उदाउँदै सुर्यको अध्र्य दिँदै छठ मनाईयो
Advertise Here Book Now


राम नारायण पंडित, सिरहा, २२ कार्तिक । उदाउँदै सुर्यको अध्र्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज (सोमबार) सम्पन्न भएको छ । कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन शनिबार पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, आइतबार संध्याकालिन र सोमबार प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन भएको छ । पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई र सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अघ्र्य दिएपछि यो पर्व बिधिबत रुपमा सम्पन्न भएको छ । छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ । 







निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ । सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् । यस वर्षको छठ शान्तिपुर्ण र सैहार्दपुर्ण रुपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक एंव  प्रवक्ता एक नारायण कोइराला जानकारी दिएका हुन् । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्