रगत क्यान्सर वालकलाई हेल्प मधेशी कतारको सहयोग
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २९ मंसिर । सिरहाका एक रगत क्यान्सर पिडित वालकलाई हेल्प मधेशी कतारले सहयोग गरेको छ । सिरहाको कर्जन्हा ४ बस्ने इन्दर पासमानको ६ बर्षीय छोरा सुरेन्द्र पासमान विगत २ महिना देखि रगत क्यान्सरबाट पिडित रहेको छ । पासमानको आर्थिक अवस्था अत्यन्तै कमजार रहेकोले छोरा सुरेन्द्रको उपचार गर्न समस्यामा रहेको बेला हेल्प मधेशी कतारले पिडामा मल्हम लगाएको छ । रगत क्यान्सरबाट पिडित वालक सुरेन्द्रको उपचारमा सहयोग गर्ने उदे्श्यले मंगलवार हेल्प मधेशी कतारले वालकका काका सते पासमानलाई रु. पचास हजार एक सय पैसठी रुपैया आर्थिक सहयोग स्वरुप हस्तारन्तरण गरेको छ । उक्त क्रममा संस्थाका सदस्य तथा कल्याणपुर कालाबन्जर १ बस्ने प्रभात महतो र कृष्णपुर ५ बस्ने राम कुमार यादबको साथै प्रहरी, स्थानियबासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । यता, पिडित बालकलाई काठमांडौ बालकान्ति अस्पतालमा २ महिनामा करीब ३ लाख विभिन्न सहयोगबाट प्राप्त रकम खर्च गरेर हाल भरतपुर क्यान्सर अस्पतालमा ३ महिनाको लागि भर्ना गरिएको उनको बुबाले बताए । आफ्नो निजि जमिन नभएकोले ऐलानी जमिनमा घर बनाई पासमानले गुजारा चलाउदै आएको छ । पिडित बालकको उपचारमा ८ लाख लाग्ने अस्पतालले बताएको पिडितको बुबाले दुखेसो सुनाए । “आफनो न खेत छ, न आर्थिक अबस्था” कहाँबाट छोराको उपचार गर्ने रकमको अभाबमा मेरो छोराको के हुन्छ, आसु झार्दै उनको आमाले सबैसंग सहयोगको लागि अपिल गरेकी छिन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्