मानवअधिकारको सवालमा सकृय भूमिका खेलेका ३ जना सम्मानित
Advertise Here Book Now

फिरोज शेख सिरहा मंसिर २५ ।“ सबैका लागि घर घरमा मानवअधिकार ः शान्ति र विकासको आधार ” मुल नाराका साथ ६८ औं विश्व मानवअधिकार दिवसको अवसरमा इन्सेक जिल्ला प्रतिनिधि , दलित तथा महिला अधिकारकर्मी र संचारकर्मी सम्मानित भएका छन ।मानवअधिकार संरक्षण केन्द्र संजालले आयोजना गरेको अन्तरकृया कार्यक्रममा जिल्लामा मानवअधिकारको क्षेत्रमा कृयाशिल भई मानवअधिकारको संरक्षण र प्रवद्र्धनका लागि सकृय भूमिका खेलेको भन्दै लहान नगरपालिका ५ का ४२ वर्षीय इन्सेक प्रतिनिधी दुर्गा परियारलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेका छन । त्यसै गरी दलित तथा महिला अधिकारको क्षेत्रमा सकृय भइ काम गर्ने धनगढीमाई नगरपालिकाकी फुल कुमारी राम तथा संचारकोक्षेत्रमा मानवअधिकार तथा महिला अधिकारको सवाललाई प्राथमिकता दिएको भन्दै संजालले शेख मिडिया हाउसद्धारा संचालित मधेश स्पेश्ल डट कम तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक लहान नगरपालिका ५ का ३१ वर्षीय फिरोज शेखलाई पनि जिल्ला प्रमुख द्वारा सम्मान गरिएकोछ। २०६९ शाल देखि इन्सेक जिल्ला प्रतिनिधिका रुपमा कार्यरत परियार पूर्वाचल मानवअधिकार रक्षक परिषदमा पनि यहि मंसिर १५ गते सदस्यमा छनौट भएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्