बसको ठक्करबाट लहानमा एक महिलाको मृत्यु
Advertise Here Book Now

संजय कुमार बिश्वकर्मा सिरहा ६ , माघ । सिरहाको लहानमा आज स्कुल बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको स.१क. १११ नम्बरको स्कुल बसले सोहि दिशाबाट आईरहेको साईकलमा सबार लहान ३ बस्ने ३८ बर्षीय रामपरी महतोलाई ठक्कर दिदा गम्भिर घाईते भई लहान अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिनुभएको छ । गाडी बिच सडक मै छोडी चालक फरार रहेको प्रहरीले बताएका छन । महिलाको शव पोष्टमार्टमका लागी लहान अस्पतालमा राखिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्