सिरहामा जारी आन्दोलनमा समर्थन बढ्दै । मोर्चाले किसानहरुलाई डिजेल बाड्यिो ।
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २० कार्तिक ।
सिरहाका मिर्चैयामा आन्दोलनलाई थप कडा बनाउने सम्बन्धमा विभिन्न पक्षसंग अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । मिर्चैया नगरपालिका अन्तर्गत भगबतपुरमा मधेशी मोर्चाले अन्य दलहरुसंग आन्दोलनलाई थप कडा बनाउने बारे अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा नेकपा एमाले, नेपाली कांग्रेस र एमाओबादी लगायतका दलहरुले आन्दोलनप्रति सहमति जनाएको संघिय समाजबादी फोरम नेपालका जिल्ला सदस्य राम दयाल यादबले बताए ।
Advertisement

अन्य दलहरुले मोर्चाको आन्दोलनमा सहमति जनाएपछि मिर्चैयामा सरकारको बिरुद्धमा सर्बदलिय बिरोध जुलुस प्रदर्शन गरिएको छ । भगबतपुरबाट सुरु भएको बिरोध र्याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्थानिय कटारी चौकमा कोण सभामा परिणत भएको थियो । कोण सभामा नेकपा एमालेका कासी यादब, नेपाली कांग्रेसका राजेन्द्र साह, मधेशी मुक्ति राष्ट्यि मोर्चाके केन्द्रिय सदस्य तथा एमाओबादीका नेता बिरेश्बर यादब लगायत मोर्चाका कार्यकर्ताहरुले सरकारको कडा आलोचना गरेका थिए । यता, आमहडतालको कारणले इन्धनको समस्याले चिन्तामा परेका किसानहरुलाई मोर्चाका कार्यकर्ताहरुले गोलबजारमा डिजेल र  पेटेल बितरण गरिएको मोर्चाका नेता संतोष साहले बताए । स्थानिय प्रसाशनको सहयोगमा करीब २०० किसानहरुलाई डिजेल र पेटेल बितरण गरिएको साहले बताए । यता, मोर्चाका कार्यकर्ताहरुले सिरहाको कोरनियाहीमा डिजेल नियन्त्रणमा लिई आगजनी गरेका छन् । मोर्चाका नेता सुरेश साह र मोहन मंडलको नेतृत्बमा रहेका कार्यकर्ताहरुले अबैध रुपमा भारतबाट तस्करी गरि ल्याँउदै गरेको अबस्थामा करीब १ सय २० लिटर डिजेल नियन्त्रणमा लिई आगजनी गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्