरुले ठेक्का रद्ध गरी पुनः ठेक्का आहबान गर्न माँग गर्दै नगरपालिकामा निबेदन दिएको छ भने उद्योग बाणिज्य संघ मिर्चैयाले पनि बिज्ञपती जारी गर्दै ठेक्का रद्ध गर्न माँग गरेको छ । 

मिर्चैयामा ३२ जनाले गरे रक्तदान

प्रकाशित समय 8:26 AM
राम नारायण पंडित, सिरहा, ०६ श्रावण । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया नगरपालिकाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । सिरहाको मिर्चैया लगायत बिभिन्न स्थानहरुमा रगतको अभाबले रोगीहरुको जान गुमाउनु परिरहेको कुरालाई ध्यानमा राख्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साहले जानकारी दिए । रेडियो धड्कनबाट अहिले सम्म २ सय जना भन्दा बढी बिरामीहरुलाई रगतको आबश्यक्ता भएको बेला रगत उपलब्ध गरि दिनका लागी सिफारिस गरि पठाईएको निर्देशक साहले बताए । नेपाल रेडक्रस सोसाईटी सिरहा शाखामा रोगीहरुको लागी चाहिने रगतको अभाव भएकोले जिल्लामा सक्रिय रहेको बिभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयेजना गरिरहको नेपाल रेडक्रस सोसाइटी सिरहाले जनााएको छ । रक्तदान गर्नैहरुमा अंजय कुमार साह, राम नारायण पंडित, रंन्जय महरा, संगिता साह, जिबछ यादब, बिपिन कुमार साह, लालबाबु साह, राम भरोसी यादब, राजगिर यादब, अयोधी यादब, सुधिर साह, एकनाथ कोइराला, सोमन मंडल, सुरेश महतो, अभय कुमार साह, संजय कुमार यादब, सुजन राई, नेत्र बहादुर कार्की, राकेश साह, रमेश कुमार साह, बसन्त कुमार धमला, रामएकबाल मंडल, राजेश कुमार साह, दिनेश साह, प्रदिप कुमार साह, राजाराम साह, मनोज कुमार साह, सत्यनारायण साह, पिंटु कुमार साह, सुशिला देबि साह र मिथलेश साह रहेका छन् । रक्तदान कार्यक्रममा मिर्चैया रेडियो धड्कन मिर्चैयाका प्रबन्ध निर्देशक अंजय कुमार साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक यमनाथ अधिकारी, मिर्चैया नगरपालिकाका प्रतिनिधि, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रतिनिधि लगायत स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो । रेडियो धड्कनले रगत अभाबको मध्यनजर गर्दै समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

बिष्णुपुरामा करेण्ट लागेर एकको मृत्यु

बिष्णुपुरामा करेण्ट लागेर एकको मृत्यु

प्रकाशित समय 9:15 AM
आशिक साह,असार २१ गते।सप्तरीको बिष्णुपुरा गाउँपलिका ७ मा मंगलबार दिउँसो करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।मोटरबाट खेतमा पानी तान्ने क्रममा सोही ठाउँका ५० बर्षिय मोहमद मोहुला अन्सारीलाई अचानक करेण्ट लागेको थियो।
करेण्ट लागेर घाईते भएका अन्सारीलाई उपचारकालागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

अज्ञात व्यक्तिद्धारा मोटरसाइकलमा आगजनी

प्रकाशित समय 5:07 AM
राम नारायण पंडित, सिरहा, १६ असार । मिर्चैयामा गएराति (विहिवार) अज्ञात व्यक्तिले एउटा मोटरसाइकलमा आगजनी गरेको छ । मिर्चैया ५ थाना चौकमा छोटु पान पसल संचालन गर्दै आएका शिबनन्दन साहको स २ प ९५९९ नंम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ । राति पसल बन्द गरि पसलको छेउमा मोटरसाईकल राखिएको अबस्थामा अज्ञात व्यक्तिहरुले आगजनी गरेको पिडित साहले बताएको छ । आपसी रिसिबीको कारणले मोटरसाइकलमा आगजनी गरिएको हुन सक्ने पिडित साहको भनाई रहेको छ । यता, मोटरसाइकलमा आगजनी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिई अनुसान्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । अनुसन्धानमा असर पर्ने भन्दै पक्राउ परेकाहरुको नाम गोप्य राखिएको डिएसपी बज्राचार्यले जनाएको छ ।

सिरहामा ६ महिनामा १२ बलात्कार

प्रकाशित समय 7:05 AM
लहान । सिरहामा अपराधिक कृयाकलाप ह्वात्तै बढेपछि मानव अधिकारको अवस्था दयनीय बनेको एक अध्ययनले देखाएको छ । नेपाल मानवअधिकार बर्ष पुस्तकका लागि इन्सेकले गरेको अध्ययन अनुसार सिरहामा सन् २०१७ जनवरीदेखि जुनसम्म कुल ५४ वटा मानवअधिकार हन्नका घटना घटेको हो । 
इन्सेक सिरहाद्धारा सोमबार आयोजित समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार ६ महिनामै एक महिलासहित ३ को हत्या, ६ बालिका बलात्कार, ३ बालिकामाथि बलात्कारको प्रयास, १ महिला बलात्कार, २ महिलामाथि बलात्कारको प्रयास भएको छ ।
साथै २५ वटा घरेलु हिंसाका घटना र १ महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरिएको प्रतिवेदनमा उल्लेख छ ।
जुन महिनामा मात्रै ५ बालिका बलात्कृत भएको छ भने एक महिला र दुई बालक गरी ३ को हत्या भएको इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले जानकारी दिए ।
उनले सार्वजनिक गरिएको प्रतिवेदनमाथि कार्यक्रममा उपस्थित सञ्चारकर्मी र मानवअधिकारर्मीहरुसँग सल्लाह सुझाव मागेका थिए । 
गोलबजार नपामा भएको एक महिलाको हत्या, नरहामा बोक्सी आरोपमा महिलालाई लगाएको नाकाबन्दी र लहानमै किराना पसल गरेकी एक महिलामाथि बोक्सीको आरोपमा भएको कुटपिट घटना प्रतिवेदनमा समावेश गर्न सल्लाह दिएका थिए ।
यस्तै नेपाल पत्रकार महासंघ शाखा सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताले लहानकी एक महिना लामो समयदेखि बेपत्ता रहेको घटनाबारे सम्बन्धित निकाय मौन रहेको गुनासो गरे । उनले भने– बेपत्ता महिलाको हत्या भयो भने प्रहरीले भन्नुुपर्यो होइन् भने जिवित खोजेर दिनुपर्छ ।’ बेपत्ता महिलाबारे मानवअधिकारर्मीहरु समेत चासो नदेखाउँदा दुःख लागेको उनले थपे । 
प्रतिवदेनमा आत्महत्या बढेको उल्लेख भएपनि कति व्यक्ति कुन महिनामा आत्महत्या गरेको उल्लेख छैन् ।
प्रतिवेदनमा उल्लेख छ– सन् २०१७ मा सिरहामा आत्महत्याका घटनाको स्थिति अझ भयावह छ । वैदेशिक रोजगारी, पारिवारिक तथा सामाजिक बेमेल, मानसिक तनावपछि आत्महत्याको अवस्थाले सिरहामा जरा गाडेको पाइएको छ ।
अधिकारर्मी सुनिल साह भन्छन्– आत्म हत्या भनेको आधा हत्या हो । कुनै न कुनै कारण कोही मानिस आत्महत्या गर्न विवस हुन्छन् । धेरै घटनामा आत्महत्या गर्न बाध्य पारिएको पनि हुन्छ । 
त्यसैले आत्महत्या पछाडीको कारण खोल्न जरुरी छ । आत्महत्यालाई हत्या सम्झेर अनुसन्धान गर्न प्रहरीलाई मेरो आग्रह छ भने मानवअधिकार वर्ष पुस्तकमा पनि घटना समावेश गर्न मेरो सुझाव छ ।

कथित बोक्सीको आरोपमा मरनासन कुटपिट, दोषीलाई प्रहरीको संरक्षण

प्रकाशित समय 4:46 AM
लहान, १० असार । सप्तरीको सुरुंगा नगरपालिका ३ लक्ष्मीपुर बस्ने विनादेवी यादवलाई शुक्रवार उनको छिमेकीहरुले कथित बोक्सीको आरोपमा मरनासन कुटपिट गरी घाईते बनाएको छ । स्थानीय फौदी यादवका बुहारीलाई भूत लगाइदिएको भन्दै स्थानीय सत्यनारायण यादव, तेजनारायण यादव, रानीवत्ती यादव, ललिता यादव, गेना यादव, ककुलती यादव, जिवछी यादवलगायत दर्जनौको एक समूहले विनादेवीलाई मरनासन कुटपिट गरेको हो । स्थानीय कप्लेश्वर धामीले झाक्री बसेको बेला छिमेकीको कर्तुत रहेको भनेपछि फौदी यादवलगायतका घरपरिवारले विनादेवीलाई दूई दिनदेखि गालीगलौज गर्दै आएको थियो । दूई दिनदेखि चल्दै आएको गालीगलौजपछि शुक्रवार विवादकै क्रममा फौदी यादवपक्षले विनादेवीको घरमै पुगेर मरनासन कुटपिट गरेको पीडितका पति मोतीलाल यादवले बताए । विभिन्न किसिमको वात लगाएपछि फौदी यादवलगायतका समूहले विना यादवलाई कथित बोक्सी भनेर मरनासन कुटपिट गर्दा प्रतिकारमा केही व्यक्तिमाथी समान्य चोट लागेको छ । कुटपिटमा संलग्न लक्ष्मीपुर चौकीले दुई जनालाई नियन्त्रणमा लिएपनि राजनीतिक दवावको कारण केही छिनमा रिहा गरिएकोे छ । प्रहरीले यसरी अपराधीलाई संरक्षण गर्दै गरियो भने न्याय पाउंन कहां जानु पर्ला पीडितका देवर धनिकलाल यादवले बताए । पीडित विना यादवलाई उपचारको लागि लहानको एक अस्पतालमा भर्ना गरिएको छ भने उनको टाउंकोमा ९ वटा टांका लागेको छ । हात र छातीमा समेत चोट लागेको छ । यता, पक्राउ गरेका अपराधीवारे लक्ष्मीपुर प्रहरी चौकीको मोबाईल नम्बर ९८५२८९०५०७ मा सम्पर्क गर्दा उनले आफ्नो नाम बताउंन मानेन उनले भने माथीको दवावमा रिहा गरिएको छ । उजुरी हालेपछि भोली फेरी ती अपराधीहरुलाई नियन्त्रण लिने बताए । लक्ष्मीपुर प्रहरीले थपे मेरो बारे नछाप्नु, भिरिया प्रहरीको मोबाईल नम्बर ९८५२८९०५१७ मा सम्पर्क गरेर केही गर्नु होला । नभए कडरबोना प्रहरी र जिल्ला प्रहरीलाई भन्नु होला उनले बताए ।
विद्युत चोरीको आरोपमा सिरहा वितरण केन्द्र द्वारा ७ पक्राउ

विद्युत चोरीको आरोपमा सिरहा वितरण केन्द्र द्वारा ७ पक्राउ

प्रकाशित समय 2:34 AM
शुभ नारायण कामती - 
सिरहा, २९ वैशाख । नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रले विद्युत चुहाबट नियन्त्रण अभियान अन्तर्गत आज (शुक्रबार) ७ जनालाई पक्राउ गरेको छ । विद्युत चुहाबट नियन्त्रण अभियानमा प्राधिकरणका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले सिरहा नगरपालिका वडा नम्बर ९ ठेंगहीबाट गणेश यादव, जुगती यादव, बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुरबाट कुमर पासवान, गुबदा पासवान र अर्नमा गाउँपालिका वडा नम्बर ३ अर्नमाबाट बिरेन्द्र ठाकुर, पवन पासवान र रंजित कुमार मुखिया लगायत ७ जनालाई पक्राउ गरिएको सिरहा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले बताएका छन् । प्रमुख यादवका अनुसार टोलिले शुक्रबार पोलबाट हुकिङ्ग गरेर चलाइरहेको टिभी २ थान, मोटर २ थान, पंखा २ थान बरामद गरेकोे बताएका छन् ।

४२ प्रतिशतसम्म मत खस्यो, उत्साहजनक रुपमा मतदान भइरहेको छः निर्वाचन आयोग

प्रकाशित समय 1:04 AM
१ बैशाख, काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३४ जिल्लामा उत्साहजनकरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
२८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिलेसम्म ४२ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी मनाङमा ४२ प्रतिशत मतदान भएको छ । कास्की र बाग्लुङमा ३५ प्रतिशत तथा स्याङ्जा र मुगुान ३० प्रतिशत मतदान भएको छ ।
रुकुममा २५ प्रतिशत मतदान भएको छ । अन्य जिल्लमा सरदर २५ प्रतिशत मतदान भएको छ । Source:onlinekhabar

सगरमाथा अञ्चल यातायात कार्यालयमा अज्ञात समूहद्धारा शक्तिशाली कुकर बम विष्फोट

प्रकाशित समय 10:02 AM
सिरहा २८ बैशाख ।  सिरहाको लहानमा रहेको सगरमाथा अञ्चल यातायात कार्यालयमा अज्ञात समूहद्धारा शक्तिशाली कुकर बम विष्फोट गराएका छन्। अज्ञात समूहले कार्याल
यको सौचालयमा राखेको शक्तिशाली कुकर बम विष्फोट भएको छ ।
 बम विष्फोटले कार्यालय भवन भित्र रहेका विभिन्न फाटका वालमा चिरा पर्नुका साथै झ्यालका शिशाहरु फुटेको छ । बम कार्यलयको सार्वजानिक शोचालायमा रखिएको थियो। शोचालय यातायात कार्यलयको पहिलो तल्लामा रहेकोले ठुल्लो आवाजमा विष्फोट भएको थियो।
यातायात कार्यलयका प्रमुख ओमकार प्रशादका अनुसार बम विष्फोट विहिबार करीव  १२ बजेको समयमा भएको हो।
सबै कर्मचारीहरु आ आफ्नो काममा व्यस्थ थियो एकासी ठुल्लो आवाज आयो सबै त्रसित भएर आफ्नो ज्यान जोगाउन कोहि कतै त् कोहि कतै भागे , हामीले आफ्नो काम गरिरहदा पनि यस्तो घटनाहुनु हामीलाई त्रसित बनाएको बताउदै ,कहिँ कतै बाट कुनै किसिमको धम्कि समेत न आएकोले कस्ले र किन बम विष्फोट गराएको केहि भन्न नसकिने बताउनु भयो । 
 के कस्ता क्षति भएको अहिले केहि भन्न न सकिने बताउनु भयो। 

बम विष्फोटका कारण कार्यलयको सम्पूर्ण कामकाज ठप्प भएको छ। विष्फोटका कारण त्यहाका कर्मचारीहरु संगै आसपासका स्थानीयवासीहरु समेत त्रसित भएका छन्। यसै बीच ईलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डे समेतको टोलि पुगी घटनाको अनुसन्धान गरिरहेको छ।

बम विष्फोट कस्ले र किन गराएको हो भनि यो समाचार तयार पर्दा सम्म कसैले जिम्मेवारी लिएको छैन । विष्फोटका कारण कार्यलय प्रमुखलाई हातमा शिशाले सामान्य चोट लागेको छ ।source: सरगम खबर

राजाप नेपालको केन्द्रीय समितिको एकता बैठकले गर्यो यस्तो निर्णयहरु

प्रकाशित समय 4:00 AM

लहानमा खुल्यो सुबिधाउक्त होटेल दरबार

प्रकाशित समय 3:33 AM

फिरोज शेख लहान २०७४ बैशाख १९ -
सिरहाको लहानमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको  होटल दरवार सोमवार देखि सञ्चालनमा आएको छ । लोकसेवा आयोगका पूर्व सदस्य डा. कृष्ण यादवले रिबन काटेर एक कार्यक्रमका बीच होटलको उद्घाटन गर्नु भएको छ। विरेन्द्र प्रसाद साह र राकेश गुप्ता रोशनको लगानीमा सञ्चालन भएको होटल दरवारमा सुविधा सम्पन्न १ सय ५० जनाको क्षमता भएको फुल एसी भएको रेष्टुरेन्ट , फुल एसी भएको स्वीट रुमहरु ,अन्तराष्ट्रिय स्तरको  स्वीमिंग पुल, इलेक्ट्रिक फिटनेश क्लव, स्वास्थ्यका लागि उपयोगी स्टीम बाथ , विवाह , वर्तबन्ध , सेमिनार , पाटीका लागि ५०० सय जनाको क्षमता भएको फराकिलो पाटी प्यालेस , इन्डोर पार्किंग , नेपाली , इन्डियन , चाइनिज , थाई , अरविक , कन्टिनेन्टल, तन्दुरका विभिन्न परिकारहरु , वाईफाईजोन संगै होम डिलेभरि समेतको व्यवस्था रहेको संचालक होटल संचालक विरेन्द्र प्रसाद साह र राकेश गुप्ता रोशनले जानकारी दिएका छन्। लहानको शहिद चौक देखि १ किलो मिटर पश्चिम पूर्वपश्चिम राजमार्गको उत्तर छेउमा अवस्थित समनिय वातावरण , पारिवारिक माहोल , सुन्दर , शान्त र आकर्षक डिजाइन भएको होटल दरवार साढे आठ कठाको क्षेत्रफलमा निर्माण गरिएको छ। उद्घाटन समारोहमा करिब ५ हजार भन्दा बढी व्यक्तिहरुले होटलको अवलोकन गर्दै प्रशंसा गरेका छन्।

भतिजको हत्या आरोपमा काका पक्राउ

प्रकाशित समय 5:44 AM
राम नारायण पंडित, सिरहा, १६ बैशाख । मिर्चैया प्रहरीले आफ्नै भतिजको हत्याको गरेको आरोपमा काकालाई पक्राउ गरेको छ । सिरहाको नरहा ३ खोरिया बस्ने भरोसी यादवको दुई वर्षिय छोरा रमन यादबलाई हत्या गरेको आरोपमा भरोसीका सहोदर भाई २८ बर्षीय सुरेश यादबलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (र्डिसपी) गजुसिद्धि बज्राचार्यले बताए । बुधबार साँझदेखि घरबाटै बेपत्ता भएका बालकको अपहरण भएको आशंका गरेपनि हत्या गरि खाल्डो खनि गाडिएको अबस्थामा शुक्रबार साँझ बालकको शब फेला परेको प्रहरीले जनाएको छ । आफ्नै घर नजिक रहेको भाण्टाबारीमा घाटीरेटी हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा बालकको शब फेला परेको (डिएसपी) बज्राचार्यले बताए । प्रहरी र घर परिवार सम्भावित विभिन्न ठाउँहरुमा खोजतलास गरेपनि बच्चा भेटिएको थिएन । तर शुक्रबार साँझ कुकुरले माटो खनेपछि गाउँमा दुर्गन्ध फैलिएपछि खोजतलाश गर्न लाग्दा बच्चा मृत अबस्थामा भेटिएको थियो । पक्राउ परेका सुरेशले आफुले भतिज रमनको हत्या गरेको स्विकार गरेको प्रहरीको भनाई रहेको छ । सुरेशको मानसिक संतुलन केहि अस्वस्थ्य रहेको समेत प्रहरीले बताए । पक्राउ परेका सुरेश उपर कर्तव्य अन्तर्गत मुद्धा चलाउने तयारी भईरहेको मिर्चैयाका (डिएसपी) बज्राचार्यले बताए । बालक हराएकै वेलादेखि अचेत अवस्थामा रहेका बालकका आमा २८ वर्षिय निराकुमारी यादव अहिलेसम्म वेहोस अवस्थामा नै रहेको छ । बालक हत्या गरिएको अवस्थामा फेला परेपछि पुरै गाउँ शोकमग्न भएको छ ।

अपहरण भएका भनिएका बालक मृत अबस्थामा भेटियो

प्रकाशित समय 12:57 AM
राम नारायण पंडित, सिरहा, १६ बैशाख । सिरहाको खोरीयाबाट अपहरण भएका भनिएका बालक मृत अबस्थामा फेला परेको छ । नरहा ३ खोरियाका भरोसी यादवको दुई वर्षिय छोरा रमन यादबको शब हत्या गरी गाडिएको अबस्थामा फेला परेको हो । बुधबार साँझदेखि घरबाटै बेपत्ता भएका बालकको अपहरण भएको आशंका गरेपनि शुक्रबार साँझ हत्या गरि खाल्डो खनि गाडिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आफ्नै घर नजिक रहेको भाण्टाबारीमा घाटीरेटी हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा बालकको शब फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । प्रहरी र घर परिवार सम्भावित विभिन्न ठाउँहरुमा खोजतलास गरेपनि बच्चा भेटिएको थिएन । तर शुक्रबार साँझमा कुकुरले माटो खनेपछि गाउँमा दुर्गन्ध फैलिएपछि खोजतलाश गर्न लाग्दा बच्चा मृत अबस्थामा भेटिएको प्रहरीले जनाए । घटनास्थल पुगेर बच्चाको शव निकाल्दा घाटी रेटि हत्या गरेको देखिएकोले हराएकै दिन हत्या गरेको हुन सक्ने प्रहरीको भनाई रहेको छ । वच्चाको शव पोर्टमार्टमको लागि सिरहा जिल्ला अस्पताल पठाइएको जनाएको छ ।
यता, प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धनमा असर पर्ने भन्दै नियन्त्रणमा लिएकाहरुको नाम खुलाउन प्रहरीले चाहेनन् । बालक हराएकै वेलादेखि अचेत अवस्थामा रहेका बालकका आमा २८ वर्षिय निराकुमारी यादव अहिलेसम्म वेहोस अवस्थामा नै रहेको छ । बालक हत्या गरिएको अवस्थामा फेला परेपछि पुरै गाउँ शोकमग्न भएको छ ।

सिरहाको लहानमा निलगाई आतंक

प्रकाशित समय 1:23 AM
बैशाख १४ । लहान क्षेत्रमा निलगाईको ‘आतंक’ बढेपछि स्थानीय किसान चिन्तमा छन् । नजिकैको नौडेगा सामुदायिक बन क्षेत्रमा बासस्थान बनाएको निलगाईले बाली सखाप पार्न थालेपछि उनीहरु खेती गर्न नै निरुत्साहित भएका हुन् । स्थानीयले हैरानी ब्यहोरेपनि संरक्षित जनावरको व्यवस्थापनमा सरकारी निकायले पर्याप्त ध्यान भने दिएको छैन । निलगाईको ‘आतंक’पछि बढेपछि लहान नगरपालिका–१७ छरापट्टी गाउँका किसान खेती गर्न नै निरुत्साहित भएका छन् । नजिकैको नौडेगा सामुदायिक वनमा बासस्थान बनाएका सयौ निलगाई राति खेतमा पस्छन् । र, अन्नबाली सखाप पार्छन् । करिब १० कठ्ठामा लगाइएको लौका जोगाउन यि रामनारायण महतोले सानो फुसको घर नै बनाएर दिनरात रुगे । तर, टिप्ने बेला भएपछि निलगाईले सबै सखाप बनाई दियो । समय, परिश्रम र आर्थिक लगानी ‘बालुवामा पानी’ झै भयो । सिरहाको नौडेगा, छरापट्टी, कटहा र करैया तथा सप्तरीको चकदह, प्रमाणपुर, टिकुलिया र पटेर्बामा निलगाईको ‘आतंक’ बढी छ । यस क्षेत्रका करिब ५÷६ सय विगहा जग्गामा किसानलाई खेती गर्न समस्या छ । राति बाली कुर्न नसक्ने किसानले त खेती गर्नै छाडिसकेका छन् । निलगाइले क्षति नगरोस् भनेर पहिले रातभरी खेतमा टर्चलाइट बालिन्थ्यो । तर, टर्च लाइटको उपाय पनि क्रमशः काम नलागेपछि किसान रातभर खेतमै बिताउँछन् । बढ्दो बन बिनासले चरन क्षेत्र अभाव भएपछि निलगाई खेततर्फ आकर्षित भएको स्थानीयको बुझाइ छ । विनास रोकेर बन क्षेत्रलाई तारबार गरे आतंक घट्ने बताउने स्थानीय आफ्ना समस्यामा सरकारी निकाय ‘मौन’ रहेको गुनासो गर्छन् । संरक्षित जनावर निलगाईलाई करेन्ट लगाएर मार्न खोजेको भन्दै कतिपयलाई स्थानीय प्रशासनले मुद्दा लगाउने प्रयास गरेपछि किसान दोहोरो मारमा परेका छन् ।

आफु विरुद्ध गलत समाचार सार्वजानिक भएको साहको दावी

प्रकाशित समय 12:26 PM
फिरोज शेख लहान २०७४ बैशाख १० - नेपाल विद्यार्थी संघका केन्द्रिय सह–महामन्त्री प्रमेश्वर साहले आफु विरुद्ध गलत समाचार सार्वजनिक भएको दावी गरेका छन् । शुक्रबार बैशाख ८ गते सगरमाथा अञ्चल यातायात कार्यालय लहानमा भएको घटनाको वारेमा आएको समाचार गलत र निराधार रहेको नेपाल विद्यार्थी संघका केन्द्रिय सह–महामन्त्री प्रमेश्वर साहले लहानमा पत्रकार सम्मेलनगरी बताएका छन्। आफ्नो चरित्र हत्या गर्ने खालको गलत समाचार सार्वजानिक भएकोप्रति सहमहामन्त्री साहले आइतवार पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गरी खेद प्रकट गरेका छन् ।साह विरुद्ध शनिवार यातायात कार्यालयमा राती गई तोडफोड गरेको भनेर समाचार आएको थियो। तर यातायात कार्यालय र इलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डेका अनुसार कार्यलयमा कुनै किसिमको तोडफोड नभएको र सामान्य बादविवाद भएको जानकारी गराएका छन् । आफुले पटक–पटक यहाँका कार्यालयहरुमा भइरहेको भ्रष्टाचार गतिविधी रोक्नका लागि ज्ञापन पत्र बुझाई सचेत गराएको कारणले आफु विरुद्ध यस्तो घटना सुनियोजित रुपमा घटाउन खोजेको उनले पत्रकार सम्मेलनमा दावी गरेका छन्।साहले जारी गरेको विज्ञप्तीमा आफु विरुद्ध सार्वजानिक भएको समाचारको सत्य तथ्य छानवीन गरी दोषीलाई कारवाही हुनुपर्ने सम्बन्धित निकायसँग माँग गरेका छन् ।यो समाचार सरगम खवर बाट सभार गरिएको हो ।

यसरी सखाप भयो सखुवानन्कारकट्टी को मण्डल बस्ती फोटो सहित

प्रकाशित समय 8:42 AM
आशिक साह २९ चैत । सिरहाको दक्षिणी क्षेत्र सखुवानन्कारकट्टी गाउँपालिका-४ सिम्राहामा सोमबार बेलुका भएको आगलागीले २९ घर परिवारको ६० घरगोठ जलेर सखाप भएको छ ।
लहान नगरपालिका र गोलबजार नगरपालिकाबाट गएको बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो निभाइएको इलाका प्रहरी कार्यालय महेशवारीका प्रहरी नायव निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिनुभयो । तर आगो त्यतिबेला मात्र निभाउन सकियो जतिबेला पूरै बस्ती सखाप भयो ।बस्तीकी एक महिलाले खाना पकाएर घर नजिकैको बारीमा फालेको खरानीमा रहेको आगोको झिल्को उडेर आगालागी भएको प्रहरीको भनाई छ ।
आगालागीमा ६० भन्दा बढी घर गोठ जलेपछि पिडितहरु नजिकको खाली खेतमा खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्।स्थानीय पिडित कलमबत्ति मण्डलले भन्नुभयो ‘धान बेचेर जग्गा किन्न जम्मा गरेको दस हजार नगदसहित अन्नपात,भाँडावर्तन, भर्खरै बयाएको गाई, लत्ताकपडा,फर्निचरका सामान, गरगहना सबै जलेर खरानी भयो ।’आगलागीमा झण्डै डेढ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी नायव निरीक्षक चौधरीले जानकारी दिनुभयो । प्रहरी नायव निरीक्षक चौधरीका अनुसार आगलागीमा तीन वटा गाई, पाँच वटा खसी बाख्रा र एउटा बाच्छा मरेको छ ।