अबको राजनितिक युवाको बागडोरमा – सहमहासचिव गुप्ता
Advertise Here Book Now

रौतहट २४ कार्तिक । समान एवं शुभकामना कार्यक्रममा प्रमुख अतिथि सदभावना पार्टीका केन्द्रीय सहमसचिव अजय कुमार गुप्ताले देशको प्रत्येक्ष राजनितिमा युवा वर्गको सहभागिता हुनु नै पर्छ । नेपाल सरकारले युवाको भुमिका लाई नजर अन्दाज गर्दै आईरहेकोले आजको प्रस्थितिमा कुशल राज्य युवा नेताको खोजी भईरहेको गुप्ताले बताउनुभयो । विश्वकै इतिहासमा कुनै पनि देशको परिवर्तण भएको हो भने युवाको अहम भुमिका रहेको छ । आजको दिनमा सदभावना पार्टीले भाई नविन सिंहको काधमा ठूलो जिम्मेवारी थमाईएको हो । उहाको प्रति पार्टीको ठूलो विश्वास र महत्व अकांक्षा राखेकोले अब भाई सिंहले आफनो उर्जालाई सहि ठाउँमा प्रयोग गरी देश र विकास कार्य तिर अगाडी बढोस सहमहासचिव गुप्ताले बताउदै राजनितिक क्षेत्रमा उहाको कार्यकालमा कुनै बधा अर्चन नहोस एउटा ठूलो इमान्दार युवा प्रभावशाली नेताको रुपमा विश्वकै इतिहासमा चिनोस समेत बधाई एवं शुभकामना दिनुभयो । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष अभिमनु कुमार पटेलको अध्यक्षतामा आज आफनै क्लबको कार्यालयमा सदभावना युवा मंच केन्द्रीय सहमहासचिवलाई समान एवं शुभकामना कार्यक्रम आयोजना गर्नुभएको थियो । सो समान एवं शुभकामना कार्यक्रममा विशिष्ठ अतिथि सदभावना पार्टी जिल्ला अध्यक्ष शेख जमशैद , अतिथि युवा मंचका केन्द्रीय सदस्य दिनेश यादव ,समाजवादी बिधार्थी संघ रौतहट अध्यक्ष एवं गौर नगर अध्यक्ष ओमप्रकाश साह , प्रेस मंचका जिल्ला अध्यक्ष ध्रमेन्द्र साह , उपाध्यक्ष कृष्णा यादव , सदस्य हनुमत कु. यादव, प्रेस सेन्टर रौतहट उपाध्यक्ष चंचल झा लगायतका अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका हुन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्