सिरहामा गोलभेडा किलोको चार रुपैयाँ , किसान मार्कामा

प्रकाशित समय 10:42 PM
चैत्र २० । यतिबेला सिरहाको हाटबजारहरु गोलबजार, चोहर्वा, धनगढी , मिर्चैया र लहानमा गोलभेडा प्रतिकिलो ४ रुपैयाँमा मात्रै बिक्री भईरहेको छ । गोलभेडाको मूल्य सस्तो भएपछि कृषकहरु भने चिन्तामा परेका परेकाछन् । एक टायरगाडा भरी गोलभेडा लिएर बिक्री गर्न गोलबजार हाटबजार आएका गोलबजार नगरपालिका २ सिरहाका कृषक माधव थपलियाले प्रति किलो ४ रुपैयाँका दरले पनि बिक्री नभए पछि पुर्पुरोमा हात लाएर सुस्केरा हाल्दै भन्नुभयो, ‘खै के गर्नु ? मेहनत गर्यो मुल्य पाइदैन । केहीबेर अझै पर्खिन्छु त्यसपछि पनि बिक्री भएन भने फालेर जानुको बिकल्प छैन ।’ थपलिया आफ्नो खेतमा अझै सय क्विन्टल गोलभेडा टिप्नै बाँकी नै बताउनु हुन्छ । माधव थपलिया प्रतिनिधी पात्र मात्र हुनहुन्छ । यस क्षेत्रका गोलभेडा उत्पादन गर्ने अधिकांशक कृषक गोलभेडाको मूल्य नपाएपछि लागनी समेत नउठ्ने चिन्तामा परेका छन् । गोलबजार २ कै कृषक गणेशी महतोले १० कट्ठा जमिनमा लाएको लटरम्म फलेका गोलभेडाको बोट काटेर फालिदिएको बताउनु भयो । महतो भन्नुहुन्छ, ‘गोलभेडा टिप्ने र ढुवानी गर्ने मजदुरको खर्च पनि निस्कदैन अनि घरैबाट नगद खर्च गरेर मजदुरलाई दिनुपर्छ । त्यसै कारण काटेर फालिदिए । ’ महतोले थप्नु भयो, ‘अर्को सिजन खेति लाउन पुँजी मासियो । अब खेति लाउन ऋृण लिनु पर्छ । गुरुधाम गाउँका अर्का अगुवा कृषक रामजी यादव भन्नु हुन्छ, ‘गोलभेडाको बजार मूल्य घट्यो, सबैभन्दा महंगो बीउ गोलभेडाको छ । १० कट्ठा गोलभेडा लागउन १० हजारको बिउ खरिद गर्नुपर्छ । ४ रुपैयाँ प्रति किलो बेचेर त गोलभेडा टिप्न लाग्ने मजदुरलाई नै ठिक्क हुन्छ । बीउको मूल्य पनि उकासिदैन ।’ उहाँ थप्नुहुन्छ,‘कमसेकम सरकारले बजार व्यवस्थापनमा सहयोग गरे हुन्थ्यो । गोलबजार २ कै अगुवा कृषक राजकुमार सिंह भन्नु हुन्छ, ‘फागुन महिनासम्म प्रति किलो १० रुपैयाँमा बिक्री भईरहेको थियो तर चैत लागेपछि मूल्य घट्यो । ’ उहाँले आक्रोस पोख्दै भन्नुभयो, ‘ काठामाडौं र पोखरा जस्ता शहरमा अहिले महंगो पैसामा गोलभेडा बिक्री भईरहेको छ । सरकारले बजार व्यवस्थापनमा ध्यान नदिएर भएको हो ।’ कम्तिमा प्रति किलो १० रुपैयाँमा बिक्री भए पनि लगानी उठ्थो भन्ने कृषकहरुको आशा छ । यो समाचार सरगम खवर सभार गरिएको छ

स्थानीय चुनावमा एमाले अग्रस्थानमा आउने पूर्व मन्त्री यादवको दावी

प्रकाशित समय 10:35 PM
जिवछ उदासी - लहान, चैत २० गते । सिरहाको स्थानीय तहको हुने निर्वाचनमा नेकपा एमाले अधिकांश गाँउपालिका र नगरपालिकामा अग्रता लिने पूर्व समान्य प्रशासन मन्त्री तथा सिरहा –२ वाट निर्वाचित सांसद राम चन्द्र यादवले शनिवार रेडियो सरगम ९३ मेगाहर्जको कार्यक्रम सरगम सम्वाद कार्यक्रममा यस्तो दावी गर्नु भएको छ । सिरहामा ११ गाँउपालिका र ६ नगरपालिका मध्ये सात गाँउपालिका र ६ नगरपालिका मध्ये ४ नगरपालिकामा जित हासिल गर्ने पूर्व मन्त्रीले ठोकुवा गर्दै चुनावको तयारीमा एमाले अर्जून दृष्टिले लागि सकेको भन्दै यसको कुनै विकल्प छैन । संविधान कार्यान्वयन र प्राप्त उपलब्धीको लागि चुानव हुनैपर्छ । अब पनि चुनाव हुन्छ कि हुदैन तर्कमा अल्झिनु भन्दा चुनावी माहोलमा लाग्न एमाले कार्यकर्ताहरुलाई निर्देशन दिई सकेको बताउनु भएको छ । मधेशी मोर्चाले पनि आफनो शक्ति परिक्षण गर्न चुनावमा आउनुको विकल्प छैन भन्दै चुनावको वातावरण वन्दै गएको पूर्व मन्त्री यादवले तर्क गर्नु भएको छ । मधेशमा एमाले कमजोर भएको हौवा फैलाएको छ । चुनावमा गएपछि तस्बीर प्रष्ट हुन्छ भन्दै पूर्व मन्त्री यादवले एमालेको वलियो संगठन र प्रतिवद्ध कार्यकर्ताहरु हावा र हौवाको भ्रममा पर्दैन । लहान , गोलवजार मिचैया कल्याणपुर नगरपालिकामा अग्रस्थानमा छ । यस्तै गाँउपालिकाहरुमा पनि एमाले हावी हुने देखेर अन्य दलहरु चुनावमा जान नचाहेर अनेकौ वखेडा र एमालेलाई वदनाम गराउने काम गरिरहेको वताउनु भएको छ । उहाँको अनुसार स्थानीय तहको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली काँग्रेससंग हुने ठोकुवा गर्नु भएको छ ।