श्रीमतिलाई जिउँदै जलाउने प्रयास, प्रहरीले गरे उद्धार
Advertise Here Book Now

माघ १६ । आफ्नै श्रीमतिलाई आगो लगाएर जिउंदै जलाउन खोज्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नं. १ बस्ने २४ वर्षिय अनिल मेस्तर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मेस्तरले आफ्नै श्रीमति को शरिरभरि मट्टितेल खन्याएर जिउंदै आगो लगाउन प्रयास गरिएको बेला वडा प्रहरी कार्यालय रेल्वे स्टेशनबाट गएको प्रहरी टोलीले महिलालाई तत्काल उद्धार गरेको थियो । श्रीमतिले समयमा खाना बनाएर नदिएको झोंकमा श्रीमान र श्रीमतिबीच झगडा परेको तथा झगडा उग्र भएपछि रिसाएर अनिलले आफ्नै श्रीमतिको जीउभरि मट्टितेल खन्याएर जिउंदै जलाउने प्रयास गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) लालमणी आचार्यले टुडेलाई बताए । “अनुसन्धानको प्रारम्भिक जानकारी अनुसार, अनिल र अनिलकी श्रीमति संगिता देवी मेस्तरबीच पटक–पटक झगडा हुंदै आएको छ । श्रीमतिले समयमा खाना बनाएर नदिंदा आवेगमा आएका अनिलले आफनै श्रीमति अन्दाजी २२ बर्षिय संगिता देवी मेस्तरलाई जिउंदै जलाउने प्रयास गरे तर जलाउने प्रयास भने विफल भयो ।” संगितालाई शरिरभरि मट्टितेल खन्याइरहकै अवस्थामा अनिलका ११ बर्षिय छोरा राहुत मेस्तरले तत्कालै वडा प्रहरी कार्यालय रेल्वे चौकीमा पुगेर प्रहरीलाई खवर गरे लगत्तै प्रहरी घटनास्थल पुगेर संगितालाई उद्धार गर्दै अनिललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको जनाइएको छ । उपरीक्षक आचार्यले भने–“ अनिलले ढोका बन्द गरी श्रीमतिलाई जलाउने प्रयास गर्दै थियो, त्यतिकैमा हाम्रो प्रहरीको टोलीले समयमा पुगेर संगितालाई उद्धार गरे र अनिललाई पक्राउ समेत गरयो । अनिललाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा अनुसन्धानको क्रममा राखिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्