सिरहाको मानपुरमा सरसफाइ सम्मेलन सम्पन्न

प्रकाशित समय 10:42 PM
रुनकेश कामती - सिरहा, १५ फाल्गुन । सिरहाको वडा नं. ५ मानपुरमा शनिबार वडा स्तरिय सरसफाई सम्मेलन सम्पन्न भएको छ । वडा स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समितिको समुदायको अगुवाइमा पुर्ण सरसफाई अन्तर्गत सो सम्मेलन सम्पन्न भएको सिरहा नगरपालिकाका सरसफाई तथा वातावरण प्रमुख सुरेश चौरवारले वताएका छन् । वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति वडेरवाको आयोजनामा तथा सिरहा नगरपालिकाको सहकार्यमा आयोजित सो सम्मेलन कार्यक्रमलाई वटर एडको सहयोगमा शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले सहजीकरण गरेको थियो । सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवको अध्यक्षतामा तथा जिल्ला विकास समिति सिरहाका योजना अधिकृत बासुदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा शहरी वातावरण व्यवस्थापन समाजका टिमलिडर सुजित चौधरी, नेकपा एमालेका देवेन्द्र कुमार यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका मो. मुस्ताक, समाजिक परिचालक ब्रहमदेव ठाकुर लगायत स्थानिय बुद्धिजिवी, समाजसेवी, राजनितिक कर्मी, शिक्षक, विद्यार्थी, महिला, पुरुष, पत्रकार लगायतको सहभागिता रहेको चौरवारले वताए ।

लहानमा पुरुष भलिवल प्रतियोगिता २०७३ आज देखि हुदै

प्रकाशित समय 10:39 PM
फिरोज शेख लहान , फागुन १५ - सिरहाको लहानमा दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७३ आज आइतबार देखि सुरु हुदै छ I श्री श्रुजना सामुदायिक पुस्तकालय पडरिया , लहान ११ को आयोजनामा २०७३ साल फागुन १५ गते देखि २०७३ फागुन १९ गते सम्म संचालन हुने दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगितामा राष्टिय तथा अन्तराष्टिय खेलाडीहरु आवद्ध विभागीय टिम र भारतीय टिमको समेत सहभागिता रहेको आयोजकले जानकारी गराएका छन् I प्रतियोगिता अवधिभर पुर्व क्षेत्रीय प्रहरी कार्यलय बिराटनगर भलिवल संघ ,पुर्व क्षेत्रीय तालिम केन्द्र बिराटनगर , पडरिया भलिवल टिम , भोटियाटोल भलिवल टिम , एपीएफ काठमाडौं भलिवल संघ , सिंगराही भलिवल टिम ,मोरंग भलिवल संघ , महोतरी भलिवल संघ र पटना बिहार भलिवल संघ बीच प्रतिस्पर्धा हुने छन् i प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख संगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुने टिमले ५० हजार नगद ,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् I प्रतियोगिताको मिडिया पाटनर रेडियो सरगम ९३ मेगाहर्ज र सरगम खबर डटकम रहेका छन् i पडरिया थारु चौकमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण खेल दिनको १ बजे देखि संचालन हुने जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले जानकारी दिएका छन् i आजको उद्घाटनको पहिलो खेल पुर्व क्षेत्रीय प्रहरी कार्यलय विराटनगर र पडरिया बीच हुने छन भने दोस्रो खेल पुर्व क्षेत्रीय तालिम केन्द्र बिराटनगर र सिंगराही ( A ) बीच हुने आयोजकले जनाएका छन् I प्रतियोगिताको उद्घाटन सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद पदम नारायण चौधरीको प्रमुख आतिथ्यमा हुने जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले रेडियो सरगम लाई जानकारी दिएका छन् I

सिरहामा राँगाले हानेर एकको मृत्यु एक घाईते

प्रकाशित समय 4:07 AM
फाल्गुन १४ । सिरहामा छाडा छोडिएको राँगाले हानेर शुक्रबार एक महिलाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन्।औरही पिप्रा गाविस-१ बस्ने ६५ बर्षिया मुसर्नी देवी साहलाई आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक छाडा रांगाले आक्रमण गरेको थियो।राँगाको आक्रमणबाट गम्भिर घाइते साहको उपचारकोलागी लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। यसैगरी लहान नगरपालिका १५ स्थित ढोड्ना खोलामा राँगाले हानेर सोहि स्थान बस्ने ४० बर्षिया अनिता चौधरी घाईते भएकी छन्।चौधरीलाई बजारबाट घर फर्कने क्रममा राँगोले हानेर गम्भिर घाईते भई फ्रेन्स मोडल अस्पताल लहानमा उपचार भईरहेको सिरहा प्रहरीले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड र एमालेको कार्यक्रम विथोल्ने मोर्चाको निर्णय

प्रकाशित समय 4:02 AM
फाल्गुन १४। सिम्रौनगढमा प्रधानमन्त्री प्रचण्डको कार्यक्रम र एमालेले चलाउने भनिएको मेची-महाकाली अभियान विथोल्ने मधेसी मोर्चा बारा र पर्साको संयुक्त बैठकले निर्णय गरेको छ । बाराको नौतन गण्डकस्थित मधेस सेवा आश्रममा बसेको मोर्चाको संयुक्त बैठकबाट यस्तो निर्णय भएको हो । प्रधानमन्त्री प्रचण्ड र एमालेको मेची महाकाली अभियान बिथोल्ने निर्णय भएपनि फागुन १९ गते जीतपुरमा अन्तरक्रिया गरी रणनीति बनाउने मोर्चाले जनाए । अगामी सोमबार प्रधानमन्त्री प्रचण्ड सिम्रौनगढ आउने कार्यक्रम छ भने एमालेले फाल्गुन २७ गते बाराको जीतपुरमा एमालेले मेची– महाकाली अभियान अन्तर्गत सभा गर्ने कार्यक्रम तय भएको छ । मोर्चाको संयुक्त बैठकले मधेसी विरोधी नेताहरु विरुद्ध पर्सा/बाराको गाउँ–गाउँमा भण्डाफोर कार्यक्रम चलाउने निर्णय पनि गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता रमेश सर्राफले बताए । बैठकमा पर्साबाट प्रदीप यादव, शशीकपूर मियाँ, पुरुषोत्तम झा, प्रेमबाबू पटेललगायत तथा बाराबाट प्रमोद गुप्ता, रामबाबू यादव, जीतेन्द्र सोनल, नवलकिशोर सिंह, महमद सफिक, धर्मेन्द्र यादव, राजेश यादवलगायतको उपस्थिति थियो ।

जनकपुरमा एक युवक माथि छुरा प्रहार

प्रकाशित समय 3:57 AM
फागुन १४ - जनकपुरमा केहि दिन देखि अपराधिक क्रियाकलाप बढ्दै गएको छ । यसै बीच जनकपुरमा सनिबार बिहान एक युवक माथि छुरा प्रहार भएको छ । मोरंग जिल्ला विराटनगर बरगाछी वडा नं. ३ बस्ने मो.सलिम नदाफ माथि युवाका एक समुहले छुरा प्रहार गरि घाइते बनाएका छन्। जनकपुर उमहानगरपालिका वडा नं. २ विद्यानगर स्थित आफनो दिदी भिनाजु सँग बस्दै आएका सलिम लाई व्यक्तिगत रिसवीका कारण विवाद हुँदा छुरा प्रहार गरिएको प्रहारले जनाएका छन्। यसबीच छुरा प्रहार गरेको आरोपमा १८ वर्षीय गोपाल ठाकुर नाम भएको एक युवक लाई पक्राउ गरिएको छ । घाईते सलिमको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।घटनामा संलग्न अन्य युवाहरु फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गत फागुन ११ गते जनकपुरमै एक युवकको आपसी विवादका कारण घाटीरेटी हत्या गरिने प्रयास भएको थियो।