सभामुखसँग पाकिस्तानी र अष्ट्रेलियाली राजदूतद्वारा भेटवार्ता
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम /सभामुख ओनसरी घर्तीसँग नेपालका लागि पाकिस्तान र अष्ट्रेलियाका राजदूतले आज अपराह्न उनकै कार्यकक्षमा बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइट र पाकिस्तानी राजदूत अर्सद सउद खोसाले सभामुखलाई भेटेर आफ्ना मुलुक र नेपालबीचको सम्बन्धबारे विचारविमर्श गरेका थिए ।
श्रीमती ओनसरी सभामुखमा निर्वाचित हुनुभएकामा दुवै देशका राजदूतले बधाई ज्ञापन गर्दै नेपालको संसदीय विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका संसद् सचिवालयले जनाएको छ ।
उनीहरुले नेपालको संसदीय अभ्यासका बारेमा अध्ययन गर्न दुवै मुलुकका उच्च अधिकारी इच्छुक रहेका र भ्रमण आदानप्रदान पनि उत्तिकै जरुरी भएको अभिव्यक्ति दिएको थिए ।
सभामुखले नेपालको सामाजिक एवम् आर्थिक विकासमा दुवै मुलुकले गरेको सहयोगको सराह्रना गर्दै भविष्यमा पनि पारस्परिक सहयोग अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्