सिरहामा फैलिएको झाडापखाला नियन्त्रण बाहर
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २५ कार्तिक । सिरहाको दक्षिणबर्ती गाविस औरहीमा फैलिएको झाडापखाला नियन्त्रणमा नआउँदा स्थानियवासीहरु त्रसित भएका छन् । अहिलेसम्म ५० जना भन्दा बढीमा झाडापखालाको प्रकोप देखिएको छ । आज (विहिबार) स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा १५ जना विरामी उपचारका लागि आएको केन्द्रका निमित्त प्रमुख राम नारायण सिंहले बताए । विरामीहरुको संख्या बढ्दै गएपनि विशेषज्ञहरुको टोली प्रकोप बढेको ठाउँमा नपुुग्दा उपचारमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिए । बिगत चार दिन देखि फैलिएको झाडापखालकाले औरही ३ का ७ वर्षिय बालक वर्जुन यादवको ज्यान गएको छ । औरहीे गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको झाडापखालाले स्थानियहरु त्रसित भएका छन् । बिरामीहरुमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षणहरु देखापरका छन् । अस्पतालमा बेडको अभावले विरामीहरु चिसो भुुइँमै उपचार गराउन वाध्य रहेका छन् । यता, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दयाशंकरलाल कर्णले दुुषित पानी सेवनका कारण झाडा पखालाको रोगी बढेको हुुनसक्ने बताउनु भयो । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय प्राथमिक स्वास्थ्य चौकीले संयुक्त रुपमा उपचार गरिरहेको प्रमुख कर्णले बताए । पानी परीक्षणको लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा काठमाडौं पठाएको तीन दिन वितिसक्दा समेत रोगको पहिचान हुुन नसक्दा रोग रोकिनुुको सट्टा बढ्दै गएको छ । विरामीहरुको संख्या दिन प्रति दिन बढ्दै गएपनि सम्बन्धित निकायले ध्यान नदिंदा स्थानीयहरु त्रसित बनेका छन् । यसतर्फ तत्कालै ध्यान नदिए हैजाको रुप लिन सक्ने स्थानीयहरुले आशंका गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्