Politics
»
मातृका माओवादीका बारा संयोजक पक्राउ
मातृका माओवादीका बारा संयोजक पक्राउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फाल्गुन
१। मातृका यादव नेतृत्वको नेकपा माओवादीका बारा संयोजक उमेश यादवलाई
प्रहरीले पक्राउ गरेको छ ।
यादवलाई कलैया नगरपालिका ३ भवानीपुरस्थित उनकै निवासबाट प्रहरीले पक्राउ
गरेको हो ।
उनीबिरुद्ध अपहरण, चोरी, आगजनी, जवर्जस्ती चन्दा असुली लगायतका उजुरी
परेकाले अनुसन्धानका लागि पक्राउ गरिएको बाराका डिएसपी बिनोद शर्माले
जानकारी दिए ।
बाराको मनहर्वा ५ श्रीपुरमा रहेको रिलायन्स सुगर मिल्सको चिनी बोकेको
गाडीमा आगजनी गरेको तथा बाराका एक व्यापारीलाई अपहरण गरेको लगायतका उजुरी
यादवबिरुद्ध परेको प्रहरीले बताएको छ उनीविरुद्ध परेको उजुरी अनुसारकै
मुद्धा चलाईने बाराका डिएसपी शर्माले जानकारी दिए ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्