लहानमा ग्लोबल आइएमई बैंकको चरम लापरबाहीको कारण सेवाग्राहीको रकम गायब
Advertise Here Book Now

– सन्तोष यादब
सिरहा, १६ माघ । सिरहाको लहानस्थित ग्लोबल आइएमई बैंकबाट एक सेवाग्राहीको रकम नै गायब भएको छ । सप्तरी सारश्वर-४ गौरा घर भएकी अनितादेवी रामको खाताबाट रकम गायब भएको हो ।
ग्लोबल आइएमई बैंकमा अनिताको खाता नम्बर १६०७०१०००६३८१ रहेको छ । श्रीमानले विदेशबाट पटक-पटक पठाएको रकम खातामा राखेकी थिइन् । उनको खातामा ३ लाख १० हजार रुपैंया थियो । तर, रकम झिक्न जाँदा खातामा रकम नै नभएको बैंकका कर्मचारीले बताएपछि उनी जिल्ल परिन् ।
माघ ९ गते अर्थात् आइतबार अनिता रकम झिक्न बैंक पुगेकी थिइन् । उनी भन्छिन्, ‘म बैंकमा जानेवित्तिकै आफ्नो झोलामा नागरिकता र चेकबुक खोजें । तर, भेटिन । बैंकको खाता नम्बर मसँग थियो । काउन्टरमा पुगेर खाता नम्बर एक कर्मचारीलाई दिएँ । ब्यालेन्स चेक गरिदिन आग्रह गरेँ । उनले रकम मात्र १६ हजार रहेको बताए । म त आश्चर्यमा परेँ ।’
खातामा मात्र १६ हजार रुपैंया मात्र रहेपछि अनिता बैंकका म्यानेजर विशाल गुप्तालाई भेटिन् । उनले सोधिन, ‘मेरो खाताबाट रकम कहाँ गायब भयो ?’ म्यानेजरले भने, ‘रकम तीन पटक तपाईको खाताबाट निकालिएको छ ।’
बैंक म्यानेजरको कुरा सुनेपछि उनी त झन् आश्चर्यमा परिन् । उनले भनिन्, ‘मैले रकम निकालेकी छैन् ।’
म्यानेजरले उनीसँग नागरिकता र चेक बुक मागे । तर उनीसँग न नागरिकता थियो, न त चेकबुक नै । त्यसपछि बैंकका म्यानेजरले भने, ‘तपाईको चेकबुक र नागरिकता चोरेर सायद अरुले नै रकम निकालेको हुनसक्छ ।’
बैंक म्यानेजरको कुरा सुनेपछि मात्र पीडित महिलाले पनि सोचिन -‘कसैले मेरो नागरिकता र चेकबुक चोरेर रकम झिकेछन् ।’
पीडित महिला भन्छिन्, ‘बैंकका म्यानेजरलाई सबै कुरा सुनाएपछि एकछिन बस्न भने । त्यसपछि भोलि बैंक आउन भने ।’                                                                                      स्रोत :दैनिक नेपाल 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्