हिन्दु राष्ट्रबारे रेणुको अभिव्यक्तिले मोदीको पार्टीमा बबाल
Advertise Here Book Now

रेणुलाई स्पष्टीकरण सोध्ने तयारी
Renu devu BJPकाठमाडौ फागुन ६ – भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष रेणु देवीले नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने अभिव्यक्ति दिएको प्रति सो पार्टीमा ठूलो हलचल मच्चिएको छ । नेपाल भारत सहयोग मञ्चको उद्घाटन गर्न काठमाडौ आएको बेला उपाध्यक्ष रेणु देवीले नेपाललाई हिन्दु राष्ट्र बन्नुपर्ने आफू र आफ्नो पार्टीको आधिकारिक धारणा रहेको अभिव्यक्त दिएकी थिइन् सोही अभिव्यक्तिका आधारमा भाजपाले रेणु देवीसँग स्पष्टीकरण सोध्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
स्थलमार्ग हुँदै राती अवेर विहार पुगेकी रेणु देवीसँग भाजपाका महासचिव रामलालले फोन गरी पार्टीको लाइन विपरित नेपालमा गएर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । जवाफमा रेणुले आफूले बोलेको कुरा आफ्नो व्यक्तिगत भएको र आफ्नो कुरालाई सञ्चारमाध्यमले व्यग्यांएर प्रस्तुत गरेको प्रतिकृया दिइन् । उनले पार्टीले आफूलाई सोध्ने स्पष्टीकरणको जवाफ दिन तयार रहेको पनि जनाएकी थिइन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्