आस्टिन मधेसी समाज अमेरिकाद्वारा जारी मधेस आन्दोलनका शहिदहरुलाई आर्थिक सहयोग प्रदान
Advertise Here Book Now



वीरगंज,कार्तिक १९
मधेस आन्दोलनको आज ८५ औं दिन र नाकाबन्दीको ४४ औं दिन आस्टिन मधेसी समाज अमेरिकाले जारी मधेस आन्दोलनको क्रममा शहिद भएकाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । अमेरिकामा रहेका मधेसी बिद्यार्थीहरुबाट संकलित रकम बारा र पर्सा जिल्लाका जारी मधेस आन्दोलनका शहिदहरुलाई २१ हजारको दरले सहयोग गरिएको थियो । आस्टिन मधेसी समाज अमेरिका प्रतिनिधी चन्दशेखर पंडितको नेतृत्वमा गएको टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक शितल महतो,मधेस क्रान्ति चिन्तन प्रतिष्ठानका अध्यक्ष एवं अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, नेपाल वार एशोसियसन पर्साका पुर्व अध्यक्ष पन्नालाल गुप्ता,ईन्जिनियर एशोसियसन पर्साका पुर्व अध्यक्ष मुन्ना सर्राफ,मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल,मुस्लिम समाज पर्साका अगुवानेता ईन्जिनियर नुरुलहोदा आलम,समुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय सदस्य अजय यादव,निर्माण व्यवसायी आन्नद मोहन सहाय,नेपाल पत्रकार महासंघ पर्साका पुर्व सचिव युवराज खड्का, सोनालाल साह कलवार,राजेशवर प्रसाद कुर्मी,बैजनाथ साह,एनपीडेली अनला
Advertisement

ईनका फोटो पत्रकार एस.एमजहाँगस्त,वीरगंज टेलिभिजनका हस्मोदिन समानी लगायतको सक्रिय सहभागितामा बारा र पर्साका शहिद परिवारहरुको घर घरमा गएर सो रकम सहयोग गरिएको थियो । जारी मधेस आन्दोलनको क्रममा पर्सा जिल्लामा शहिद भएकाहरु दिलिप चौरसिया,धर्मराज सिंह,सोहनसाह कलवार,दिनानाथ साह गोंड,भोला साह तेली,सत्रुधन पटेल,चन्दन पटेल र बारा जिल्लामा हिफाजन मियाँ शहिद भइसकेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्