Breaking,
Photo
»
मातृकाले भने ‘प्रचण्ड बिगार्न पनि बहादुर, सपार्न पनि बहादुर !
मातृकाले भने ‘प्रचण्ड बिगार्न पनि बहादुर, सपार्न पनि बहादुर !
Advertise Here Book Now
काठमाडौं, २ चैत – एकीकृत नेकपा माओवादीबाट अलग भएका नेकपा माओवादीका अध्यक्ष मातृका यादवले पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको नेतृत्व गर्नेमा शंका गरेका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रचण्डले फुटेका माओवादीसँग कार्यगत एकता पनि गर्न नसकेकोले पार्टी एकता गर्न कठिन रहेको बताए । ‘कामरेड प्रचण्ड बिगार्नमा पनि बहादुर सपार्नमा पनि बहादुर हुनुहुन्छ’ उनले थपे, ‘क्रान्तिको लागि छलफल चलिरहँदा वार्ता समिति बनाएर केपी बासँग छलफल गर्न जानुहुन्छ ।’ उनले प्रचण्ड, बाबुराम भट्टराईलाई लेनिन, रुसको क्रान्तिका बारेमा पढ्न पनि सुझाव दिएका थिए । केका लागि माओवादी फुटेको र फेरि के कारणले जुट्न खोजेको भनेर प्रश्न गर्दै उनले भने, ‘क्रान्तिको लागि हो भने यो एकीकरण अभियानमा मेरो पनि समर्थन छ, अस्तित्व वचाउनको लागि हो भने केही भन्दिन ।’ सोही कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले सबै माओवादीका नेताहरुलाई आफ्नो पार्टीले कार्यदिशा दिन चाहेको बताए । ‘हाम्रो पार्टीको कार्यदिशा छ’ उनले भने, ‘नेताहरुलाई माओवादीको सही कार्यदिशा हामी दिन चाहन्छौं ।’ उनले माओवादीका ५÷७ जना नेताहरुको टाउको एक ठाउँमा राख्दैमा पार्टी एकता हुन नसक्ने पनि बताए । प्रचण्ड, वैद्य, बाबुरामको नेतृत्व जनतामा आएमात्रै पार्टीको एकता हुन् उनको भनाई थियो ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्