विकास निर्माणमा जोड दिंदै मधेशमा धार्मिक अनुष्ठान

प्रकाशित समय 1:09 AM
दिनेश्वर गुप्ता लहान २७ माघ । मधेशमा माघको अन्तिम सत्तादेखि चैत्तसम्म शान्ति स्थापनाका साथै विकास निर्माणमा जोड दिंदै धार्मिक अनुष्ठान कार्यक्रम सदियौंदेखि चल्दै आएको छ । लहान ४ स्थित माघ २६  गतेदेखि श्रीमद्भागवत महापुराण शुरु भएको छ । कार्यक्रमका संयोजक बृस्पती दास भन्छन् — ‘समाजमा शान्ति र विकास निर्माणको कार्यलाई अघि बढाउंनको निम्ति महायज्ञ गरिएको हो ।’ लहान ४ स्थित रहेको ब्रहमस्थान डिहिवारको कम्पाउण्ड वाल र पार्क निर्माणको लागि स्थानीयहरुको सहयोगमा महायज्ञ शुरु गरिएको हो । महायज्ञको पहिलो दिन अढाई सयको संख्यामा कलश यात्रा गरेका छन् । त्यसैगरी नियमित बेलुका ३ बजेदेखि ७ बजेसम्म कथा वाचन र विहान ९ बजेदेखि ११ बजेसम्म पूजा पाठ्परायण कार्यक्रम गरिएको छ । कार्यक्रम फागुन ४ र ५ गते अष्ठजाम गरी विर्सजन गर्ने कार्यक्रम रहेको संगीतमय युवा कथावाचक रामकुमार गोकुलले बताए । उता, विकास निर्माणलाई जोड दिंदै लहान ६ मा फागुन ८ गतेदेखि श्रीमद्भागवत महायज्ञको आयोजना गरिने भएको छ । सो महायज्ञका आयोजक समितिका विनोद विसुन्के भन्छन् — समाजमा जहिले पनि विकास निर्माणको लागि सरकारी गैरसरकारी संघसंस्थामाथी निर्भर रहदै आएको छ । यसलाई तोड्नको निम्ति धार्मिक अनुष्ठान पनि महत्वपूर्ण माध्यम हो । र, समाजमा शान्ति स्थापनाको लागि महायज्ञ शुरु गर्ने तयारी गरिएको हो ।’ सोही महायज्ञलाई लक्षित गरि वृद्धाश्राम र दलित गरिब विद्यार्थीहरुको लागि छात्रवास निर्माण गर्ने योजना रहेको छ । खेतीपातीको अपशिजन र मौसम पनि सुहाउंदो बन्दै गएको यस अवस्थालाई मधेशमा विगतदेखि नै सदुपयोग गर्न धार्मिक अनुष्ठान गर्ने चलन रहेको छ । उता, सिरहाकै गाढा गाविसमा पनि धार्मिक अनुष्ठानको तयारी भइरहेको समाजसेवी कन्हैयाप्रसाद गुप्ताले बताए । गत बर्ष सिरहा सप्तरीलाई जोड्ने इटहर्वा गाविसमा बलान खोलामा विशाल महायज्ञ गरिएको थियो । लहान ४ स्थित माघ २६ गतेदेखि शुरु भएको महायज्ञका समिति यस प्रकार छ । संयोजक बृस्पति दास, कोषाध्यक्ष तैतर पंडित, सदस्यहरु चन्देश्वर मण्डल, कारी महतो, रामविलास महतो, रामप्रसाद महतो, विल्टु मण्डल, लक्ष्मण पंडित, शम्भु पंडित, विरेन्द्र मण्डल, सत्यनारायण पंडित, रामदयाल महतोलगायत १५ सदस्य समिति गठन गरिएको छ ।

लहानमा दुई ट्रक एक आपसमा ठोकिदा एकको मृत्यु एक गम्भीर

प्रकाशित समय 12:22 AM
 फिरोज शेख लहान , माघ २७ -पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा आज विहान करिब ७ बजे  दुई ट्रक एक आपसमा ठोकिदा एक ट्रक चालकको मृत्यु भएको छ भने अर्का ट्रक चालक गम्भिर घाईते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ७१२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा बा ४ ख ७१२ नम्बर ट्रकका चालक मकवानपुर आमभन्ज्याङ ४ का २७ बर्षिय हरि बहादुर लो को मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

गम्भिर घाईते चालक लोको उपचारका लागि सप्तऋषि अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको लहान प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भिर घाईते ना ५ ख १९२५ नम्बरको चालक मकवानपुर हेटौडा १९ बस्ने रमेश चौलागाईको उपचार फ्रेन्ड्स अस्पताल लहानमा भईरहेको छ । ठोकिएर ट्रक कुल्चिएपछि एक घण्टापछि उनलाई स्काभेटर लिएर ट्रकबाट निकालिएको थियो ।दुर्घटनाका कारण लहानको पूर्वपश्चिम राजमार्ग करिब एक घण्टा अवरुद्ध भएको थियो । दुर्घटनापछि सडकमै तेर्सिएको ट्रकलाई स्काभेटरले साइड लगाएपछि राजमार्गको अवरुद्ध खुलेको प्रहरीले जनाएको छ । दुर्घटना तिब्र गतिका कारण भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घाइते चौलागाईको स्वास्थ्यमा सुधार आएको र उनि खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।