मधेश छिर्नका लागि एमालेद्धारा २१ जना मधेशीलाई केन्द्रिय सदस्यमा चयन (नामावली सहित)

प्रकाशित समय 2:33 AM
फागुन २१ । एमालेको आज बाट मेची महाकाली अभियान सुरु हुनु भन्दा केही घण्टा अगाडि एमाले नेतृत्वले केन्द्रिय समितिमा मधेशका २१ जनालाई पूर्ण केन्द्रिय सदस्य तथा बैकल्पिक केन्द्रिय सदस्यमा मनोनयन गरेका छन् । मधेशमा मधेशी जनताको व्यापक विरोधका बीच शुरु हुन लागेको एमालेको मेची महाकाली अभियानको केही समय अगाडि मनोनयन गरेका केन्द्रिय सदस्यहरुले अभियानमा कति फरक पार्ला त्यो प्रतिक्षाको विषय बनेको छ । एमालेको केन्द्रिय कार्य समिति समावेशी नभएको भन्दै चौतर्फी आलोचना भई रहेको सन्दर्भमा अचानक आज मधेशी जनतालाई देखाउनका लागि केन्द्रिय सदस्य थप गरिएको सामाजिक सन्जालमा आलोचना समेत शुरु भएको छ ।  

सीके राउतलाई किन थुनामा राखेको भन्दै सर्वोच्चद्वारा जवाफ माग

प्रकाशित समय 2:24 AM
फागुन २१ । डा. सीके राउतलाई किन थुनामा राखेको भन्दै सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश गरेको छ । नेपाल प्रहरीले डा. सी. के. राउतलाई गत माघ २० गतेका दिन माछाबाजÞार, जनकपुरको डेराबाट हिरासतमा लिई हालसम्म गैरन्यायिक हिरासतमा राखेकोले नेपालको संविधानको धारा १३३(३) बमोजिम बन्दी प्रत्यक्षीकरण लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरि थुना मुक्त समेत गरी पाँऊ भनी सीके राउततको हकमा दाजु डा.जयकान्त राउतले मंगलवार सर्वोच्च अदालतमा निवेदन पत्र चढाएका थिए । सर्वोच्च अदालतको एकल इजलासमा न्यायाधीश जगदीश शर्मा पौडेलले गृह मन्त्रालय काठमाडौंसमेत विपक्षीको नाममा चन्द्रकान्त राउतलाई किन थुनामा राखेको हो ? थुना मुक्त गर्नु पर्ने कारण नभए म्याद सूचना प्राप्त भएका मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनी आदेश गरिएको छ ।