डिभी लोटरी भर्न सुरु, घरमै निशुल्क भर्ने तरिका
Advertise Here Book Now

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरी भर्न पाउनेगरी फर्म खुलेको छ । इस्टर्न डेलाइट टाइम अनुशार मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि नोभेम्बर ७ सोमबार इस्टर्न टाइम अनुशार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । अर्थात् नेपाली समय अनुशार मंगलबार राती नौ बजेदेखि डिभी लोटरीको फर्म खुलिसकेको छ ।  डिभी लोटरी भर्दा नियममा यसपटक दुईवटा ठूला परिवर्तनहरु गरिएको छ । पहिलो, आवेदकहरुले डिभीको लागि फोटो खिच्दा चस्मा लगाउन पाइने छैन । दोश्रो, डिभी लोटरीका आवेदकहरुले विगतका बर्षहरुमा प्रयोग गरेको भन्दा फरक तस्विर प्रयोग गर्नुपर्नेछ । यदि चस्मा लगाएको तस्विर हालेर डिभी भरेमा वा विगतका बर्षहरुमा प्रयोग गरेको तस्विर प्रयोग गरेमा आवेदनहरु डिभी लोटरीका लागि अयोग्य हुनसक्नेछन् ।
 त्यसपछि फोटो टुलमा क्लिक गरेर तपाईले आफ्नो फोटो अपलोड गरेर जाँच्न सक्नुहुनेछ ।


इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी – आवेदन निशुल्क । -कन्सल्टेन्टको आवश्यकता नपर्ने । -फारम अनलाइन भर्नुपर्ने -एक जनाका लागि एउटा आवेदन । -हालसालै खिचिएको फोटो । -आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् । -आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् । -तपाईँ डिभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको सन् २०१७ को मे २ मा www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो । 
अमेरिकामा बस्ने नेपालीहरुले पनि डिभी लोटरीका लागि फर्म भर्न पाउने अमेरिकी सरकारले जारी गरेको निर्देशिकामा जनाइएको छ । यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।
युएससीआईएसलाई आफ्नो केसउपर कार्यवाही गर्नका लागि पर्याप्त समय दिनु पर्दछ ताकि उसले तपाईँको विदेशमा रहेको पति/ पत्नी वा २१ वर्ष मुनिका सन्तान लगायतको केसउपर आर्थिकबर्षभित्र नै सबै प्रक्रिया सम्पन्न गर्न सकोस् किनभने नयाँ आर्थिक बर्ष लाग्नासाथ जुन आर्थिक बर्षको डिभी कार्यक्रम हो, त्यसको अवधि समाप्त हुन्छ । कुनै पनि अवस्थामा सेप्टेम्बर ३० को मध्यरातपछि त्यो बर्षको डिभी कार्यक्रमको लागि भिसा नम्बर उपलब्ध नहुने जनाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्