६ सय ७० पिस लागूऔषध नाइट्रोसनसहित एक पक्राउ
Advertise Here Book Now

फिरोज शेख , लहान मंसिर २२ । केहि दिन् देखि लहान प्रहरी लागू औषधका तस्कर र प्रयोगकर्ताहरू लाई पक्राउ गर्न सक्रीय भएका छन । यसै क्रममा सिरहाको लहानबाट मंगलबार ६ सय ७० थान लागूऔषध नाइट्रोसन सहित एक जना लाई पक्राउ गरेको छ। लहान ४ स्थित बिनोद यादवको घरमा डेरा गरी बसेका सिरहा गाढा गाविस २ घर भएका २२ वर्षिय तलेश्वर यादवको कोठाबाट उक्त परिमाणको लागूऔषध बरामद गरिएको इलाका प्रहरी कार्यलय लहानका डीएसपी राज कुमार केसीले जाएका छन। डीएसपी केसी को अनुसार विशेष सुचनाको आधारमा मंगलबार बिहान यादवको दुई तले पक्की घरको तल्लो तला भाडा लिई बसेका तलेश्वरको कोठामा खानतलासी गर्ने क्रममा उक्त परिणामको लागूऔषध नाइट्रोसन ट्याब्लेट बरामद भएको हो। यादवको कोठाबाट नगद बाइस हजार तीन सय पच्चीस नेपाली रुपैया तथा भारु एक सय पचास रुपैया र एक थान मोवाइल फोनसमेत बरामद भएकोले यादव लागूऔषध बिक्रि बितरणमा संलग्न हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेका छन। बरामद लागूऔषधसहित तलेश्वरलाई इलाका प्रहरी कार्यालय लहानमा राखि थप अनुसन्धान भइरहेको डीएसपी केसीले जाएका छन । इलाका प्रहरी कार्यलय लहानले मिति २०७३ श्रावण १८ गते देखि २०७३ मंसिर २१ गते सम्म ४ महिनाको अबधिमा १४ जना लागु औषध कारोवारी र प्रयोगकर्ता लाई पक्राउ गर्न सफल भएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्