फेरी नापी कार्यालय धनुषामा अख्तियारको छापा, घुस सहित पक्राउ नापी सर्वेक्षक रामलोचन ठाकुर पक्राउ

प्रकाशित समय 8:38 AM
आशिक शाह चैत्र २२ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बर्दिबासको टोलीले फेरी नापी कार्यालय धनुषामा छापा हान्दा नापी सर्वेक्षक रामलोचन ठाकुरलाई २२ हजार रुपैयाँ घुससहित पक्राउ छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बर्दिबासका प्रहरी उपरीक्षक राजकुमार लम्सालको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो। सेवाग्राहीले दिएको गोप्य सूचनाको आधारमा सर्वेक्षक ठाकुरलाई घुससहित रंगेहात पक्राउ गरेको बताइएको छ। धनुषाको एकराहीका जग्गा सम्बन्धमा सर्वेक्षक ठाकुरले पैसा लिएका थिए । एकजना सेवाग्राहीले तीनजनासँग जग्गा लिई एउटै कित्ता बनाउन खोजेको बेला ठाकुरले घुस माँगेको थियो । यसबारेमा थप अनुसन्धान भइरहेको र भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइने एसपी लम्सालले बताएका छन। यसअघि गएको आइतबार मात्रै नापी कार्यालय धनुषाकै अमिन कृष्ण जोसीलाई सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ नगद घुससहित अयोगले पक्राउ गरेको थियो ।

सिरहाको दुई स्थानमा सवारी दुर्घटना, ५ घाइते

प्रकाशित समय 8:15 AM
आशिक शाह चैत्र २२ । सिरहाको धनगढीमाई नगरपलिका-९ स्थित लोकमार्गमा सोमबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किदा तीन जना घाइते भएका छन्।पूर्वबाट पश्चिमतर्फ जादै गरेको स ३ प ४४५५ नम्बरको मोटरसाइकल र सोही दिशबाट आउँदै गरेको ना ४५ प ७७७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।दुर्घटनामा ७७७९ का चालक धनगढीमाई नगरपालिका-४ का सलिम र पछाडी सवार निजकै बहिनी २३ बर्षिय सैनुन खातुन घाइते भएका छन्। उनीहरुको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ भने ४४५५ नम्बरको मोटरसाइकल चालक पोखरभिन्डा- ३ बस्ने २५ बर्षिय परमिन्द्र कामैत समेत घाइते भएकाले स्थानिय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धनगढीकोले जनाएको छ। यता धनगढीमाइ नगरपालिका १० स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको स ७ प ५१३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँकी २१ बर्षिय अशोक कुमार साह घाइते भएका छन्।दुर्घटनामा स्कुटर चालक गोलबजार नगरपलिका-५ बस्ने ४० बर्षिय बबिता साह समेतको घाइते भएकाले दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

सप्तरीमा बम फेला नेपाली सेनाको टोलीद्वारा निष्क्रिय

प्रकाशित समय 8:11 AM
आशिक शाह चैत्र २२ । सप्तरीको राजविराज नगरपालिका-४ बस्ने रविन्द्र यादवको घर अगाडी र सोही नगरपालिका-५ बस्ने विनोद चौधरीको घर अगाडी आज विहान फेलापरेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ।विहान ८ बजेतिर उक्त स्थानमा शंकास्पद बस्तु देखेपछी स्थानियले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खबर गरेका थिए।जानकरी प्राप्त हुनसाथ प्रहरीको टोली र राजविराजस्थित कृष्णदल गणबाट खटिएको नेपाली सेनाको टोलीले निष्क्रिय गरेको हो।

सप्तरीमा हात्तीको आक्रमण २ को मृत्यु ४ घाइते

प्रकाशित समय 7:59 AM
आशिक शाह चैत्र २२ । सप्तरीको हनुमानगर बजारमा मंगलबार जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ भने अन्य पाँचजना घाइते भएका छन्।विहान १० बजेतिर सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीलेले आक्रमण गर्दा हनुमाननगर योगिनिमाई नगरपालिकाका ३३ बर्षिय रोशन झा र सोही ठाउँका सञ्जय साफीको मृत्यु भएको हो।हात्तीको आक्रमणबाट गम्भीर घाइते दुवैजनालाई उपचारको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।यसैगरी घाइते हुनेहरुमा हनुमाननगरका कालीचरण साह, रविना खातुन, संजिब कुमार साह र इस्ताफ अली रहेका छन् ।उनीहरुको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।

उपचारको क्रममा कैदीबन्दीको मृत्यु

प्रकाशित समय 7:55 AM
आशिक शाह चैत्र २२ । जिल्ला कारागार सप्तरीमा सजाय भुक्तान गरिरहेका एक बिरामी कैदीको सोमबार मृत्यु भएको छ।मृत्यु हुनेमा कर्तब्य ज्यान मुद्धामा जन्मकैदको सजाय पाएका सप्तरी डाढा-८ बस्ने ८० बर्षिय नथुनी प्रसाद यादब रहेका छन्।मधुमेह तथा मृगौलाका रोगी यादब चैत्र १७ गते अचानक बिरामी भएपछी उनलाई उपचारकालागी बिराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो।यादवको उपचारकोक्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।