सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले यौनकाण्ड लुकाउन भाइको हत्या गरेकी छिन् । यादवले साथीसँग मिलेर आफ्नै ठूलोबुवाको छोराको हत्या गरेकी हुन् । १४ वर्षिय सञ्जय साहसँगको यौन सम्बन्ध खुल्ने डरले प्रियंकाले साहसँग मिलेर ठूलोबुवा कुसुमलाल यादवको १३ वर्षिय छोरा भवेश यादवको कात्तिक ३ गते हत्या गरेको प्रहरीले जनाएको छ । हत्या घटनामा संलग्न उनीहरु दुवैलाई प्रहरीेले पक्राउ गरेर छानबिन सुरु गरेको छ । भैसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई आपत्ति जनक अवस्थामा देखेका भवेशले काका र आफन्तलाई सुनाइदिने भनेपछि उनीहरु दुबै मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको आइतबार पत्रकार सम्मलेन गरी इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।
गत कात्तिक ३ गतेदेखि घरबाट हराएका भवेशको शव घर ननिकैको सिशमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा ५ गते बेलुका फेला परेको थियो । प्रियंकाले नै साथीहरुसँग भैसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए । प्रियंका र सञ्जयले आफूहरुको यौन काण्ड सार्वजपनक नगर्न अनुरोध गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ । योजना अनुरुप नै भवेशसँग समेत अतिमिल्ने र ४ कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छौं तिमीलाई पनि दिन्छौं, भन्दै घर नजिकैको वनमा लगेर हत्या गरेको सञ्जयले प्रहरीलाई बयान दिएका छन् । प्रियंका र सञ्जयले पटाका खाल्डो खनेर लुकाएका छौं, यही छ भनि भवेशलाई खन्न लगाएर उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
लाश नचिनियोस् भनेर आफूहरुले जिउ र टाउको छुट्याएर फालेको उनीहरुले सुनाएको प्रहरीले जानकारी दिएको छ । कसरी भयो अनुसन्धान ? घरबाट सञ्जय र भवेशसँगै निस्किएको र सञ्जयले भवेशलाई आफूले नचिनेको युवकसँग कुराकानी गर्न थालेपछि मलाई घर जाउ म आउँछु भनेर घर पठाएको भनेपछि प्रहरीले उसैको बयानको आधारमा स्केच फोटो बनाएको थियो । सञ्जयको बयानका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट आएका प्रहरीले उनीसँगै मिल्ने स्केच फोटो बनाएका थिए । उनीसँगै मिल्ने फोटो बनेपछि प्रहरीले अनुसन्धानलाई उनीहरुबितर मोडेको थियो । अनुसन्धानकै क्रममा सञ्जय पछि घर आउँदा पानीले भिजेको कपडा लगाएर आएको सूचना पाएपछि प्रहरीले केरकार गर्दा घटनाको रहस्य खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अनुसन्धानको क्रममा सञ्जयलाई हामीले दिनभरी ल्याएर प्रहरीसँगै राख्ने र वेलुका घर पु¥याउने गरिरहेका थियौं, पछि प्रहरीको छानबिनको घेरमा उनी आफैं परे ।’ उनीहरु दुवैलाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, २ नम्वर प्रदेशबाट आएका विशेष प्रहरीको अनुसन्धान टोली र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले हत्यामा संलग्न रहेकाले दुवैलाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।
एमाले र माओवादीसहितको बाम गठबन्धनले दुई नम्बर प्रदेशको सिट बाँडफाँड गरेको छ ।
दुई नम्बर प्रदेशमा रहेको प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट मध्ये एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभाको १५ सिट र प्रदेशमा २८ सिट पाएको छ ।
वाम गठबन्धनले भने धनुषा क्षेत्र नम्बर ३ स्वतन्त्रका लागि छोडेको छ । जहाँ जनकपुरधामसमेत पर्ने गरेको छ । उक्त क्षेत्रबाट नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
त्यस्तै, महोत्तरी २, सप्तरी ४ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्रका लागि छोडिएको छ ।
हुलाकी न्यूजलाई माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले दिएको जानकारी अनुसार स्वतन्त्रका लागि छोडिएको सिटमा प्रभाव शाली व्यक्तिहरुको खोजी हुँदैछ । जसमा मधेशवादी पार्टीबाट असन्तुष्ट नेताहरु पनि आउन सक्ने उनले बताए । तालिका : अनलाईनखबरबाट
सिरहा, १२ कार्तिक । अनैतिक सम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका २ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर आज सार्वजनिक गरेको केहि घण्टापछि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सिरहाका डिएसपी राजन भेटबालले बताए ।
काकाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र निजका नजिकका साथी सञ्जयकुमार साह पक्राउ परेका थिए । पक्राउ परेका मध्ये प्रियंकालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेरको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
कात्तिक १२ । सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले यौनकाण्ड लुकाउन भाइको हत्या गरेकी छिन् । यादवले साथीसँग मिलेर आफ्नै ठूलोबुवाको छोराको हत्या गरेकी हुन् । १४ वर्षिय सञ्जय साहसँगको यौन सम्बन्ध खुल्ने डरले प्रियंकाले साहसँग मिलेर ठूलोबुवा कुसुमलाल यादवको १३ वर्षिय छोरा भवेश यादवको कात्तिक ३ गते हत्या गरेको प्रहरीले जनाएको छ । हत्या घटनामा संलग्न उनीहरु दुवैलाई प्रहरीेले पक्राउ गरेर छानबिन सुरु गरेको छ । भैसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई आपत्ति जनक अवस्थामा देखेका भवेशले काका र आफन्तलाई सुनाइदिने भनेपछि उनीहरु दुबै मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको आइतबार पत्रकार सम्मलेन गरी इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।
गत कात्तिक ३ गतेदेखि घरबाट हराएका भवेशको शव घर ननिकैको सिशमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा ५ गते बेलुका फेला परेको थियो । प्रियंकाले नै साथीहरुसँग भैसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए । प्रियंका र सञ्जयले आफूहरुको यौन काण्ड सार्वजपनक नगर्न अनुरोध गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ ।
योजना अनुरुप नै भवेशसँग समेत अतिमिल्ने र ४ कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छौं तिमीलाई पनि दिन्छौं, भन्दै घर नजिकैको वनमा लगेर हत्या गरेको सञ्जयले प्रहरीलाई बयान दिएका छन् । प्रियंका र सञ्जयले पटाका खाल्डो खनेर लुकाएका छौं, यही छ भनि भवेशलाई खन्न लगाएर उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।
लाश नचिनियोस् भनेर आफूहरुले जिउ र टाउको छुट्याएर फालेको उनीहरुले सुनाएको प्रहरीले जानकारी दिएको छ । कसरी भयो अनुसन्धान ? घरबाट सञ्जय र भवेशसँगै निस्किएको र सञ्जयले भवेशलाई आफूले नचिनेको युवकसँग कुराकानी गर्न थालेपछि मलाई घर जाउ म आउँछु भनेर घर पठाएको भनेपछि प्रहरीले उसैको बयानको आधारमा स्केच फोटो बनाएको थियो ।
सञ्जयको बयानका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट आएका प्रहरीले उनीसँगै मिल्ने स्केच फोटो बनाएका थिए । उनीसँगै मिल्ने फोटो बनेपछि प्रहरीले अनुसन्धानलाई उनीहरुबितर मोडेको थियो । अनुसन्धानकै क्रममा सञ्जय पछि घर आउँदा पानीले भिजेको कपडा लगाएर आएको सूचना पाएपछि प्रहरीले केरकार गर्दा घटनाको रहस्य खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अनुसन्धानको क्रममा सञ्जयलाई हामीले दिनभरी ल्याएर प्रहरीसँगै राख्ने र वेलुका घर पु¥याउने गरिरहेका थियौं, पछि प्रहरीको छानबिनको घेरमा उनी आफैं परे ।’ उनीहरु दुवैलाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, २ नम्वर प्रदेशबाट आएका विशेष प्रहरीको अनुसन्धान टोली र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले हत्यामा संलग्न रहेकाले दुवैलाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।
राजविराज,१२ कर्तिक lछोराबुहारीलाई विदा गरेर बसेका तिलाठी-कोइलाडी गाउँपालिका १ तिलाठीका ८५ बर्षीय पण्डित रमानाथ झा ‘हामी काठमाडौं पुग्यौं है’ भन्ने फोनको पर्खाइमा थिए ।तर, उनलाई छोराको त्यो बोली कहिल्यै सुन्न नपाउने भएका छन् । झाका छोरा बुहारी, नातीहरु सवार बस त्रिशुली नदीमा खसेको छ l
तिलाठी काेईलाडी गाऊपालिका १ तिलाठिका सँजित झा ५ जना अाईतवार देखि अाैफिस सुरू गर्नकाे लागि घरवाट काठमान्डाै लागि हिडेका थिए ।
राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धकको रुपमा कार्यरत झा सहित उनका पत्नी सिमि झा १० वर्षा छाेरा अभिनव ४ वरषका छाेरा प्रतिक भाई अनजित साली पुजा सालाे बिटु एउटै बसमा चठेर गईरहेकाे थियाे ।
तर सँजित सहित काेही पनि काठमानडाै पुगेन,उनीहरू ना ६ख १४६७ नम्वरकाे सन्देश गाडीवाट जाँदै गर्दा अाईतवार बिहान त्रिसुलीमा खसेपछि
बसमा सवार सँजित, उनका भाइ, पतनी दुई छाेरा र साली सबैकाे मृत्यु भईसकेकाे छ ।
गाउँले पनि शोकमा छन् । वडाध्यक्ष दिनेश्वर मिश्रले तिलाठी गाउँमा ठूलो बज्रपात परेको बताए । उनले भने, ‘गाउँका सबै जनाको आँखा रसाएको छ । बिहानै खबर सुनेकाले गाउँका सबै भोको बसेका छन् ।’
संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए ।
संजित राष्ट्रिय बाणिज्य बैंक गौशाला शाखामा प्रबन्धक थिए भने उनका भाइ अन्जित निजी कलेजहरुमा पढाउँथे । संजीतका सालो बिटु र साली पूजा काठमाडौंमा अध्ययन गरिरहेका थिए ।
संजितकी पत्नी सिमी र दुई छोरा उनीसँगै काठमाडौंमै बस्थे । झा परिवार दीपावलीका लागि तिलाठीस्थित घर आएका थिए । दीपावली र छठ मनाएर काठमाडौं जाँदै गर्दा दुर्घटनामा परे ।
कार्तिक १२। जनकपुर हत्या काण्डका आरोपित पुर्व सांसद तथा चर्चित युवा नेता सन्जय साह (टकला) जेल बाट उम्मेदवारी दिने निश्चित भएको छ । नेता साह जेल बाट आफ्नै पुरानो पार्टी (मधेश क्रान्ती फोरम) को तर्फबाट स्वतन्त्र उम्मेदवारी दिने निश्चित भएको छ ।
चुनावको मुखमा आफुँ प्रति विभिन्न मिडियामा आएको समाचारहरु सत्य तथ्य नरहेको र जनता माझ विभिन्न राजनीतिक दल तथा विपक्षीहरुले बारमबार बदनाम गर्न लागेको समेत जानकारी दिए । आफुँ विरुद्ध साजिस रच्ने राजनितीक दल र विपक्षीलाई यसै चुनावबाट मुहतोड जवाब दिने र जनताको मनोभावनालाई कदर गरि आफुँ चुनावमा उठ्ने निधो गरेको समेत बताए ।
जनकपुरमा निकै बलियो पकड बनाएका नेता साह जेलबाट धनुषाको क्षेत्र नं. ३ को ”क” बाट नेपाली कांग्रेसको विमलेन्द्र निधि विरुद्ध उम्मेदवारी दिने उनि निकट युवा नेता नविन यादवले बताए । यादवका अनुसार चुनाव चिन्ह अहिले टुंगो न लागेको र निर्वाचन आयोगले दिए अनुसारकै चिन्ह लिएर चुनावी मैदानमा उत्रिने बताए ।
साहको जनकपुरमा ठुलो संख्यामा भोट ब्यांक रहेको र उनी विरुद्ध काँग्रेस र तत्कालिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र उनका समर्थकहरुले षडयन्त्र गरेको अवस्थामा जेल बाट उम्मेदवारी दिई जनताको भरपुर सहानुभुति प्राप्त हुने अपेक्षा गरिएको बताए ।
आफुँ एक सच्चा मधेशी नेता भएको हुनाले कहिले मधेश को मुद्दा न त्यागने र मधेश मुद्दाको वकालत गरेकै हुनाले आफुलाइ फसाईएको समेत आरोप लगाए ।
साह एउटा ठूलो जन्यधर बोकेको नेता हो र वहाँ युवा, गरीब, असहाय र मधेशी जनताको मनमा बसेको हुनाले बिपक्षीहरुलाई हारको डरले छटपटाहट सुरु भैसकेको आफुँहरुले महसूस गरेको युवा नेता नविन यादवले बताए ।
मिडियालाई पैसा खुवाई आफुँहरु प्रती बारम्बार भ्रामक सामाचार सम्प्रेषण गर्न लगाई चुनावको मुखमा जनता माझ आफुँहरुलाई बदनाम गर्न खोजिएको प्रती यादवले घोर भत्सर्ना समेत गर्नु भयो ।
News
कातिक ९ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका कारण मंसिर १० र २१ गतेको निर्वाचन सर्ने पक्का सरह भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा निर्वाचन कार्यक्रम र तयारी गर्दै आएका यादवले आयोगभित्र विवादास्पद निर्णय गर्दै आएको खुलासा भएको छ । संविधानमा रहेको संवैधानिक प्रावधान विपरित प्रमुख निर्वाचन आयुक्त यादवले मतपत्र छपाईमा ठूलो त्रुटि गरेका छन् । राजपा नेपालका नेता शर्वेन्द्रनाथ शुक्लाले मतपत्रका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि सो विषयमा खोजविन गर्दै जाँदा यादवको विवादस्पद निर्णयहरूको खुलासा भएको हो ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छपाई सम्बन्धमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेपछि प्रमुख निर्वाचन आयुक्त यादवको एकएक गरेर सबै कर्तुतहरू बाहिरिन थालेका हुन् । अब निर्वाचन स-यो भने त्यसमा माओवादी निकट प्रमुख निर्वाचन आयुक्त यादवको प्रमुख दोष रहनेछ ।
स्रोतले भन्यो, ‘प्रचण्ड र केपी ओलीको डिजाइनमा अयोधीप्रसाद यादवले संविधानसभन्दा भाहिर गएर निर्णय गर्दै आएका छन् । त्यसको परिणाम अब भोग्नुपर्ने भएको छ ।’
सुपर हिरो बन्ने योजनामा मनपरी निर्णय गर्दै आएका यादवको पछिल्लो चर्तिकलाले सबैभन्दा धेरै नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा रिसाएका छन् ।
‘अयोधीप्रसाद यादवको गलत काम र निर्णयले गर्दा मलाई एमाले र माओवादीले निर्वाचनविरोधी आक्षेप लगाउने भए’, प्रधानमन्त्री देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘अब अयोधीप्रसाद यादवले प्रमुख निर्वाचन आयुक्तबाट हटाउनेभन्दा अर्को बिकल्प छैन ।’ प्रमुख निर्वाचन आयुक्त यादवको यस्तो हर्कतले गर्दा रिसाएका प्रधानमन्त्री देउवाले अबको कदम कसरी अगाडि बढाउन सकिन्छ भने कानूनका जानकार र सल्लाहकारहरूसँग परामश गरेका छन् ।
‘गम्भीरतापूर्वक लिइ विचार गर्ने नै हुँदा’ भन्ने शब्दावलीको मर्म र भावना अनुकुल दुई भिन्न भिन्न ऐन बमोजिम ब्यवस्थित गर्नुपर्ने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन प्रयोजनका लागि अलग अलग मतपत्र छाप्नुपर्ने बाध्यात्मक कानूनी ब्यवस्थाअनुरुप यस्तो मतपत्र छाप्ने कार्यमा के कति प्रगति भएको छ ? सो सम्बन्धमा भएको प्रगति वा उक्त आदेशमा मिति २०७४/७/१० गतेदेखि मतपत्र छपाई शुरु गर्ने भन्ने उल्लेख भएकाले यसरी छपाई गर्दा अलग अलग मतपत्र छपाई गर्ने सम्बन्धमा गरिएको सुनिश्चिताको कार्य प्रगतिसहितको लिखित जवाफ पेश गर्नु लगाउनु’, सर्वोच्चको बुधबारको आदेशमा उल्लेख छ ।
निर्वाचन कानूनअनुसार नै प्रदेश र प्रतिनिधिसभाको छुट्टाछुट्टै मतपत्र हुनुपर्ने भन्दै राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले रिट दायर गरेका थिए । उक्त रिटमा निर्वाचन आयोगले गम्भीरतापूर्वक लिइ विचार गर्ने नै हुँदा अन्तरिम आदेश जारी गरिरहनु परेन भनी आदेश दिएको थियो ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन ऐन विपरित समानुपातिक मतमा ८८ वटा चुनाव चिन्ह राखेर भद्रगोल गरेको आरोप लागेको छ । आयोगमा जम्म ४९ वटा दलहरू मात्रै छन् । तर, यादवले आफू खुसी समानुपातिकका लागि भनेर ८८ वटा चिन्ह राखेर विवाद खडा गरेका हुन् ।
समानुपातिकको मत पत्रमा ऐन विपरित ८८ वटा चुनाव चिन्ह राखेको विरोधमा शुक्रबार सर्वोच्चमा रिट पर्दै छ । त्यसका लागि धमाधम तयारी भइरहेको छ ।
कार्तिक ३। सिरहा नेपालीहरूकाे महान चार्ड तिहारकाे अाज चाैथाे दिन घर घरमा गाई , गाेरू र गाेबरधान पूजा गरेका छन् । मिथिला अञ्चलमा यसै दिन गाउँ गाउँमा परम्परा देखि मनाईदै अाईरहेकाे हुरा हुर्री चार्ड मनाएका छन् । नव जागरण युवा क्लव नवराजपुरले संस्कृती परम्परालाई जाेगाई राख्नकाे लागि साेनवर्षा मन बि काे पङगनमा हुरा हुर्री कार्यक्रम भब्याताकाे साथ मनाएकाे छ। हुरा हुर्री परम्परागत रूपमा तराई मध्ेशका जिल्लहरूका गाउँ घरमा मानाउदै अाईरहेका छन् । याे पर्व खास गरि सधैँ भरी पापीका बिनाश र पुन्या बिजय हुन्छ र यश कार्यक्रमा सहभागी हुनेलाई शक्ति प्राप्त हुन्छ भने जान विश्वास रहेकाे समाजका वृद्व िबन्दी लाल यादब भन्छ । यश पर्वमा गाईलाई भगवानकाे रूपमा मानि सुङगुरलाई पापी जनावरकाे रूपमा ाािन सुङगुरलाई ठुलाे डाेरीले बाँधी घिसारी गाई र भैँसिले लखेडी लखेडी मार्ने परम्परालाई हुरा हुर्री भनिन्छ। याे परम्परा हिंसत्मक भएकाेले लाेप भईरहेकाे बताउछ श्री जनता मा बि साेनपर्षाकाे शिक्षक जितेन्दर् ठाकुर । संस्कृतीलाई जाेगाउनु पर्छ तर हिंसालाई हाेईन । त्यसैले याे पर्वमा सुङगुर बाध नगरी कुस्ती प्रत्याेगिता संचालन गरि मनाउनु पर्छ ठाकुरले भन्नू भयाे ।
ऑनलाइन सिरहा कार्तिक १ | बैदेशिक रोजगारको लागी सप्तरीबाट कतार गएका एक नेपालीको सड़क दुर्घटना मा परी मृत्यु भएको छ | मृत्यु हुनेमा सप्तरीको तिलाठी कोलाड़ी गाऊ ४ बसने वर्ष २७ को बिमलेश मंडल रहेको स्थानीयले जानकारी दिनु भयो | बिमलेश ६ महिना अगाडी रोजगारीको लगी कतार जानुभएको थियो |
उहालाई गएराती एक अनजान गाडीले ठक्कर मारी भागेका कारण गाडीको नम्बर खुल्न नसकेको बताएको छ | सोही जिल्ला बस्ने किसुन मण्डलको सहयोगमा अली ओभारसिज इटहरीमार्फत २०७३ चैत महीनामा उहा कतार जानुभएको थियो| उहाको शब नेपाल ल्याइदिनको लागी सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन |
सिरहा– जिल्ला भन्सार कार्यालय सिरहाको गस्ति टोलिले २० लाख मूल्य बराबरको लत्ता कपडा बोकेको गरको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भन्सार छलेर नेपालतर्फ ल्याइरहेको स. १ च १२८३ नम्वरको पिकप भ्यान, त्यसका चालक, गाडीमै रहेका अर्का एकजनालाई भन्सार कर्मचारीले सोमबार राती १ बजे सिरहा नपा २ छोटकीटोलबाट नियन्त्रणमा लिएको हो । सामान बरामद गरेको स्थानभन्दा करिव पाँच सय मिटरको दुरीमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रहेको छ ।
भन्सार कार्यालयले सामानको मूल्याङ्कन कार्य गरिरहेका भएपनि २२ वटा पोकामा करिव २० लाख मूल्य बरावरको साडी, कर्ता सुरवाल, साना नानीहरुले लगाउने कपडा रहेको जनाएको छ । पक्राउ पर्नेमा गोलबजार २ का सवारी चालक रामपुकार साह र अर्का रौतहट, सोहर्नीया ३ का महेन्द्र साह रहेको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार छलेर धेरै सामग्री नेपाल भित्रिने गरेको सूचना पाएपछि आफूहरुले गस्ति सुरु गरेको जिल्ला भन्सार कार्यालय सिरहाका प्रमुख राजेन्द्र कुमार हमालले जानकारी दिए । गस्ति शुरु भएदेखिकै सवैभन्दा ठूलो परिमाणमा सामान बरामद गरेको उनले बताए ।
जिल्ला भन्सार कार्यालयमा आर्थिक वर्ष सुरु भएपछि लक्ष्यअनुसार साउन महिनामा ६२ प्रतिशत र भदौ महिनामा ५६ प्रतिशतमात्र भन्सार असुली भएको जनाएको छ ।
शिव दयाल यादव सिराहा, असोज ३१ गते
सिराहा मा प्रतिनिधि सभा निर्वाचन को लागि राजपा अध्यक्ष मणडल सदस्य राज किशोर यादव को नाम सिफारिस भएको छ ।सिराहा को प्रतिनिधि सभा क्षेत्र नम्बर ४ बाट एक्लो नाम सिफारिस गरेको राजपा का केन्द्रिय सदस्य किशोरी यादव ले जानकारि दिनु भएको छ ।
अध्यक्ष यादव को नाम राजबिराज र जनकपुर बाट चुनाव लडने भने पनि आफनै पुरानो निर्वाचन क्षेत्र बाट जनचाहना अनुसार चुनाव लडने भएको छ ।
प्रदेश सभा को लागि उक्त क्षेत्र अन्तर्गत बाट किशोरी यादव,सुरेश मनडल,कपिलदेब यादव , उदय नारायण यादव,राम प्रकाश यादव,राम बावु यादव, राम दयाल यादव को नाम सिफारिस गरेको छ ।
यसैगरि सिरहा १ को क वाट प्रदेश सभाको लागि राजेन्द्र चौधरी र ख वाट अशोक यादव सर्वसम्मतवाट सिफारिस भएको हो । सिरहा २ को क प्रदेश सभाको लागि वेचन यादव , शैलेन्द्र यादव अनिल कुमार यादव , शिवनाथ यादव , लक्ष्मण साह अरुण कुमार यादव अजय यादव ख वाट मदनसेन प्रसाद श्रीवास्तव , सत्य नारायण यादव , शोभा वराल सिरहा ३ क वाट योगेन्द्र सिंह सर्वसम्मत ख वाट सिफारिस हुन सकेको छैन । सिरहा ४ का क वाट कल्याणी ढुङगना , भोला पोखरेल , राम वावु साह , सुर्यनाथ यादव , देव प्रकाश महतो र जिवछ साह ४ को ख वाट चन्द्र भुषण साह , भरत मरिक यादव तुलसी प्रसाद यादव र राम चन्द्र कापर रहेका छन ।
संघिय समाजवादी फोरम नेपाल सिरहा १ वाट प्रत्यक्ष तर्फ सत्य नारायण यादव , राज लाल यादव र सरिता गिरी , २ वाट शत्रुधन सिंह र विजय यादव , ३ वाट अशेश्वर यादव , खालिदी सिद्दिकी र पप्पु यादव सिरहा ४ वाट डा. विरेन्द्र सिंह र शितल यादवको नाम सिफारिस भएको जिल्ला कमिटि सदस्य प्रयाग लाल यादवले जानकारी गराउनु भएको छ । उहाँको अनुसार १ नम्वर क्षेत्रको क प्रदेश सभावाट जितेन्द्र प्रकाश महतो , श्याम साह , ख वाट प्रयाग लाल यादव , दिपेश यादव र राज कुमार गुप्ता २ को क वाट निर्मला यादव , विनोद यादव ख वाट अजय यादव र कैलाश प्रसाद साह , ३ को क वाट कुलेश्वर यादव र ख वाट मनोरञ्जन गोईत र ४ को क वाट विष्णु साह र विरेश्वर यादव ख वाट अमर कुमार यादव र दिलिप कुमार यादवको सिफारिस भएको छ ।
सौगात लहान २७ असोज ।
प्रदेश र प्रतिनीधि सभा निर्वाचनको लागि सरकारले देशभरबाट ९८ हजार म्यादी प्रहरीको भर्ना खोलेपछि जागिर खान मधेशी समुदायका युवायुबतीहरुको आकर्षण बढेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय सिरहा अगाडी बिहानैदेखि युवाहरुको ठूलो भीड थियो । उनीहरु प्रचन्ड गर्मीका बाबजुद बेलुका ६ बजेसम्म पनि फारम दर्ता गराउन लाईन बसेका भेटिए । सिरहा प्रहरीले म्यादीमा आबेदन दिने युवा युवतीको चाप थेग्न नसकेपछि चार ठाँउबाट फारम दर्ता गर्ने ब्यबस्था गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । फारम दर्ता शुरु गरेको पहिलो दिन बुधबार मात्र जिल्ला प्रहरी कार्यालय सिरहाबाट ६९ महिला र ७ सय ६ ४ पुरुष गरी आठ सय ३३ युवायुबतीले फारम दर्ता गरेका छन् ।
बेरोजगार युवायुबतीले आकर्षक तलब सुबिधा भएकाले र थोरै समय भएपनि देशको सेवा गर्न पाईने भएकोले म्यादी प्रहरीमा जान चाहेको प्रतिक्रिया दिए । म्यादी प्रहरीका लागि सिरहाको लहान, मिर्चैया र गोलबजारबाट पनि फारम बितरण गर्ने बयबस्था छ भने दर्ता जिल्ला प्रहरी कार्यालय सिरहाले मात्र लिएको छ । स्थानीय तहको निर्बाचन सुरक्षाका लागि सिरहामा ६ हजार युवाहरुले आबेदन दिएका थिए ।
सिरहा, २४ असोज । सिरहामा एक युबकको घाँटी रेटेर हत्या गरिएको छ । जिल्लाको कर्जन्हा नगरपालिका १० प्रयोगपुर बस्ने काशिलाल साहको करीब ३५ बर्षिय छोरा शशिभूषण प्रसाद साहको घरमा सुतिरहेको अवस्थामा घाँटी रेटेर अज्ञात समूहले हत्या गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए ।
दुई तल्ले घरको भुई तल्लामा सुतिरहेको अबस्थामा साहलाई सोमबार राति करीब १२ बजे अज्ञात समुहले घाँटी रेटि हत्या गरेको परिबारजनले जनाएको छ ।
अज्ञात समूहले धारिलो हतियार प्रहार गरी घाँटी रेटेर साहको हत्या गरेका प्रहरी नायब उपरिक्षक बज्राचार्यले बताए । अपराधीको खोजी भइरहेको समेत उनले दाबी गरे । हत्या गरेको आशंकामा एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
साहको हत्याले गाउँ शोकमग्न भएको छ । साहको श्रीमति, २ बटा छोरा र २ छोरी रहेको छ ।
साहको शव पोष्टमार्टमका लागि रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा राखिएको छ । साह एमालेको स्थानिय कार्यकर्ता रहेको बुझिएको छ ।
आश्विन १९ ,प्रमोद यादव
ओनलाइन सिरहाले अनरोइड ऐप सावजनिक गरेको छ। अनरोइड ऐप गूगल प्ले स्टोरमा उपलब्ध छ। उक्त एपबाट ताजा समाचार पढ्न सकिन्छ। साथै राष्ट्रियकै लोकप्रिय अनलाइन कान्तिपुर ,सेतोपति ,रातोपाटी ,अनलाइन खबर बाट प्रकाशित समाचार पनि हेर्न सकिन्छ। यो एप डाउनलोड गर्न यो लिंक थिच्नुहोस