मधेशी मोर्चाको ठुलो कदम अन्तराष्टिय फौजदारी अदालतमा मुद्धा दायर गर्ने
Advertise Here Book Now

जारी मधेश आन्दोलनमा सरकारी सुरक्षा अधिकारीहरु द्धारा व्यापक वल प्रयोग भएको प्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अन्तराष्टिय फौजदारी अदालतमा मुद्धा दायर गर्ने तयारीम जुटेका छन । सुरक्षाकर्मीहरुको वल प्रयोगमा जारी आन्द्योलनमा अहिले सम्म ४५ जनाको मृत्यू भईसकेको छ भने दुई हजारको हराहारीमा धाईतेहरु छन । अघिल्लो साता मात्रै मोर्चाको जनकपुरमा भएको बैठकमा यस वारेमा गम्भिर छलफल भएको तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले बताए । लालका अनुसार मोर्चाको बैठकमा यस वारेमा गम्भिर छलफल भए लगतै सदभावना पार्टीका नेता देवेन्द्र यादव जेनेभामा हाल भईरहेको अन्तराष्टिय मानवअधिकार सम्बन्धी सम्मेलनमा पठाइएको छ । यादवले त्याहा मधेशको् पक्षमा सांकेतिक विरोध गर्नुको साथै मधेशमा जारी आन्द्योलन वारेमा विभिन्न पक्षहरु संग कुरा गरीरहेका छन । सम्मेलनमा भाग लिन पुगेका अधिवक्ता दिपेन्द्र झाले मधेशमा भएको व्यापक मानव अधिकारको उल्लघंन वारेमा रिर्पोट नै पेश गरेका छन ।
Advertisement


तमलोपा उपाध्यक्ष लालका अनुसार मोर्चाले सदभावना नेता यादवलाई अन्तराष्टिय फौजदारी अदालतमा मुद्धा दायरका लागी प्रक्रिया वढाउन समेत भनेका छन । त्यसका लागी मोर्चा विभिन्न दस्तावेजीकरण समेत गरीरहेको छ । यादवले त्याहा मुद्धा दायर कसरी र त्यसको प्रक्रिया वारेमा समेत अधिकारीहरु सुचनाहरु संकलनहरु गर्ने छन । मोर्चाले जारी मधेश आन्द्योलनमा सुरक्षा निकाय वाट भएको वल प्रयोगको दस्तावेजीकरणका लागी चार जनालाई अधिकारिक रुपमै जिम्मा नै दिएका छन । मोर्चाले औपचारिक रुपमै सुरक्षाकर्मीहरु वाट आन्द्योलनमा भएको व्यापक वल प्रयोगको विरद्धमा अन्तराष्टिय फौजदारी अदालतमा जाने निर्णय केहि अगाडी गरेको थियो । 

गएको ८३ दिन देखि मधेशमा अधिकार प्राप्तिका लागी भईरहेको आन्दो्लनलाई नेपालका प्रमुख दलहरुले नजरअन्दाज गर्दै आएका छन । जनेभामा जारी सम्मेलनमा भारत, स्विडेन, अमेरिका, संयुक्त राष्ट संघ लगायतका मुलुकहरु समेत यस वारेमा गम्भिर चासोहरु राखेको समाचारहरु आएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्