सर्वधारणका लागि प्रहरीले दाउराबाले
Advertise Here Book Now

फिरोज शेख लहान, मंसिर २८– लगातार एकसातदेखि चलेको शितलहरका कारण सिरहालगाएत तराइको जनवीवन प्रभावित भएको छ । जाडोबाट जनजीवन कष्टकर बन्दै गएपछि इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी व्यसक्याम्प गोलबजारले सर्वधारणका लागि सार्वजनिक स्थलहरुमा मंगलबार दाउरा वितरण गरेको छ ।गोलबजारक्षेत्रमा दाउरा वितरण गरेपनि स्थानीयले राहत महसुस गरेका छन् । प्रहरीले बस विसौनी, मासिको चहलपलहुने स्थानहरुमा दाउरा वितरणगरी आगो बालेको जनाएको छ । प्रहरीले गोलबजारको गोलबजार, चोहर्वा, कसहाका बस विसौनी र मानिसको आवतजावत बढीहुने स्थानमा दाउरा बालेको जनाएको छ । विगत एकसातादेखि लागेको कुहिरोसँगै झरेको तुसारो तथा चिसो हावाले मौसत अत्यधिक चिसो बनेको छ । चिसोका कारण बालबालिका, वृद्ध तथा पशुबढी प्रभावित भएको छ । जाडो बढेसँगै दैवि प्रकोप उद्धारसमिति सिरहाले जिल्लाका सवै नगरपालीका तथा गाविसहरुलाई आवश्यक दाउरा वितरण गर्न तथा गरिव, असहाय तथा वृद्ध विद्धाहरुलाई कम्वल वितरण गर्न पनि पत्र जागरी गरिसको दैवि प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । आजपनि जाडो धेरैभएकोले अव यस्तै अवस्था रहे सवै स्थानीयनियकालाई निर्देशन दिएर सर्वसाधारणको लागि चाँडो दाउरा तथा आवशयक न्यानो कपडा व्यवस्था मिलाउन निर्देशन दिने बताउनुभयो ।साथै जिल्ला प्रशासन कार्यालय सिरहाले जोडोको समयमा धेरैवेर वाहिर नवस्न, न्यानो कपडा लगाउन तथा सुरक्षित स्थानमा बस्न सुचना सार्वजनिक गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्