शिवरात्री मनाउन गएका सूर्य घर फर्केनन् नयाँबजार प्रहरीविट मुनि मृत भेटिए, परिवार अचेत
Advertise Here Book Now

पोखरा, ६ फागुन

Surya Bahadur Pandey Chhetri
मंगलबार शिवरात्रीको दिन । रातीसम्म पोखराका विभिन्न स्थानमा धुनी जागेको थियो ।  युवाहरु समूह बनाएर त्यतैतिर लागे । पोखरा–९ नयाँबजार बस्ने सूर्यबहादुर क्षत्री पनि साँझतिर साथीहरुसंग घरबाट निस्के । उनी धेरै टाढा पनि गएनन् । नयाँबजारमै रहेको राममन्दिर
वरपर पुगे ।
क्षत्रीको परिवारले साँझ घर फर्कालान भन्ने सोँच्यो । तर, उनी घर फर्केनन् । कहिले काँहि साथिहरुस“ग गएर बस्थे । मंगलबार पनि परिवारले साथीसंगै बसे होला भन्ने सोँच्यो । तर, एका बिहानै परिवारले यस्तो खबर सुन्यो । जुन कल्पना नै नगरिएको थियो । तुलसीघाटको पुलमुनी सूर्यको लास भेटियो भन्ने सुन्दा परिवार छाँगाबाट खसेजस्तै मात्रै भएनन्, अचेत भएका छन् । सेती माथीको पुलमुनी नदीमाथी पहरामा उनको मृत शरिर भेटियो । नयाँबजार अस्थायी प्रहरी विटमुनी नै उनको प्रहरीले भेटिएको खबरले वृद्ध आमा, बाबा, दाजु तथा दिदीहरु मुर्छित भएका छन् । सिल्दजुरे–५ घर भै हाल नयाँबजार बस्ने २५ वर्षिय क्षत्रीको मृत शरिर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । ‘यस्तो खबर सुन्दा परिवारलाई सम्हाल्नै  सक्ने अवस्था छैन ।’ क्षत्रीका आफन्त जमुना शर्माले भनिन् ।
वाटो हिड्ने मान्छेले परिवारलाई खबर गरेका थिए । त्यसपछि परिवार घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनाको मुचुल्का उठाइ क्षेत्रीय अस्पतालमा शव राखेको छ । परिवारले कसैले सुनियोजित रुपमा हत्या गरेको आशंका गरेको छ । शर्माले बुधवार दिउँसो प्रहरीमा संकास्पद केहि व्यक्तिको नामसहित जाहेरी दिएको बताइन् । क्षत्रीले केहि पहिला वर्कसपमा काम गर्ने गर्दथे ।
प्रहरीले शंका लागेका तथा साँझ झगडा भएका केही व्यक्तिलार्इ  सोधपुछ गरेको बताएको छ । जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक केदार रजौरेले घटनाबारे अनुसन्धान भैरहेको जानकारी दिए । ‘अनुसन्धान भैरहेको छ, अहिले केहि भन्ने अवस्था छैन’ उनले भने, ‘केहि मान्छेलाई पक्राउ गरेर सोधपुछ गरेका छौं ।’
घटनास्थलदेखि केहि माथी मात्रै नयाँबजार अस्थायी प्रहरी विट रहेको छ । त्यति नजिकै त्यस्तो घटना हुँदा सुरक्षा निकाय कहाँ थिए भन्ने प्रश्न पनि उठेको छ । प्रहरी विटमा हवल्दारको नेतृत्वमा ५ जना प्रहरी रहन्छन् । पीडित परिवारले घटनामा संलग्नलाई पक्राउ गरिनुपर्ने आग्रह गरेकोछ । मृतकका दाजु महेन्द्र क्षत्रीले कसैले हत्या गरेको हुन सक्ने भन्दै घटनामा संलग्नलाई पक्राउ गरि कार्वाही गर्न अनुरोध गरे । परिवारमा बाबा, आमा, ४ दाजु र २ दिदी रहेका छन् । प्रहरी स्रोतले मृतक क्षत्री लागु औषध सेवन गर्ने युवाहरुसंग हिड्ने गरेको र उनीहरुसंगैको झैझगडामा घटना घटेको हुन सक्ने बतायो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्