नक्कली प्रहरी बनी लुटपाट गर्ने ६ जना पक्राउ
Advertise Here Book Now

 ऑनलाइन सिरहा डटकम /असार ०६ । महाभूकम्प पछि काठमाडौं उपत्यकामा हतियार सहित नक्कली प्रहरी बनि चोरी, डकैती तथा लुटपाट गर्न आएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरिय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी धादिङ्गका बेग बहादुर तामाङ, सन्देश तामाङ, काजि श्रेष्ठ, प्रेम गुरुङ, सुनसरीका सम्राट राई र काठमाडौंका सुनिल तामाङलाई आइतबार सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट आधुनिक अमेरिकन पेस्तोल दुईथान, म्याग्जिन १ र तिन राउण्ड गोली समेत बरामद गरेका छन् ।
साथै  पक्राउ परेका सम्राटको काठमाडौंको ज्याँठास्थित डेराको कोठाबाट प्रहरीको चुस्ता र ज्याकेटहरु समेत बरामद गरेको छ ।
साथै प्रहरीले भूकम्पमा परी घर भत्कियो भनेर पैसाको खाँचो छ भन्दै नक्कली डलर बेच्ने सिन्धुपाल्चोकका गंगा बहादुर दुम्जनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्तले ८ लाख बराबरको डलर साट्ने भन्दै कागजको बन्डल दिएको प्रहरीले जनाएको छ । इमेज खबरबाट

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्