वीरगंज नाका पुनः आन्दोलनकारीको नियन्त्रणमा
Advertise Here Book Now

वीरगंज, १६ कार्तिक । भारतबाट सामान भित्रयाउने नेपालको प्रमुख नाका वीरगंज नाका मधेशी मोर्चाले
आफ्नो नियन्त्रणमा लिएको छ । यसअघि अत्यधिक बल प्रयोग गर्दै वीरगंज रक्सौल नाकाको मैत्री पुलमा धर्ना दिइरहेका प्रदर्शनकारीलाई प्रहरीले हटाएर केही सामान नेपालको सीमाभित्र प्रवेश गराएपछि हजारौंको संख्यामा प्रदर्शनकारी दशगजा क्षेत्रको मैत्री पुलमा धर्ना दिन पुगेका छन् ।
४० दिनदेखि ठप्प वीरगंज नाका सोमबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुलाएपनि आन्दोलनकारीले फेरि आफ्नो नियन्त्रणमा लिएका छन् । वीरगंज नाकामा हजारौंको संख्यामा प्रदर्शनकारी पुगेका छन् ।
यता वीरगंज नाकाको मैत्री पुलको अवस्था अझै सामान्य भइसकेको छैन । वीरगंज नगरभित्र पनि आन्दोलन जारी नै छ । गाउँगाउँमा प्रदर्शन भइरहेको स्थानीय पत्रकारले बताएका छन् । वीरगंज नगरभित्र ठूलो जनसमुदाय ओर्लिएको एक संचारकर्मीले बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्