सिरहाका स्वास्थ्यकर्मी पुनः आन्दोलित

प्रकाशित समय 9:50 PM
फाल्गुन ९ । स्वास्थ्य सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माँग राखी विगत दुई महिना देखि आन्दोलनम रहेका स्वास्थ्यकर्मीहरु आइतबार देखि पुनः आन्दोलनको घोषणा गरेका छन् । स्वास्थ्य ऐनको दफा ९ (ख) कार्यान्वयनका लागि आफुहरुले दिएको सुझावलाई सरकारले व्यवस्था गरेकोले आफुहरु आन्दोलनको घोषणा गरेको नेपाल स्वास्थ्यकर्मी यूनियनका सिरहा जिल्ला अध्यक्ष राम सेवक रायले बताएका छन् । कार्यरत रहेकै स्वास्थ्य संस्थामा पुल दरबन्दी सृजनागरी माथिल्लो तहको जिम्मेवारी तथा कार्य विवरण सहित पद व्यवस्थापन गर्नुपर्ने भनी रहदा पनि मन्त्री परिषदले त्यसको ठिक विपरीत निर्णय गरेको भन्दै स्वास्थ्य क्षेत्रका कृयाशिल ट्रेड यूनियनहरुले फाल्गुण २९ गते देखि आकस्मिक सेवा बाहेक जिल्लाको नियमित कार्यक्रमहरु ओपिडी सेवा, खोप, गाउँघर क्लिनीक, तालिम गोष्ठि तथा मासिक स्टाफ बैठक नगर्न नगराउन प्रेस विज्ञप्ति मार्फत उनीहरुले स्वस्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । जिल्ला भरीका स्वास्थ्य संस्थाबाट सैयौंको संख्यामा आइतबार सिरहा सदरमुकाममा आएका स्वास्थ्यकर्मीहरुले सदरमुकाममा बिरोध जुलुस प्रदर्शन गरेका छन् ।न्यूज सभार सरगम खवर

संशोधन विधेयक पारित गराएर चुनावको घोषणा प्रचण्ड

प्रकाशित समय 8:23 AM
राम नारायण पंडित, सिरहा, ०८ फाल्गुन । प्रधानमन्त्रि पुष्पकमल दहाल “प्रचण्ड” ले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने दाबी गरेको छ । संविधान संशोधन गरेर छिटै चुनावमा जानु आफ्नो मुख्य दायित्व रहेकोले जसरी भएपनि क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराएर स्थानिय निकाय चुनाबको मिति घोषणा गर्ने बताए । सिरहाको लहानमा आइतबार श्रीमद् भागवत महापुरण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्नु हुँदै प्रधानमन्त्री प्रचण्डले सोमबारको क्याविनेट बैठकबाट सविंधान संशोधनको प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिने स्पष्ट गरे । ‘शान्ति, संघियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाको लागि संविधान कार्यान्वयन जरुरी भएकोले संविधान संशोधन गरेर चुनावमा जानुको विकल्प नरहेको उनले बताए । प्रधानमन्त्रि प्रचण्डले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने, जनसंख्याको आधारमा मधेसमा स्थानीय निकायको संख्या निर्धारण गरी स्थानीय निकायको संख्या वृद्धि गरिने समेत बताए । प्रधानमन्त्री प्रचण्डले आफू मधेशकै जिल्ला सिरहाबाट जितेर गएकोले मधेशी जनताले मागिरहेको पहिचान र अधिकार दिलाउन संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लागेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदिप गिरी, कानुन मन्त्री अजय शंकर नायक र सांसद पदम नारायण चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।