डा.सिके राउत लहानका डिएसपी केसीको नियन्त्रणमा

प्रकाशित समय 11:28 AM
दिनेश्वर गुप्ता  लहान, २० माघ । स्वतन्त्र मधेश गठन बन्धनका संयोजक डा. सिके राउतलाई आज जनकपुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा ल्याएको एक सुत्रले जानकारी दिएको छ । राउतलाई पौने ९ बजे लहान ल्याएको ईलाका प्रहरी कार्यालय लहानका डिएस्पी राजकुमार राउतले जानकारी दिंदै लहानमा माघ ५ गते कार्यक्रम गर्दा मधेश अलग गर्ने भनी भाषण गरेको र विभेद अन्त्यलगायत विभिन्न किसिमको उत्तेजित क्रियाकलाप गरेकोले उनलाई पक्राउ गर्न बाध्य भएको जानकारी गराएको छ । राउतलाई जनकपुरबाट दिउंसो २ बजे पक्राउ गरि सांझसम्म लहान ल्याएको हो । यसपछि राउतलाई कहां पुरयाउंने भनी जानकारी नदिएको हो । उता एक स्रोतका अनुसार राउतलाई माघ २१ गते सिरहा पुरयाउंने योजना रहेको छ भने अर्का एक स्रोतले राउतलाई एक दूई दिनभित्रै उनकै घर पुरयाएर नजरबन्दमा राख्ने योजना रहेको छ । डा.सिके राउतलाई लहानको प्रहरीमा राखेर यत्तिबेला विशेष सोधपुछ गरिरहेको छ भने उनका साथै केही कार्यकर्तालाई समेत पक्राउ गरिएको छ । माघ ५ गते डा.सिके राउतले ५० हजार जनता उतार्ने योजना राखेका थिए तर १० हजारमा सिमिति रहियो । यसो त राउतको योजना माघ ५ गते असफल भएपनि काठमाण्डौंमा राउतको जनसमर्थन देखेर केही खोक्रो राष्ट्रवादीहरु आत्तिएका थिए । यता, राउतले विभेद अन्त्यको मुद्दा लिएर समानताको आधार खोजिरहेको छ ।
क्याम्पस इन्टरनेशनल एकेडेमीको दोस्रो वार्षिक उत्सव तथा सांस्कृतिक र सम्मान कार्यक्रम सम्पन्न

क्याम्पस इन्टरनेशनल एकेडेमीको दोस्रो वार्षिक उत्सव तथा सांस्कृतिक र सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित समय 8:49 AM
Displaying kyampass school (1).jpgअभिमनु कुमार पटेल २० माघ । क्याम्पस इन्टरनेशनल एकेडेमी गौर ५ रौतहटको दोस्रो वार्षिक उत्सव तथा सांस्कृतिक एवं सम्मान कार्यक्रम आज विद्याकी देवी सरस्वती पुजाको पावन अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएका छन । वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उद्यव बहादुर थापा रहनुभएको थियो र कार्यक्रमका अध्यक्षता विधालयका अध्यक्ष मो. अदुदको अध्यक्षतामा भएको छ । सो कार्यक्रममा प्रमुख अतिथि थापाले घर उज्यालो राख्नका लागि दिपको आवश्यकता छ त्यस्तै मानिसको जिवनलाई उज्यालो शिक्षा नै हो । देशका अनुसार यो जिल्ला शिक्षा क्षेत्रमा धेरै पछाडी परेका छन तर अब आउने दिनमा शिक्षाबाट कुनै बालवालिका बैन्चित नराख्नु प्र.जि.अ. थापाले बताउनु भयो । विधालयहरु धेरै रहेको छ तर सही शिक्षा , गुणस्तरिय प्रधान थोरैले मात्र दिई रहेको अवस्थाले शिक्षा क्षेत्र बिग्रेका छन यसमा सुधार ल्याउन सबैको नैतिक दायित रहेको छ । साना साना बालवालिकाहरुलाई यो क्याम्पस इन्टरनेशनल एकेडेमी विधालयले राम्रो शिक्षा हासिल गराई देश विदेशमा आफनो विधालयको नाम लाई अझ उचाईमा पुगाउन सफलहोस । विधालयबाट नै जिवनको यात्रा सुरु हुनछ किनकी सब भन्दा बढी बढाईका साथ साथै अनुशाषितको पलना गर्ने मौका चाहि बाल अवस्थामै राम्रोसँग पायौँ न भने जिवनको यात्रा गर्न सफल हुदैन त्यसैले यो विधालयमा अध्यनरत बालवालिकाहरुलाई विधालयका शिक्षकहरुले आफनो छोराछोरी भन्दा बढी माया गरी शिक्षा हासिल गराउनु नै तपाईहरुको कर्तव्य रहेको प्र.जि.अ. थापाले बताउनुभएका छन । सो वार्षिक उत्सव, सांस्कृतिक तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथि सशस्त्र प्रहरी बल रौतहटका प्रमुख प्रहरी उपरिक्षक भगवान मल्ल , लायन्स क्लब अफ रौतहट मदनपुरका अध्यक्ष सुरेन्द्र प्रसाद पटेल , अतिथि सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक नर्मिल खड्का , रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा एवं मधेश प्रदेश अनलाइन अध्यक्ष अभिमनु कुमार पटेल , रौतहट एफ.एम.का चंचल झा , गौर आँखा अस्पतालका सत्येन्द्र पाण्डे , पवन न्यौपाने , शिक्षक विशाल मल्लिक , यदुनी दास , सुरेन्द्र कुमार कर्ण समेत रहनुभएका थिए । सम्पुर्ण अतिथिहरुलाई विधालयका अध्यक्ष मो.अदुद र प्रमुख जिल्ला अधिकारी उद्यव बहादुर थापाले प्रशांसापत्र प्रदान गरी दोसाला ओढाएर सम्मानित गरिएको थियो । क्याम्पस इन्टरनेशनल एकेडेमीको दोस्रो वार्षिक उत्सव तथा सांस्कृतिक एवं सम्मान कार्यक्रममा विधालयका अध्यनरत छात्रछात्राहरुले आ‐आफनो विभिन्न नाटय ,कला , नृत्य , गाना समेत प्रस्तुत गरेको थियो ।



Displaying kyampass school (2).jpg
Displaying kyampass school (3).jpg
Displaying kyampass school (5).jpg
Displaying kyampass school (6).jpg

डा सिके राउत पुन:पक्राउ

प्रकाशित समय 6:39 AM
माघ २० । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा ।सीके राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको समाचार प्राप्त भएको छ ।जनकपुरधामस्थित माछा बजार नजिकै डेरा गरी बसेका डा ।राउतलाई प्रहरीले दिउँसो दुई बजेर ५० मिनटमा पक्राउ गरेको हो ।डा ।राउत बस्ने घरको गेटको ताल्चा फुटाएर प्रहरीले पक्राउ गरेको स्थानीयबासीहरुको भ नाइ छ। स्थानीय व्यक्तिहरुलाई पक्राउ गरेको फोटो खिच्न पनि प्रहरीले रोक लगाएको छ ।राज्य विपल्बको मुद्दामा पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । डा ।राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको स्थानीयबासीहरुले बताएका छन् ।