डा. सीके राउतलाई थुनामा राख्न तेस्रोपटक म्याद थप
Advertise Here Book Now

सिरह फागुन ११ -
मधेशलाई अलग राष्ट्र बनाउने अभियानमा लागेका स्वतन्त्र मधेश गठबन्धनका संयोजकसहित ११ जनालाई थुनामा राख्न सिरहा जिल्ला अदालत तेस्रोपटक म्याद थप गरेको छ ।डा. राउतमाथि लागेको राज्यविरुद्धको सांगठनिक अपराध मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै बुधबार सिरहा जिल्ला अदालतले तेस्रोपटक १० दिनको म्याद थप गरेको हो । डा. राउतलाई गत माघ २० गते जनकपुरधामबाट प्रहरीले पक्राउ गरेको थियो । लहानमा माघ ५ गते आयोजित बलिदानी दिवसमा दिएको वक्तव्यको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्