मधेशी सहिदको शव यात्रामा जनसागर ओर्लियो
Advertise Here Book Now

मंसिर,१२ सप्तरी/प्रहरीको गोली लागेर मृत्यु भएका तीन जनाको शवसहित बजार परिक्रमा गरेको छ ।
सप्तरीको राजविराजबाट निकालिएको शवयात्रा सप्तरीको बिभिन्न बजा सहित सिराहाको लहान सहिद चौक हुँदै पुनःसप्तरी फर्काइएको छ । मंसीर ५ मा प्रहरीको गोली लागेर मृत्यु भएका तीन र एक जना करेन्ट लागेर मृत्यु भएकाको शवसहित बजार परिक्रमा गरिएको थियो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसहितका नेताहरुले श्रद्धाञ्जली दिएपछि शव यात्रा अघि बढाइएको थियो ।रुपनीमा जमुनी मधेपुराका नागेश्वर यादव, भारदहमा डाढा–५, का बिरेन राम, राजविराज–१, का दिलिप साह र प्रहरीसँगको झडपपछि भागदौडका क्रममा करेन्ट लागी मृत्यु भएका जमुनी मधेपुराका शिवशंकर दासको अन्तिम दाहसंस्कार गरिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्