राष्ट्रपतिलाई केपी ओलीको सुझावः ‘सेरेमोनियल पदमा बसेर राजनीति नगर्नुस्
Advertise Here Book Now

KP-Oli-In-TIAऑनलाइन सिरहा डटकम ७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बोच्च अदालतले अरु कसैबाट प्रेरित भएर १६बुँदे सहमतिसम्बन्धी आदेश जारी गरेको बताएका छन् ।
नियमित स्वास्थ्य परीक्षणपछि मंगलबार थाइल्याण्डबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भने–‘‘सर्बोच्चको पछिल्लो आदेश राजनीतिक र अन्य उद्देश्यबाट प्रेरित भएर आएको हो । यसले संविधान निर्माण प्रक्रियालाई रोक्न सक्दैन ।’
चाँडै संविधान जारी हुने बताउँदै ओलीले संविधानसभालाई कुनै आदेश र फैसलाले प्रभावित पार्न नसक्ने बताए । उनले अन्तरिम संविधान अनुसार मात्र संविधान बन्न नसक्ने पनि प्रष्ट परे । भने-‘अन्तरिम संविधान अनुसार मात्रै संविधान बनाउने हो भने त किन चाहियो संविधानसभा ।’
ओलीले राष्ट्रपति रामबरण यादवलाई कुनै पनि राजनीतिक दाउपेच नराख्न समेत सुझाव दिएका छन् । उनले राष्ट्रपति पद सेरेमोनियल भएकाले त्यो पदमा बसेर राजनीति गर्न नहुने बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्