मधेशीको भोटले म प्रधानमन्त्री बन्न पाए प्रम प्रचण्ड
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २६ कात्तिक । मधेशीले भोट नदिएको भए आज म प्रधानमन्त्री भएर यसरी बोल्न पाउंने थिएन । मधेशकै भोटबाट प्रधानमन्त्री बन्न पाएकोले यहांको जनताले उठाएको माग जसरी पनि पूरा गर्न प्रतिबद्ध रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले बताउंनुभयो । सिरहाको चोहर्बामा आज जनसभाको सम्बोधन गर्दै प्रचण्डले मधेसी, थारु, जनजातीलगायतका जायज माग सम्बोधन हुनेगरी एक दुई दिनभित्रै संविधान संशोधनको प्रक्रिया अगाडी बढ्ने बताएका छन् । प्रधानमन्त्री भएपछि पहिलो पटक शुक्रवार आफ्नो निर्वाचन क्षेत्र सिरहा क्षेत्र नं. ५ चोहर्वा आएका प्रधानमन्त्री प्रचण्डले सबै दलहरुसँगको छलफल अन्तिम अवस्थामा पुगेको भन्दै अब चाँडै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने दावी गरेका हुन् । प्रचण्डले आफ्नो मधेस र मधेसी जनतासँग अझै प्रेम रहेको बताए । ‘केहीसाथीले मैले भनेको कुरालाई गिल्ला गरेर उडाउने गरेको भएपनि संविधानपछि मधेसी जनतासँग मेरो प्रेम–माया कति छ भन्ने प्रमाणित भएर देखाउँछ बताउंनुभयो । सोहीक्रममा जिल्ला तथा क्षेत्रका विकास निर्माणकार्यको घोषणासमेत गरेका छन् । उनले मिर्चैया नगरपालीकाको ढलनिकास ढल, छिटो–छरीतो र सजिलोको लागि मिर्चैयामा इलाका प्रशासन, मालपोत, नापी लगाएतका कार्यालयहरु स्थापना गर्ने, जमदह–लगडी गदियानी सडक कालोपत्रे गर्न बजेट व्यवस्था गर्न सम्वन्धित कार्यालयका प्रमुख तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिए । बैदेशिक रोजगारीमा जाने तराइ मधेसका जनतालाई सुविधाहुनेगरी आगामी ४५ दिनभित्र जनकपुरमा वैदेशीक रोजगार कार्यालयको स्थापना गर्न पनि उनले निर्देशन दिए । त्यसैगरी सिरहाको लामिडाँडामा एरपोर्ट निर्माणकोलागि बजेट व्यवस्था गर्ने, जिल्ला अस्पताललाई १५ बेडबाट ५० बेडकोलागि स्तरोन्नती, पस्तीपुर–सिकरौन सडक कालोपत्रै लगाएतका एकदर्जन बढी विकास निर्माणका कार्यक्रम घोषणा गरेका छन् । सभालाई सम्वोधन गर्दै कानुनमन्त्री अजयशंकर नायकले मधेसी जनताको भावानुकुल नै कानुनहरु बन्ने बताए । उनले सवै निकायमा समानुपातीक तथा समावेशी लागुहुने गरी कानुन बन्ने बताए । यसैबीच, प्रधानमन्त्री प्रचण्डले पुर्बाञ्चलको पहिलो आबासीय नमुना बिद्यालय श्री मोहन माबि मिर्चैयाको नबनिर्मित भबनको सिल्यानास गर्दै सिरहा जिल्लाका अन्य स्कुलबाट एसएलसी परीक्षमा ए प्लस ल्याई उतिर्ण गर्ने छात्रालाई नगद ५ हजार दिई सम्मान गरेका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्