प्रहरी र आपराधिक समूहबीच गोली हानाहान , तीनजना घाइते
Advertise Here Book Now

अन्लाईन सिरहा डटकम माघ १७ । सुनसरीको खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक समूहबीच गोली हानाहानमा तीनजना घाइते भएका छन् ।लागूऔषधका कारोबारी समूह रहेको जानकारी पाएपछि उक्त स्थानमा पुगेको प्रहरीमाथि अपराधिक समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको छ ।पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेका अनुसार आपराधिक गतिविधिमा समेत संलग्न लागूऔषधका कारोबारी रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोली देखेर उनीहरुले गोली चलाएका थिए । त्यस क्रममा प्रहरीको मोटरसाइकलमा गोली लागेको छ । त्यसपछि प्रहरीले पनि प्रतिकारमा गोली प्रहार गरेको थियो । घाइते हुनेमा मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनास्थलमा चारवटा पेस्तोल फेला परेको छ । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार घटनास्थलमा हतियारसहित कोरेक्सलगायतका लागूऔषधि फेला परेको छ ।घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्