गोलबजारमा पनि कुष्ठरोग दिवस मनाईयो
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १७ माघ । सिरहा सहितका स्थानहरुमा ६४ औं विश्व कुष्ठरोग दिवस आइतबार मनाइएको छ । समयमा कुष्ठरोगको उपचार गरौं, अपाङ्ता हुनबाट बचौं भन्ने नाराका साथ सिरहाको गोलबजार सहित देशभर विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको छ । अंग्रेजी वर्ष अनुसार जनवरीको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । दिबसको अबसर पारेर सिरहाको गोलबजारमा प्रभात फेरी निकालिएको थियो । प्रभातफेरी नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्बास्थ्य चौकी गालेबजारको प्रांगणमा पुगी समापन भएको स्बास्थ्य चौकीका इन्चार्ज निरंजन शाक्यले बताए । हालसम्म सिरहामा २९ जना कुष्ठरोगी रहेको उनले बताए । यता, विश्वमा प्रत्येक वर्ष दुई लाख र नेपालमा प्रत्येक वर्ष तीन हजार मानिसमा कुष्ठ रोग देखिने गरेको छ । नेपालमा २०६५ सालमा कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता भने पाउन सकेको छैन । नेपालको तराई क्षेत्रमा यो रोग धेरै देखिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्