विशेषज्ञ विना सिटी स्कान, लहानको अधिकांश अस्पतालमा अत्याधुनिक मेशिनको अभाव
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, ३० कात्तिक । लहान स्थित रहेको अस्पताल तथा पोली क्लिनिकमा अत्याधुनिक मेशिन तथा आवश्यक प्रविधि नरहेको कारण विरामीहरु सास्ती खेप्न बाध्य छन् । आवश्यक समाग्री केही मात्रामा रहेपनि थोत्रो तथा मर्मतको अभावमा स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । लहानको डिभाईन अस्पतालभित्र रहेको सिटी स्कान विग्रिएको महिनो भएपनि गलत रिर्पोटकै आधारमा काम गरिरहेको जानकारीमा आएको छ । उता, सिटी स्कानका रिपोट विशेषज्ञ डा. शेखर मेहता केही दिन अगावै डिभाईन अस्पताल छाडेर विरगन्ज गइसकेका छन् । तर, डा. मेहताकै नाममा सहि हानेर रिर्पोट दिने गरेको छ । डा.मेहतासंग मोबाईल नम्बर ९८१९०५३६६० मा सम्पर्क गर्दा उहांले भने ‘लहानको डिभाईन अस्पताल छाडेको मेरो धेरैसमय भइसकियो । मेरो नाममा सहि गर्ने काम भइरहेको हो ,त्यो सरासर गलत हो ।’ म अहिले विरगन्जको एक अस्पतालमा काम गरिहेको छु । डिभाईन अस्पतालको कामप्रति अब मेरो सरोकारको विषय होइन् ।’ सिरहा, सप्तरी र उदयपुरको अस्पताल मध्ये लहानको डिभाईनमा मात्र सिटी स्कान रहेको छ । राजमार्गमा दैनिक सवारी दुर्घटना तथा ग्रामिण भेगमा कुटाकुट भई घाईते भएका विरामीलाई सिधैं सिटी स्कान गर्ने गरेकोले आर्थिक संकलनमा डिभाईन अस्पताल अगाडि रहेपनि आवश्यक रिर्पोट दिन नसकेको आरोप रहेको छ । विराटनगर तथा धरानमा सिटी स्कान गरे वापत ५ हजार लिने गरेको छ भने लहानको डिभाईन अस्पतालले ६५ सय रुपैयां लिने गरेको विरामीहरु बताउंछन् । लहान स्थित रहेको अधिकांश अस्पतालले एम्बुलेन्स चालकलाई संगठित गरि आफ्नो अस्पतालमा विरामी ल्याएदिए वापत कमिशन दिने गरेको खुलासा भएको छ । कमिशनको आधारमा विरामी उपचार गरिएपछि मनोपोली हुने स्वभाविक नै हो स्थानीय विरेन्द्र यादव बताउंछन् । डिभाईन अस्पतालको ०३३५६२३५२ मा सम्पर्क गर्दा सम्बन्धित पक्षले फोन उठाएन् । अस्पतालपक्षका एक स्वास्थ्यकर्मीले भने सिटी स्कानका विशेषज्ञको खोजि भइरहेको छ । यसअघि सिरहा जिल्लाका सम्बन्धितपक्षले अस्पतालहरुमा अनुगमन गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्