लहानमा वैश्य सम्मेलन । संबिधान संसोधन जनताको चाहना ः सांसद साहके भनाई
Advertise Here Book Now

संजय बिश्वकर्मा सिरहा ६ , माघ । अहिलेको अबस्थामा संबिधान संसोधन आम जनताको चाहना भएको नेकपा माओबादी केन्द्रका समानुपातिक तर्फका माननीय सांसद निशा साहले बताएका छन । उनले भने अधिकार, प्रतिनिधित्व र पहिचानको सवालका साथै लोकतन्त्रलाई संस्थागत गर्नका लागी राज्यको ढुकटी खर्च गरेर बनेको संबिधानमा सबैको सम्मानजनक ब्यबहारलाई समाबेश गर्न संबिधान संसोधन आब्यश्यक रहेको बताए । मेची महाकाली वैश्य पहिचान अभियान अन्तर्गत वैश्य सम्मेलनका लागी सिरहाको लहान आएका माननिय सांसद साहले प्रमुख अतिथिको आसन्न बाट बोल्दै छुटेका कुराहरु लाई संस्थागत गर्न संबिधान संसोधन आब्यश्क रहेको बताए । अर्काे प्रसङ्गमा उनले भने तराईमा दहेज प्रथा महिलाहरुका लागी अभिसाप भएकोले यसलाई उन्मुलन गर्नकालागी सबै सरोकारबाला निकायको भुमिका रहेको साथै राज्यले दहेज प्रथालाई बन्देज गरेपनी तराईमा यो समस्या बिकरालको रुपमा रहेको उनको कथन थियो । मेचि देखी महाकाली वैश्य पहिचान अभियानको प्रथम चरणको कार्यक्रम अन्तर्गत पुर्वको बिभिन्न जिल्लाहरुमा संगठन निर्माण गर्दै आज सिरहाको लहानमा आएका केन्द्रका पदाधिकारी सहित बिभिन्न जिल्लबाट वैश्य समाजका अगुवा कार्यकर्ताहरु आएका थिए । राम प्रसाद साहको अध्यक्षतामा संचालित कार्यक्रमका सिरहा देश भरीका वैश्य समुदाय एक जुट भएर सरकार समक्ष आफनो हक अधिकार लिनुपर्ने बताएका थिए । ईतिहास हेर्दा यस समुदायका मानिसहरु राज्यका उच्च ओहदामा पुगेपनी हालको संबिधानमा अधिकार सुनिश्चीता नभएको उनिहरुको कथन रहेको थियो । राष्ट्रिय वैश्य युवा महासंघ केन्द्रिय कार्यालय काठमाण्डौको आयोजनामा संचालीत कार्यक्रममा सिरहा जिल्लाका तेलि , सुडी ,रौनीयार लगायत २२ वटा जातीको सयौको सहभागिता रहेको थियो । नेपालमा लगभग २५ वटा तराईका जातीहरु यस समुदाय भित्र पर्दछ । मधेश मिडिया मिशनका केन्द्रिय अध्यक्ष एवम बरिष्ठ पत्रकार दिनेश्वर प्रसाद गुप्ताले उदघोष गरेको कार्यक्रम राष्ट्रिय वैश्य युवा महासंघ केन्द्रिय कार्यालय काठमाण्डौका केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज कृष्ण प्रसाद साहको बिशेष पहलमा कार्यक्रम भएको आयोजकले जानकारी दिनुभयो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्