मन्त्री यादवले भने : मधेशीको समस्या समाधान नभए देशमा शान्ति कायम हुदैन
Advertise Here Book Now


सिरहा, १९ असोज । मधेशीको समस्या सामाधान नभए देशमा शान्ति नआउने शान्ति तथा पुनः निमार्ण मन्त्री सीतादेवी यादवले वताएकी छिन् ।
स्थानिय शान्ति समिति सिरहाको आयोजनामा भएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा मंगलबार बोल्दै मन्त्री यादवले भने,‘मधेश र मधेशीको हक अधिकार नयाँ संविधानमा आउने कानून नबने सम्म देशमा शान्ति आउदैन् । सवै र्वगका व्यक्तिहरुले आ–आफ्नै स्थानबाट प्रयास गरे देशमा संविधान संसोधन भएर मधेशीको अधिकार सुनिश्चित हुने मन्त्री यादवले कार्यक्रममा बताउनुभयो । देशमा शान्ति स्थापना हुनकालागि हामीले कसरत गरी रहेकाले मधेशको समस्या समेत समाधान हुने वताए ।
कार्यक्रममा उपस्थित शस्त्र द्धन्द पिडित परिवारका सदस्यहरुले आफनो गुनासो राख्दै भने नेपाल सरकारले शस्त्र द्धन्दमा मारिएको र व्यपता भएको परिवारलाई राहत स्वरुप २ किस्तामा दिने गरेको पैसामा धेरैले नपाएको गुनासो गर्दै हामीहरुलाई दिएको पैसा सरकारले फिर्ता लिएर हरेक पिडित परिवारका १ जना सदस्यहरुलाई जागिरको व्यवस्था मिलाई दिन आग्रह गरेका थिए ।
पिडितका वच्चाहरुले पाउने छात्रवृति अहिले सम्म धेरै परिवारले नपाएको भन्दै उपलव्ध गराई दिन मन्त्रीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर, नेपाल प्रहरीका प्रहरी उपरीक्षक श्याम ज्ञवाली, शस्त्रका प्रहरी उपरीक्षक चन्द्र प्रसाद भट्ट, नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका सभापति राजदेव यादव, जिल्ला शिक्षा अधिकारी अरविन्द्र लाल कर्ण, स्थानिय शान्ति समितिका अध्यक्ष संजिव सिंह यादव, शान्ति समितिका पूर्व संयोजक एवं प्रेस काउन्सिल नेपालका सदस्य चन्द्र देब कामति लगायतको उपस्थित रहेको थियो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्