इस्लाम धर्मका गुरु मोहमदको १४९१ जन्मदिन भव्यताका साथ समपन्न
Advertise Here Book Now

फिरोज शेख लहान मंसिर २८ । मुस्लिम धर्मावलम्बीहरुले ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्म दिन भव्यतापूर्र्वक धूमधामका साथ मनाएका छन् ।ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको १२ तारिखका दिन अर्थात आज मुस्लिम समुदायका मानिसहरुले मोहम्मद–डे मनाएको हो ।‘आका की आमद – मरहब्बा, मदनी की आमद – मरहब्बा’ भन्ने नाराका साथ आज मंगलबार सिरहाका मुस्लिम समुदायहरुले शान्ति ¥याली निकाल बारवी रविउलअव्वल पर्व ‘मोहम्मद–डे’ मनाएका हुन । सिरहा नगरपालिका १२ सारश्वरमा सारश्वर मुस्लिम समाज, नुरी महौल्ला यूवा कमीटी तथा अजिज दफाली मेमोरियल ट्रष्ट सारश्वरको आयोजनामा हजारौको संख्यामा महिला, पुरुषहरुले सारश्वरको नगर परिक्रमा गरी शुुभकामना तथा सम्मान कार्यक्रममा परिनत भएको थियो । कार्यक्रम अजिज दफाली मेमोरियल ट्रष्टका अध्यक्ष अलाउदिन दफालीको अध्यक्षता र सिरहाका प्रमुख जिल्ला अधिकारी श्री कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा प्रजिअ, शसस्त्रका डिएसपी नवराज बोहरा, हेल्थपोष्टका इन्चार्ज डा. कामेश्वर परिहस्त, बेल्हा प्रहरीका इन्चार्ज नरसिगं चौधरी तथा वडा नागरिक मंचका संयोजक भोगेन्द्र साहलाई प्रमाण पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रममा इन्सेक सिरहाका प्रतिनिधि दुुर्गा परियार, अधिवक्ता शुुर्य कुमार यादव लगायतका वक्ताहरुले शुुभ कमना मनतव्य राखेका थिए । मनतव्यको क्रममा प्रजिअ श्री कृष्ण श्रेष्ठले धर्मको नाममा कुरुतीहरु छोडनुपर्ने बताए । धर्मले द्धन्द्ध बढाउनुभन्दा सदभाव मिलाएर विकासमा लाग्न सबैलाई आग्रह गर्नुभएको थियो । विकासको कामको लागि आफनो ढोका सदैव खुल्ला रहेको प्रजिअ श्रेष्ठले बताउनुभयो । यसैगरी लहान नगरपालिकामा पनि मुस्लिमहरुले परिक्रमा गर्दै बारवी रविउलअव्वल पर्व ‘मोहम्मद–डे’ मनाएका छन । लहान ५ स्थित नयाँ बजारबाट शुरुभई लहानका विभिनन क्षेत्र परिक्रमा गर्दै पुनः नयाँबजारमा गएर कोणसभामा परिणत भएको थियो । मुस्लिम समुदायका मानिसहरुले ११ तारिखका दिन राती धार्मिक प्रवचन गर्नुका साथै घर, टोल, मदरसा र मस्जिदलाई सजाउने गर्छन् । मस्जिदमा राती जाग्राम बसि धर्मग्रन्थ कुरआनको तिलावत (वाचन) गर्ने र नफिल नमाज पढ्ने लगायतका धार्मिक कार्य गर्ने गर्दछन् । विश्वभरीकै मुस्लिम समुदायले आजको दिन वारवी रविउलऔव्वल पर्व मनाउदै आएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्