दुई तिहाइको घमण्डलाई चकनाचुर बनाउन आन्दोलन : राजेन्द्र महतो
Advertise Here Book Now

पर्सा, ४ फाल्गुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यही संविधानसभाबाट संविधान जारी हुने दाबी गरेका छन् । मधेसी पत्रकार समाज पर्साले आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष महतोले सत्तारूढ दलहरूलाई दबाब दिनका लागि आफूहरूले आन्दोलन गर्न परेको बताए । 

उनले दुई तिहाइको घमण्डलाई चकनाचुर बनाउन पनि आन्दोलनको तयारी गरिएको बताउदै संविधानसभाको एक वर्षको समय सकिएको भए पनि अझै तीन वर्षको समय बाँकी रहेका कारण संविधानसभाबाट नै संविधान जारी हुने सम्भावना रहेको उल्लेख गरे ।

संविधान जारी गर्नका लागि सडकबाट आफूहरूले दबाब मात्रै सृजना गर्न लागेको अध्यक्ष महतोले स्पष्ट पारे । उनले मधेसमा पहाडी समुदायका पनि बाक्लो उपस्थिति रहेका कारण मधेसलाई समुदायको आधारमा टुक्र्याउन नहुने बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्