सिरहामा कठ्यांग्रिएर मगन्तेको मृत्यु
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा,०१ पौष ।केही दिनयता मध्य तराईमा बढेको चिसोका कारण सिरहामा कठ्यांग्रिएर एक मगन्तेको मृत्यु भएको छ । अत्याधिक चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको अवस्थामा विहिबार जिल्लाको राजपुर १ कमलानदी किनारमा अन्दाजी ६० वर्षीय एक पुरुषको शव फेला परेको हो । सामान्य कपडा मात्र लगाएकोले बृद्धको कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले बताए । मृतक बृद्ध मागेर खोने जस्तो देखिएकोले निजको कपडाको अभाबमा जाडोले मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरी बताए । शव पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहामा राखिएको प्रहरीले बताएको छ । निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने मजदुरहरु बढी प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबालीमा समेत असर परेको छ । चिसोकै कारण विद्यालयमा पठनपाठन समेत प्रभावित भएको छ भने मध्यतराईका कतिपय जिल्लामा विद्यालय बन्द गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्