सगरमाथा चौधरी आँखा अस्पतालको ३४औ वार्षिकोत्सव सम्पन्न

प्रकाशित समय 8:43 AM
फिरोज शेख लहान , माघ २९ । सिरहाको लहानमा रहेको सगरमाथा चौधरी आँखा अस्पतालले सनिबार आफ्नो ३४औ वार्षिकोत्सव भव्यताका साथ् मनाएका छन् । सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद पदम नारायण चौधरीको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघका अध्यक्ष तिर्थ प्रशाद मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न उक्त वार्षिकोत्सवमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. संजय कुमार सिंहले सन् २०१६ मा ३ लाख ३८ हजार ५ सय ४५ जना बिरामीहरुको आँखा जाँच गरिएको जसमा ५४ हजार ४ सय ४६ जना आँखाका विरामीहरुको शल्यक्रिया गर्न सफल भएको तथ्याङक सार्वजानिक गरेको छ। यसै बीच ३४ वर्षको अवधिमा ४६ लाख २२ हजार १ सय ४१ विरामीहरुको जाँच गरिएको छ जसमा १० लाख २ सय ९७ जना आँखाका विरामीहरुको शल्यक्रिया गर्न सफल भएको डा. संजय कुमार सिंहले जानकारी गराउदै ३४ वर्षको अवधिमा सन् २०१६ मा अहिले सम्मकै सर्वाधिक बिरामीहरुको आँखा जाँच गर्न सफल भएको बताए । यो अस्पतालले सप्तरीको राजविराज , सर्लाहीको मलंगवा, उदयपुरको गाईघाट , खोटाङगको दिक्तेल , सिरहाको मिर्चैया लगायत नौ केन्द्रहरुवाट सेवा उपलब्ध गराउदै आइरहेको छ । यस आँखा अस्पतालमा भारतको विहार ,उत्तरप्रदेश , झारखण्ड र पवशिचम वंगालवाट आँखा जाँचको लागि अत्यधिक विरामीहरु आउने गरेका छन।कार्यक्रमा विभिन्न संघ संस्थाका प्रतिनिधि , संचालक समिति , राजनीतिकदल , बुद्धिजीवि , संचारकर्मी , नागरिक समाज लगायत डाक्टरहरुको उपस्थिति रहेको थियो ।

सिरहामा ३८ लाख नेपाली रुपैया सहित एक भारतीय पक्राउ

प्रकाशित समय 8:35 AM
राम नारायण पंडित, सिरहा, २९ माघ । सिरहा प्रहरीले ३८ लाख रुपैया सहित एक भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल वेस क्याम्प गोलबजारले ३८ लाख नेपाली नोट सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नेपालसँग सीमा जोडिएको भारत विहार मधुमनी जिल्ला लदनियाँका २५ वर्षिय पुजनराम मोचीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । धनगढीमाई १० जिरोमाइलबाट ३८ लाख नेपाली नोट सहित मोचीलाई पक्राउ गरिएको प्रहरीले बताए । गस्तीमा रहेको प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा कपडाको थैलोमा पोकोपारी शरिरमा वेरेर राखेको अवस्थामा हजार र पाँच सय दरका नोट बरामद गरेको सशस्त्र प्रहरी बल वेस क्याम्प गोलजारका प्रहरी निरिक्षक दुर्गा भट्टले बताए । पक्राउ परेका मोचीमाथि अनुसन्धान भईरहेको निरिक्षक भट्टले बताए ।

मधेश आन्दोलनको इस्यु काठमाण्डौंका मिडियाले बुझ्नै सकेन् ः डा.विष्ट

प्रकाशित समय 3:24 AM
दिनेश्वर गुप्ता लहान २९ माघ । मधेश आन्दोलनको इस्यु काठमाण्डौंका मिडियाले बुझ्नै सकेन्, अनी मधेशबारे समुचित उठान गर्न नसकेको नेपाल पत्रकार महासंघ केन्द्रीयका अध्यक्ष डा.महेन्द्र विष्टले बताउंनुभयो । माघ २८ गते नेपाल पत्रकार महासंघ सिरहा शाखाको भवन उद्घाटन गर्दै डा.विष्टले मधेशको इस्यु यहांका मिडियाले बुझेर लेखे तर, मिडियालाई नियन्त्रणमा लिएको घटनाप्रति दुःख लागेको बताउंनुभयो । सिरहा जेलमा राखिएका कृष्ण सेनलाई सम्झिदै नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव उजिर मगरले मधेशप्रति विभेद अझै पनि कायम रहेकोले यसलाई समाप्त पार्न मिडियाको महत्वपूर्ण भूमिका रहने बताउंनुभयो । पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालले मधेशप्रति केन्द्रकृत मिडियाको बक्रदृष्टिकोण हटाउंन जरुरी रहेको बताउंनुभयो । नयां शक्ति पार्टीका केन्द्रीय सदस्य पत्रकार रामरिझन यादवले सिरहामा पत्रकार सम्मेलन गर्न नसक्ने अवस्था रहेकोले लहानमा गएर कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको बताउंनुभयो । नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादवका सभाध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रपतिका स्वकीय सचिव जीवछ साह, प्रेस काउन्सीलका पूर्व सदस्य तथा वतावरण मन्त्रालयका मिडिया विद्द चन्द्रदेव कामती, मानव अधिकार संगठन सिरहाका अध्यक्ष राजकुमार राउत, सिरहाका सिडियो श्रीकृष्ण श्रेष्ठ, सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादव, मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्तालगायतले मधेशमा सिरहाको संचारकर्मीले खेलेको भूमिकावारे विचार राख्नुभएका थिए । पत्रकार महासंघ सिरहाका उपाध्यक्ष गणेश साहले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संचालन पत्रकार महासंघ सिरहाका सचिव जीवछ यादवले गरेका थिए भने भवन निर्माणमा सहयोग पुरयाउंने सिरहा नगरपालिका, जिल्ला विकास समिति सिरहा, पत्रकार भोगेन्द्र साह, सरसफाई अभियन्ता धिरेन्द्र साहलाई कदरपत्र प्रदान गरिएका थिए ।