लहान सिटि जेसिजको १५ औ साधारण सभा हुदै
Advertise Here Book Now
फिरोज शेख , लहान माघ १२ -
लहान सिटी जेसीजको १५ औ साधारण सभा आज लहानको मारवाडी सेवा सदनमा हुदैछ I आज हुने साधारण सभाले वर्ष २०१७ का लागि नया कार्यसमिति चयन गर्ने छन् I शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ । मनुस्यको बन्धुत्व भावना राष्ट्रहरुको प्रभुसत्तादेखि सर्वोपरी छ । अनी मानवताको सेवाजीवनको सर्वोत्तम कार्य हो । यी र यस्तै महान उद्देश्य र यस्तै इश्वरीय वाणीहरुलाई आत्मसात गर्न सकोस् भन्ने परिकल्पना बोकि सन् २००२ मा यो लहान सिटी जेसीजको स्थापना भएको हो । नेपाल जेसीजको २९ औ राष्ट्रिय महाधिवेशनले आफ्नो शाखाको रुपमा सम्बन्धन प्रदान गरेको थियो। स्थानीय युवा वर्गमा सामाजिक,आर्थिक, नैतिक तथा बौद्धिक बिकासका लागि समर्पित हुने भावना तथा दक्षताको वृद्धि, समाज सेवाप्रतिको संग्लाग्नाता, स्थानीय नेतृत्व, मनुष्य बीचको समझदारी र सहयोगको भावना आभिवृद्धि, सकारात्मक परिवर्तन गराउनु र भातृत्व बढाउन सदैव कतिवद्ध गराउने यो जेसीजको नीति हो ।दलगत राजनैतिक क्रियाकलापबाट तटस्थ रहेर धार्मिक र साम्प्रदायिक क्रियाकलापबाट आफ्नो संलग्नता अलग राख्नु जेसीजको तटस्थता हो ।

लहान सिटी जेसीजको स्थापनाकालको शिशु अवस्थादेखि आजसम्म आइपुग्दा सफल नेतृत्व ग्रहण गर्दै विधिको सुशासनरुप नेतृत्व हस्तान्तरणको क्रमिकतामा सन् २०१४ सम्ममा १२ औँ नेतृत्वहरुले स– सम्मानका साथ लहान सिटी जेसीजको अध्यक्षीय चयनको भार ग्रहण गर्दै आइरहेको थियो I तर विगत २ वर्ष देखि अध्यक्ष पद संगै अन्य पदका पदाधिकारी विच समझदारी न भएपछी चुनाव मार्फत नेतृत्व चयन भैरहेको छ I
यसै बीच आज हुने साधारण सभामा अध्यक्ष पदका लागि सत्यनारायण पंजियार , उमेश चौधरी र गंगा प्रशाद यादव मैदानमा छन् I उपाध्यक्षमा अमरेश कुमार महतो , अनिल कुमार महतो , अनिल कुमार साह , सतिस महासेठ , कृष्णा गुप्ता , रन्जु सिंह र हिर्दय नारायण चौधरी रहेका छन i कार्यकारी उपाध्यक्षमा बसन्त साह र अजय साह रहेका छन् i यता जनसम्पर्क अधिकारीमा फिरोज शेख र दिनेश दास मैदानमा रहेका छन् i तालिम निर्देशकमा दिपेन्द्र कुमार साह एक्लो उमेदवार हुन् i विहान ११ बजे देखि हुने उक्त सभाको निर्वाचन अधिकृतमा संस्थापक अध्यक्ष वसन्त साह रहेका छन् भने निर्वाचन समितिमा दिपेन्द्र राज सिंह र कासिंदर प्रशाद यादव रहेको २०१६का जेसिज अध्यक्ष शंकर प्रशाद गुप्ताले जानकारी दिनुभएको छ i