पत्रकार मिथिलेश यादवमाथि आक्रमण
Advertise Here Book Now

नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश यादवमाथि सोमबार साँझ ४ः३० बजे लहानमा समाचार संकलनको क्रममा लिला मदन पोलिक्लिनिकका कर्मचारीले आक्रमण गरेका छन् ।उक्त पोलिक्लिनिकमा उपचार गराइरहेका इटाटार कमलपुरका एक जना विरामीका आफन्तले सो अस्पतालले अन्याय गरेको भन्दै समाचार संकलनका लागि बोलाएपछि सो ठाउ पुगेका पत्रकार यादवमाथि पोलिक्लिनिकका सञ्चालक मनोज साह, डाक्टर दिलिप कुमार र कर्मचारी धनन्जय यादवले हातपातको प्रयास गर्दै सञ्चारको साधन फुटाएको हो । पत्रकार यादवका अनुसार समाचारका सामग्री रेकर्ड गरिएको आफुसंग भएको आइ फोन पोलिक्लिनिकका सञ्चालक मनोज र डा. दिलिपको आदेशमा अस्पतालका कर्मचारी धनन्यले जर्वजस्ती खोसेर फुटाइदिएको हो ।

ईजाजत विना पनि यहाँका निजि अस्पताल तथा क्लिनिकहरुले विभिन्न रोगको उपचार गर्ने बहानामा विरामीबाट मोटो रकम असूली रहेको केही दिन देखी गुनासो बढ्न थालेका छन् । यस्ता क्रियाकलापको समाचार संकलनको क्रममा पत्रकारमाथि आक्रमण हुनु गलत भएको सिरहाका संचारकर्मीहरुले बताएका छन् ।क्लिनिक स्थापकसँग विरामीको गुनसो र अस्पतालले गर्न पाउने उपचार ईजाजतबारे जानकारी लिईरहँदा फोनमा अडियो रेकर्ड अन थियो। अस्पतालका संस्थापक मनोज साह र डा. दिलिप कुमारले कर्मचारी लगाएर आक्रमण गर्न लगाए पछि विरामीपक्षले नागरिककर्मी यादवलाई जोगाएको एक प्रत्यक्षदर्शीले जानकारी दिए ।घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कार्वाहीको मांग गर्दै पत्रकार यादवलाई न्याय दिलाउन प्रेस चौतारी नेपाल सिरहा ।यता यस घटना बारे ईलाका प्रहरी कार्यलय लहानका डिएसपी राज कुमार केसी संग बुझ्दा घटनाको अनुशन्धान भैरहेको बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्